क्षयरोग फोक्शोमा हुने एक प्रकारको संक्रमण हो । यो एक प्रकारको सरुवा रोग हो । यदि घरमा कोही क्षयरोगको बिरामी छ भने यो रोग बच्चा होस् या बृद्ध जुनसुकै उमेरका मानिसलाई पनि सर्ने गर्छ । बच्चाहरुमा यस समस्या पछिल्लो समय धेरै देखिन थालेको छ । अन्य उमेरमा हुने क्षयरोगभन्दा बच्चामा हुने क्षयरोग निकै जटिल हुने गर्छ । यसले बच्चामा छिट्टै संक्रमण बढाउंदै लान्छ । त्यसैले यसको लक्षण देखापर्ने बित्तिकै जाँच गराई हाल्नुपर्छ । क्षयरोग यी कारणले मात्र लाग्छ भन्ने छैन ।
यस रोगका लक्षणहरु यस प्रकार छन् :
लामो समय लगातार खोकी लाग्नु ।
मन्द मन्द ज्वरो आइराख्नु ।
पटक पटक मुर्छा पर्नु ।
काम्नु ।
खान मन नलाग्नु ।
उमेर अनुसार तौल नबढ्नु ।
श्वास फेर्न गाह्रो भए जस्तो हुनु ।
शरीर सुखा हुनु ।
निमोनिया, मेनिन्जाइृटिस लगाएतका ब्याक्टेरियाले संक्रमण गर्दा बच्चाहरु सिकिस्त हुनु ।
बच्चाहरुलाई क्षयरोगबाट बचाउन यसो गर्ने :
क्षयरोग लागेका अन्य व्यक्तिबाट टाढा राख्ने ।
जन्मने बितिकै वा केही दिन भित्रै क्षयरोग बिरुद्धको बि.सी.जी खोप लगाउने ।
बच्चा जन्माउनु अगाडी नै आमामा रोग छ भने बच्चामा सर्ने संभावना बढी हुन्छ, यस्ता बच्चाको स्वास्थ्य परीक्षण गराउने ।
बच्चालाई सधै स्वस्थ र पोषिलो खाना खुवाउने ।