डा.नवीन मिश्र
छाती तथा दम रोग विशेषज्ञ
ब्लु क्रस अस्पताल, त्रिपुरेश्वर
परिचय
सुतेको बेला धेरैजसो मानिसहरु घुर्ने गर्छन्। हामीलाई लाग्छ, सुतेको बेला घुर्नु सामान्य प्रक्रिया हो।
सुतेको बेला घुर्ने सामान्यतया धेरै मानिसहरुमा देखिने तर वास्ता नगरिएको समस्या हो। समयमै उपचार नगरे यसले दीर्घकालीन समस्या ल्याउन सक्ने चिकित्सक बताउँछन्।
सामान्यतया घुर्ने समस्या श्वास फेर्ने नली सानो भएर हुन्छ। श्वास फेर्ने नली विभिन्न कारणले सानो हुन्छन्। चिकित्सकका अनुसार सय जना व्यक्तिमध्ये १५ देखि २० जनालाई यो समस्या देखिन्छ।
मान्छे किन घुर्छ ?
मानिसले जागेको बेलामा पनि श्वास फेर्छ तर त्यो बेलामा मान्छे घुर्दैन। सुतेको बेलामा श्वास फेर्ने नलीका मांसपशीहरू नियन्त्रण हुँदैनन्। जागेको बेलामा त्यसलाई मस्तिष्कले नियन्त्रण गरेको हुन्छ जसले गर्दा मांसपेशीले श्वास फेर्ने बाटोलाई ठूलो बनाउँछ। सुतेको बेला मस्तिष्कले नियन्त्रण गर्ने संयन्त्र हराउँछ।
सामान्यतया श्वास फेर्ने बाटो सुतेको बेला सबैको साँघुरो नै हुन्छ। तर जो मान्छेमा बिभिन्न कारणले श्वास फेर्ने बाटो सुरूदेखि नै साँघुरिएको थियो र सुतेको बेलामा मस्तिष्कले गर्ने नियन्त्रण पनि हट्यो भने श्वास फेर्ने नली धेरै नै साँघुरिन्छ। कुनै बेलामा पूरै बन्दसमेत हुन्छ। जसले गर्दा धेरै सांघुरो बाटोबाट हावा जाँदाखेरि त्यसले एक किसिमको भाइब्रेसन बनाउँछ। त्यही भाइब्रेसन नै घुराइ हो।
घुर्ने समस्याको उपचार
यसको उपचार गराउनुभन्दा पहिला घुराइले शरीरमा कति असर गरेको छ भनेर पत्ता लगाउनुपर्छ। त्यसको लागि बिरामीको सुताइको अध्ययन गरिन्छ। यो अस्पतालमा रातभरि सुतेर पनि गर्न सकिन्छ भने घरमा मेसिन जडान गरेर गर्न सकिन्छ।
मुटुको चालमा गडबडी गरिरहेको छ कि छैन ? जिउमा राति सुतेको बेला अक्सिजनको मात्रा कति छ? राम्रोसँग गहिरो निद्रा परेको छ कि छैन भन्ने लगायतका अध्ययन गरिन्छ।
सुताइको अध्ययन गरेपछि पनि समस्या छ भने त्यसको केही परीक्षण गरिन्छ।
इन्डोस्कोपी गरेर सुत्ने समस्याको अध्ययन गर्नुपर्छ। सुताइको अध्ययन गर्दा बिरामीमा कुनै समस्या देखियो र बिरामीले उपचार गर्न चाह्यो भने स्लिप इन्डोस्कोपी गरिन्छ।
अपरेशन कक्षमा लगेर बिरामीलाई घुराइन्छ। नाकबाट इन्डोस्कोपी पाइप छिराएर हेरिन्छ।
इन्डोस्कोपीले शरीरको कुन भागका कारण समस्या परेको छ भन्ने थाहा हुन्छ।
बिरामी धेरै मोटो छ भने उसको तौल घटाउने सुझाव दिन्छौं। घुर्ने समस्याको प्रमुख कारण मोटोपना हो।
बजारमा ‘स्लीप क्याप’ भन्ने मेसिन पाउँछ। मुखमा यो मेसिन लगाएर सुत्ने गरे कोठामा भएको अक्सिजनलाई भित्र पु¥याउँछ। यो हरेक दिन लगाएर सुत्न पर्ने भएकाले राम्रो हुँदाहुँदै पनि व्यवहारिक हुन सकेको छैन।
युवा वर्गले यो पद्धति नरूचाउने हुँदा अन्य तरिका अपनाउनुपर्ने हुन्छ।
मुखमा लगाउने डेन्टल अप्लाएन्स पनि छ, जसले तलको च्यापुलाई अगाडी धकेल्छ।
यसो गर्दा बिरामीको जिब्रो पछाडि गएर श्वास फेर्ने बाटो बन्द हुँदैन। यो सँगै बिरामीको अपरेशन पनि गर्न सकिन्छ।
यसरी गर्न सकिन्छ घुर्ने समस्याको रोकथाम
१ सधैं कोल्टे परेर सुत्नुहोस् । उत्तानो परेर सुत्दा मानिस धेरै घुर्ने गरेको पाइएको छ ।
२ आफ्नो वजन घटाउनुहोस् । विशेष गरेर घाँटीमा बोसो जम्मा भयो भने पनि स्वतन्त्र रुपमा हावा मानिसको फोक्सो बाहिर र भित्र वहाव हुन पाउँदैन र मानिस घुर्छ ।
३ रक्सी र अन्य मादक पदार्थ खान छाड्नुहोस् । निद्रा लगाउने औषधिले पनि हाम्रो स्नायुप्रणालीमा असर पु¥याउन सक्छ । जसले हाम्रो घाटीमा नियन्त्रण हुँदैन र हामी घुर्न थाल्छौँ ।
४ एलर्जीहरुको उपचार गर्नुहोस् । श्वासप्रश्वास सम्बन्धी एलर्जीले पनि हावामा बाधा पु¥याइ घुर्ने समस्या ल्याउन सक्छ । यसले पछि गएर दमजस्तो समस्या पनि देखापर्न सक्छ ।
५ चुरोट खाने बानी त्याग्नुहोस् । यसले तपाइँको श्वासप्रश्वास प्रणालीलाई असर गर्छ ।
६ सुत्ने उठ्ने समय तालिका सधैं एउटै बनाउनुहोस् । ठीक समयसम्म सुत्नुहोस् ।
७ गर्भवती अवस्थामा तपाईं घुर्नु हुन्छ भने डाक्टरको सल्लाह लिनुहोस् । यस्तो भयो भने पेटमा भएको बच्चाले प्रशस्त मात्रामा अक्सिजन नपाउन सक्छ ।
८ सुत्दा सिरानीको प्रयोग गर्नुहोस् । टाउको अलि माथि उठाएर सुत्ने गरियो भने पनि हावालाई निबार्ध रुपमा चल्न सजिलो हुन्छ ।