फिसर र फिस्टुला भनेको फरक रोग हुन्। तर यि दुवै मलद्धारमा देखिने समस्या हुन। प्राय जसो महिलाको कुरा गर्दा महिलाहरुमा फिसर, फिस्टुला दुबै प्रकारको रोग देखिन्छ। बिभिन्न कारणहरु जस्तै व्रत बस्ने, कम खाने आदी ईत्यादीले गर्दा ग्यासटाईटिजको समस्या नेपालको सन्दर्भमा महिलाहरुमा बढी देखिन्छ। यसले गर्दा उनिहरुको दिसा अनियमित हुने, कहिल दिसा अड्किने, पातलो हुने गर्दछ।
जब दिसा बिग्रन्छ र दिसा ठीक ठाक हुँदैन त्यसपछी सार्हो दिसा आउने, अथवा धेरै पटक दिसा आईराख्ने हुँदा मलद्धारमा चिरा जस्तो घाऊ देखिन्छन् जुन ओठ फुटेको घाऊ जस्तो हुन्छ त्यसलाई फिसर भनिन्छ।
प्राय फिसर महिलाहरुमा महिनावारी हुने समय र सुत्केरी हुने अवस्थामा देखिन्छ। फिसर यदी समयमा उपचार नगर्ने र लामो समय सम्म राख्नी राख्ने हो भने कहिले सन्चो भए जस्तो हुने, कहिले दुखे जस्तो हुने र यही घाऊ बिग्रिएर त्यसैबाट दुई तिर प्वाल जस्तो बन्छ जसलाई फिस्टुला भनिन्छ।
फिस्टुला शरीरको कुनै पनि भित्री अङ्गमा रहेको दुईमुखी प्वाल हो। पिलो बिग्रेर फिस्टुला हुन्छ र फिसर बिग्रिएर पनि फिस्टुला हुने गर्छ। महिलाहरुमा यो प्राये सुत्केरी अवस्थामा बढी देखिन्छ।
के हो प्रसब फिस्टुला??
बच्चा जन्माउने समयमा मल्द्वारको मुख पुरै नखुलेर बच्चा बाहिर निस्कन नसक्दा यसलाई हल्का चिर्ने गरिन्छ र चिरेर टाँका लगाईन्छ। त्यसले गर्दा त्यो घाऊ पाकेर फिस्टुला बन्ने गर्छ। त्यो फिस्टुला रेक्टो भजाईनल फिस्टुला (Recto Vaginal Fistula) पनि हुन्छ या फेरी पेरियानल फिस्टुला (Perianal Fistula) पनि हुन्छ। त्यस्तो फिस्टुलालाई प्रसब फिस्टुला भनिन्छ। प्राये जसो यो फिसर बिग्रेर हुन्छ र कसैकसैको प्रसबमा बनेको घाऊ बिग्रिएर फिस्टुला हुन्छ।
फिस्टुला भएको समयमा कस्तो कस्तो समस्याहरु देखिने गर्दछ?
फिसर भएको बेलामा महिलाहरुमा प्राये जसो
- दिसा गर्दा दुख्ने
- रगत आउने
- सार्हो दिसा आउँदा गार्हो हुने, पातलो दिसा अथवा नरम दिसा आउँदा त्यती सार्हो पिडा नहुने
- कसैलाई दिसा गरिसकेपछी दिनभर पोलेर बस्ने
- कसैलाई त्यो घाऊ चिलाउने
- कसैलाई बस्न उठ्ननै अफ्ठेरो हुने त्यसले गर्दा मानसिक रुपमा irritate हुने
- दिसा गर्न जान डर लाग्ने
यस्तो प्रकारको समस्या फिसरमा देखिन्छ।
फिस्टुलामा भने
- मल्द्वारको कुनै भागमा एउटा सानो खटेरो आउने
- बेलाबेलामा त्यो खटेरो पाक्छ र फुट्छ
के यो रोग महिलामा मात्रै देखिने रोग हो कि पुरुषमा पनि देखिन्छ?
प्राये जसो सबैमा देखिन्छ फिस्टुला। यती हो कि यो महिलामा बढी पाइन्छ।
के यो रोगहरुको घरमै उपचार हुन सक्छ त?
सामान्य अवस्थामा मात्र यसको घरेलु उपाचार हुनसक्छ। हामीले धेरै तरिकाले यसको घरमै उपचार गर्न सक्छौ। जस्तै
- तातोपानीले सेक्ने
- कुनै तेल मल्द्वारमा प्रयोग गर्ने
-दिसा नरम गर्ने औषधी खाने, घरेलु सागसब्जी बढी खाने
यसले सामान्य अवस्थाको फिसर हराएर जान्छ तर यदी फिसर भएको धेरै समय भएको छ भने घरेलु उपचारले सम्भव हुँदैन।
तपाईलाई कुन उमेर समुहको बिरामी आउनुहुन्छ यो रोगलाई लिएर?
- यस रोगलाई लिएर मेरोमा २०-२२ बर्ष देखी ४५-५० बर्षको बिरामी आउनुहुन्छ।
के यो रोग बिग्रिएर क्यान्सर हुन सक्छ त?
हो यो रोग बिग्रिएर क्यान्सर हुन सक्छ त्यसैले यसलाई सहेर बस्नु हुँदैन र समयमै डाक्टरकोमा गएर उपचार गराउन जरुरी छ।
(पाइल्स तथा फिस्टुला रोग विशेषज्ञ डा. राजिब घिमिरेसँगको अन्तर्वातामा आधारित )