एजेन्सी । विश्वका विभिन्न मुलुकमा भन्दा पछिल्लो २४ घण्टाभित्र फ्रान्समा कोरोना भाइरसका सङ्क्रमित धेरै थपिएका छन् ।फ्रान्समा एकै दिन तीन लाख १५ हजार तीन सय ६३ जना कोरोनाका नयाँ बिरामी फेला परेका हुन् ।
हालसम्म फ्रान्समा एक करोड ९८ लाख ७२ हजार नौ सय ८९ जनामा कोरोना पुष्टि भइसकेको छ । सङ्क्रमितमध्ये एक करोड ३१ लाख आठ हजार नौ सय ९२ जना उपचारपछि निको भएका छन् ।
छिल्लो २४ घण्टामा तीन लाख चार हजार नौ सय ४१ जना कोरोनामुक्त बने । फ्रान्समा हाल ६६ लाख ३२ हजार चार सय नौ जना सक्रिय सङ्क्रमित छन् । उपचाररत सक्रिय सङ्क्रमितमध्ये तीन हजार छ सय ४१ जनाको अवस्था चिन्ताजनक छ ।
फ्रान्समा एकै दिन कोरोनाका कारण दुई सय ७६ जनाको मृत्यु भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या एक लाख ३१ हजार पाँच सय ८८ पुगेको छ । फ्रान्स कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै चौथो नम्बरमा रहेको मुलुक हो ।
फ्रान्सपछि जर्मनीमा सङ्क्रमित धेरै थपिएका छन् । एकै दिन जर्मनीमा दुई लाख २३ हजार तीन सय २२ जना नयाँ बिरामी थपिए । हालसम्म एक करोड तीन लाख तीन हजार एक सय जनामा कोरोना यकिन भइसकेको छ ।
७७ लाख ८९ हजार छ सय जना उपचारपछि निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा ८४ हजार छ सय जना कोरोनामुक्त बने । २३ लाख ९४ हजार छ सय १७ जनाको उपचार जारी रहेकोमा दुई हजार दुई सय ७४ जनाको अवस्था गम्भीर छ ।
जर्मनीमा एकै दिन एक सय ७४ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या एक लाख १८ हजार आठ सय ८३ पुगेको छ । जर्मनी कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्कै नवौँ नम्बरमा रहेको मुलुक हो ।
अमेरिकामा पछिल्लो २४ घण्टाभित्र दुई लाख चार हजार चार सय ५६ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या सात करोड ६७ लाख ५२ हजार नौ सय ५१ पुगेको छ । चार करोड ६८ लाख २२ हजार आठ सय ४५ जना उपचारपछि निको भइसकेका छन् ।
एकै दिन एक लाख ७५ हजार आठ सय १६ जना कोरोनामुक्त बने । अमेरिकामा हाल दुई करोड ९० लाख १३ हजार आठ सय ९३ जना सक्रिय सङ्क्रमित छन् । उपचाररत सक्रिय सङ्क्रमितमध्ये २२ हजार तीन सय १६ जनाको अवस्था चिन्ताजनक छ ।
अमेरिकामा २४ घण्टाभित्र एक हजार नौ सय ५४ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या नौ लाख १६ हजार दुई सय १३ पुगेको छ । अमेरिका कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै पहिलो नम्बरमा रहेको मुलुक हो ।
नेपालसँग खुला सीमा रहेको छिमेकी मुलुक भारतमा एक लाख ६४ हजार पाँच सय ९३ जना नयाँ बिरामी थपिएका छन् । सङ्क्रमित सङ्ख्या चार करोड १७ लाख ९५ हजार चार सय ७८ पुगेको छ । तीन करोड ९७ लाख ४७ हजार नौ सय ८४ जना उपचारपछि निको भइसकेका छन् ।
पछिल्लो २४ घण्टाभित्र दुई लाख ३६ हजार छ सय ७७ जना कोरोनामुक्त बने । भारतमा १५ लाख ४८ हजार पाँच सय सात जना सक्रिय सङ्क्रमित छन् । उपचाररत सक्रिय सङ्क्रमितमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।