परिचय
पाठेघरको ट्युमर भन्नासाथ प्रायः मानिसहरु अत्तालिने गर्छन्, कतै यो क्यान्सर त होइन । खासमा ट्युमर जहाँ पनि हुनसक्छ तर बढीमात्रामा पाठेघरको ट्युमर हुने गरेको छ । खासमा कुनै पनि शरिरमा अन्य मासु पलाउनु अथवा अस्वाभाविक रुपमा मासु बढ्नुलाई ट्युमर भनिन्छ।
ट्युमर भन्नेवित्तिकै सबै मानिसको मानसिकतामा आउने कुरा हो, क्यान्सर तर सबै ट्युमर क्यान्सर हुँदैनन् । ट्युमर दुइ किसिमका हुन्छन्, म्यालिगनेन्ट र नन म्यालिगनेन्ट । म्यालिगनेन्ट ट्युमर चाहिँ क्यान्सर ट्युमर हो र नन म्यालिग्नेट ट्युमर ननक्यान्सर ट्युमर हो ।
धेरैजसो नन क्यान्सरस ट्युमर हुन्छ । अहिले महिलालाई ट्युमर सुन्नेवित्तिकै मलाई क्यान्सर हुन्छ कि भन्ने भय हुन्छ तर डराइहाल्नुपर्ने स्थिति छैन । सबै ट्युमर क्यान्सर नहुने भएपनि क्यान्सर छ कि छैन भनेर टेस्टहरु भने गर्नुपर्छ । त्यसमध्ये पनि ओभिरियन्ट ट्युमर हुनसक्छ । जुन दुइ थरिको हुन्छ । म्यालिगनेन्ट र नन म्यालिगनेन्ट ओरियन्ट पनि धेरै थरि हुन्छ । बडीको ट्युमर भनेको अर्को फाइब्रोइट हुन्छ ।
फाइब्रोइट ट्युमर नन म्यालिगनेन्ट हो । पहिलो कुरा सबैले के बुझ्न जरुरी हुन्छ भने ओभरीको ट्युमर भनेर धेरै कुरा आइरहेको छ । अल्ट्रासाउण्ड गर्दा पानीको फोका छ भने यसमा अन्य टेस्ट आवश्यक हुन्छ ।
पाठेघरको ट्युमर किन हुन्छ?
पाठेघरको ट्युमर किन हुन्छ भन्ने कुरा धेरैका लागि अहिले पनि खोजको विषय बनेको छ । अझ भनौ, विभिन्न अनुसन्धानहरुका बाबजुद यसको कारण अझै पत्ता लाग्न सकेको छ । यद्यपी, वंशाणुगत कारण तथा महिलाहरुको शरीरमा इस्ट्रोजन हर्मोनको उत्पादन आवश्यक्ता भन्दा बढी भएमा पनि पाठेघरमा ट्युमर पलाउन सक्छ ।
त्यस्तै, धुमपान तथा मदिरापानले पनि शरीरमा विभिन्न किसिमको क्यान्सर गराउन सक्ने हुदाँ यसको प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध पाठेघरको मुखको क्यान्सरसित पनि हुने गर्छ ।
लक्षणहरु
पाठेघरको ट्युमर हुँदा महीनावारी हुने बेलामा तल्लो पेट अत्यधिक दुख्ने, पिरियड चाँडो (२१ दिनभन्दा अघि) हुने, महीनावारी भएको ५ दिनभन्दा बढी १०–१५ दिनसम्म रगत बग्ने, यौनसम्पर्क राख्दा योनी दुख्ने लगायत लक्षण देखिन्छन् ।
यस्तै, महीनावारी समयमा भएको छ र लामो समयसम्म रगत बग्दैन भने पनि पाठेघरको ट्युमर हुन सक्छ । यस्तो अवस्थामा अति रक्तश्राव (८० एमएल भन्दा बढी) हुने र दिनको ५/६ ओटाभन्दा बढी प्याड पूरै भिज्ने हुन सक्छ ।
उपचार विधि
कुनै पनि महिलाको पाठेघरमा जटिल किसिमको ट्युमर देखिएमा त्यसको उपचार गर्नु भनेको उक्त ट्युमर निकाल्नु नै हो ।
नेपालमा प्रायः पाठेघरको ट्युमर देखिएमो पेट चिरेर शल्यक्रिया गर्ने गरिन्छ । जुन नेपालको पूरानो विधि पनि हो । त्यसबाहेक, पेटमा ससाना प्वाल पारेर गरिने ल्याप्रोस्कोपी सर्जरी अर्को प्रविधि हो । ल्याप्रोस्कोपिक सर्जरी गर्दा धेरै मानिसलाई के भ्रम रहन्छ भने ट्युमर ठूलो भएमा त्यसलाई निकाल्न कतै समस्या हुने त हैन ? यस विषयमा म के भन्न चाहन्छु भने जतिसुकै ठूलो ट्यूमर पनि ल्याप्रोस्कोपिक सर्जरीद्वारा पेटबाट छुटाईसकेपछि त्यसलाई निकाल्ने भनेको बच्चा पाउने ठाउँबाटै निकाल्ने हो।