काठमाडौं । परम्परागत रुपमा आयुर्वेदिक औषधिको प्रयोगको प्रचलन धेरै अगाडिदेखि नै चलि आएको हो । परम्परागत रुपमा चलिआएको आयुर्वेदिक औषधिको प्रयोगलाई व्यवस्थित रुपमा निरन्तरता दिने मुख्य लक्ष्यका साथ परम्परा दिव्य आयुर्वेदिक औषधालयको स्थापना भएको हो।
परम्परा दिव्य आयुर्वेदिक औषधालयको स्थापनाको भएको एक दशक भन्दा बढी नै भइसकेको छ। नेपाली जडिबुटिहरुको व्यवस्थित प्रयोगका लागि यस संस्थाको स्थापना भएको हो । परम्परागत रुपमा नै चलिआएको उपचार विधीलाई व्यवस्थित गर्दै यस संस्थाले आयुर्वेदिक उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । यहाँ सामान्यदेखि जटिल प्रकारका समस्याका लागि आयुर्वेदिक औषधिहरु पाइन्छ ।
यहाँ परम्परागत आयुर्वेद चिकित्सा विधीद्वारा शरीरका कुनै पनि अंगको क्यान्सरको उपचार हुँदै आएको छ । यहाँ पक्षघात तथा युरिक एसिडको सफल उपचार गरिदैं आएको छ । गानो, ग्यास्ट्रिक, अल्सर तथा दमको पनि सफल उपचार गरिदैं आइएको छ । दम तथा महिलासम्बन्धि विभिन्न प्रकारका रोगको समेत सफल उपचार यस परम्परा दिव्य आयुर्वेद औषधालयले गर्र्दै आएको छ ।
साथै रोग प्रतिरोधी क्षमता बढाउन,पाइल्स,फिस्टुला र फिसरको बिना अपरेशन उपचार,जस्तोसुकै बाथ तथा हाडजोर्नीको समस्या भएका बिरामीको सफल उपचार यस संस्थाले गर्दै आइरहेको छ । जटिल प्रकारको क्यान्सर, मुटु रोग, हाडजोर्नी तथा नशा च्यापिएको उपचार यस औषधालयले गर्दै आइरहेको छ ।
लामो समय एलोपेथिक औषधि खाएर पनि निको नभएका विभिन्न रोगहरुको सफल उपचार यहाँ गरिन्छ। विभिन्न अस्पतालहरुमा उपचार सम्भव नभएपछि बिरामीहरु यहाँ आइपुग्छन् । अस्पतालले उपचार सम्भव छैन भनी फिर्ता पठाएका बिरामीहरु उपचारका लागि यहाँ आइपुग्ने गरेका छन्। परम्परा दिव्य आयुर्वेद औषधालयको औषधिले उनीहरुको जीवनलाई सहज बनाउने काम गर्छ।
आत्मबल बढी भएमा तथा पारिवारिक सपोर्ट पनि भएमा त्यस्ता बिरामीहरुलाई यस प्रकारको औषधिले लामो समयसम्म काम गर्ने उक्त औषधालयका निर्देशक अनिल बुढाथोकी बताउँछन् । क्यान्सर भएका बिरामीहरुले आफ्नो समस्या पहिलो तथा दोस्रो चरणमा थाहा नपाउने भएकोले अन्तिम चरणमा मात्रै उपचारका लागि यस परम्परा दिव्य आयुर्वेद औषधलायमा आइपुग्ने गर्छन् ।
यदि सुरुवाती समयमा नै आइपुगेर त्यसै अनुसार औषधि सेवन गर्ने हो भने यहाँको औषधि सेवनले क्यान्सर पूर्णरुपमा निको समेत गराउँछ । स्थापनाको करिब एक दशक भन्दा बढी भइसक्दा यस औषधालयले आयुर्वेदको क्षेत्रमा आफ्नो भिन्नै ब्रान्ड बनाउन सफल भएको निर्देशक बुढाथोकीको दाबी छ।