काठमाडौं । लङ कोभिड भएका व्यक्तिहरूको फोक्सोको भित्री भागमा क्षति आएको अध्ययनमा बेलायती अध्ययनले पत्ता लागेको छ ।
अध्ययनका क्रममा नियमित स्क्यानहरूद्वारा पहिचान नगरिएका फोक्सोको क्षतिलाई पत्ता लगाउन वैज्ञानिकहरूले नोबल जिनोन ग्यासको प्रयोग गरेका थिए ।
अध्ययनमा अस्पताल भर्ना नभई निको भइसकेका ११ जना कोभिड सङ्क्रमितहरूलाई सामेल गरिएको थियो । सङ्क्रमणको प्रारम्भिक चरणमा भने उनीहरूको स्वासप्रश्वासमा समस्या देखिएको छ ।
अक्सफोर्ड, शेफिल्ड, कार्डिफ र म्यान्चेस्टरका अनुसन्धानकर्ताको टोलीले तीनवटा ग्रुपमा जिनोन ग्यास स्क्यान र अन्य फोक्सोको परीक्षण गरेका थिए ।
जसमा लङ कोभिडको लक्षण र श्वासप्रश्वासको समस्या देखिएको तर अस्पताल भर्ना नभएका, १२ जना सङ्क्रमण भएर अस्पताल भर्ना भएका र १३ जना स्वस्थ व्यक्तिको एमआरआई स्क्यान गरिएको थियो ।
अक्सिजनकै रूपमा काम गर्ने जिनोन ग्यासले स्क्यानको क्रममा फोक्सोबाट रगतमा अक्सिजन कसरी प्रसार हुन्छ भन्ने देख्न सकिएको वैज्ञानिकले बताएका छन् ।
तर, स्वस्थ व्यक्तिको तुलनामा धेरैजसो लङ कोभिडको समस्या भएकाहरूमा ग्यास प्रसारण कम प्रभावकारी भएको पाइयो । साथै, सङ्क्रमित भएर अस्पताल भर्ना भएका व्यक्तिहरूमा पनि यस्तै समस्या देखियो ।