काठमाडौं — नरिवल पानी विषेश गरि नेपालमा भन्दा छिमेकि मुलक भारतमा प्रचति भएको पाइन्छ तर आजभोली नेपालमा पनि नरिवल पानी पीउने गरिनछ । नरिवल पानी स्वास्थ्यका हिसाबले पनि धेरै फाइलाजनक मानिन्छ । नरिवल पानीले गर्मी मेटाउनका लागि पनि सेवन गर्नै गरिन्छ । प्यास बढेर मानिसहरू तरल पदार्थ पिउन मन पराउँछन् ।
तरल पदार्थको कुरा गर्दा नरिवल पानी पिउँदा गर्मीबाट बचाउँछ र स्वास्थ्य पनि राम्रो बनाउँछ । गर्मीमा छाला डढ्ने समस्यालाई पनि यसले समाधान गर्छ । यहाँ हामी नरिवल पानी पिउँदा हुने फाइदाका बारेमा चर्चा गर्दैछौं ।
टाउको दुखेको
गर्मीमा शरीरबाट ऊर्जास्तर घट्छ र रोगप्रतिरोधक क्षमता पनि कम हुन्छ । यस्तो स्थितिमा नरिवल पानी पिउँदा शरीर ठण्डा हुन्छ र इलेक्ट्रोलाइट्स पनि पुग्छ ।
उच्च रक्तचाप
गर्मीमा धेरै मानिसमा उच्च रक्तचापको समस्या हुन्छ । त्यस्ताले नरिवल पानी पिउनु ठीक हुन्छ । त्यसमा भिटामिन सी, पोटेसियम र म्याग्नेसियम हुन्छ र रक्तचाप नियन्त्रणमा रहन्छ ।
तौल घटाउन
मोटोपन भएका मानिसहरूका लागि पनि नरिवल पानी लाभदायक हुन्छ । यसमा लो फ्याट हुन्छ जसले भोक प्यासलाई कम राख्छ र शरीरलाई आवश्यकताअनुसार पोषक तत्त्व दिन्छ ।
पानीको कमी
गर्मीमा शरीरबाट पानी कम हुन्छ । तर नरिवल पानी पिउँदा शरीरले प्राकृतिक रूपमा पानी प्राप्त गर्छ ।
स्टामिना
गर्मीमा प्रायः दिमागले काम गर्न सक्दैन र सहनशक्ति घट्छ । दिनदिनै नरिवल पानी पिउनुभयो भने स्टामिना बढ्छ ।
छालाको समस्या
गर्मीमा छालासम्बन्धी समस्या हुन्छ जसलाई कम गर्नका लागि नरिवल पानी लाभदायक हुन्छ । यो पिउँदा शरीरमा भएका विषाक्त तत्त्वहरू हट्छन् अनि छालासम्बन्धी समस्या समाधान हुन्छन् ।