काठमाडौं - मौसम परिर्वतन भएसँगै मानिसमा विभिन्न संक्रमण देखिन थाल्छ ।
अझ विशेषगरी जाडो मौसममा यस्तो समस्या बढी नै देखिन सक्छ । जाडोमा सबैभन्दा बढी इन्फ्लुएन्जाको समस्या हुने चिकित्सकहरू बताउँछन । इन्फ्लुएन्जा भाइरसबाट सर्ने एक किसिमको रोग हो ।
भाइरसका कारण खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, सिंगान बग्ने र नाक बन्द हुने, शरीर आलस्य हुने, जीउ दुख्ने हुन्छ । भाइरसले शिशुदेखि सबै उमेर समूहका मानिसलाई प्राभावित गर्छ ।
भाइरस कसरी सर्छ
— भाइरस भएका मानिसले खोक्दा हाछिउँ गर्दा भाइरस सर्छ ।
—बिरामीले खोक्दा, हाछिउँ गर्दा, बोल्दा नजिकको मानिसमा भाइरस सर्न सक्छ ।
— संक्रमित व्यक्तिले छोएका समान अर्को व्यक्तिले छुदा पनि भाइरस सर्न सक्छ ।
भाइरसले मानिसलाइ कति बिरामी बनाउँछ ?
भाइरसको प्रभाव व्यक्ति अनुसार फरक फरक हुन्छ । कोही धेरै बिरामी पर्न सक्छन भने कसैलाई सामान्य प्रभाव मात्रै पर्न सक्छ । कुनै व्यक्तिको भाइरसका कारण ज्यानै जाने सम्म हुन्छ । विशेषगरी ६५ वर्ष माथिका अथवा स्वास्थ्य अवस्था कमजोर भएका मानिसमा भाइरसको प्रभाव बढी पर्छ । साथै पाँच वर्ष मुनिका बालबालिकामा पनि यसको खतरा बढी हुन्छ ।
भाइरस कति समय जिवित रहन्छ
—संकेत देखिएको एक दिनदेखि ५ दिनसम्म भाइरस सर्न सक्छ ।
—भाइरसलाई १६७ डिग्री फरेनहाइट भन्दा माथिको तापक्रममा यसका भाइरस मर्छन ।
—क्लोरीन, हाइड्रोजन, पेरोक्साइड, डिटर्जेन्ट, साबुन, आयोडोफोर्स, आयोडिन भएको एन्टीसेष्टिक, अल्कोहलले पनि फ्लूका भाइरस मर्न सक्छन ।