बच्चाहरु ले खाना खान नमन्नु हरेक आमा बाबु को गुनासो हुन्छ। अभिभावकले जसरी चिन्ता लिँदै आएका छन्, त्यसको विपरीत वास्तवमा बच्चाहरुले खाने मन नगर्ने कुरा निकै सामान्य विषय हो । नयाँ तथ्यांकअनुसार बढ्दो उमेरका बालबालिकामध्ये २० देखि २५ प्रतिशतमा खाना नखाने समस्या देखिएको छ ।
बच्चाहरुलाई कुनै कुरा खानलाई जबर्जस्ती गर्नु निकै नै गलत कुरा हो । तपाईं आफ्नो बच्चाले सही तरिकाले खाइदेओस् भन्ने चाहनुहुन्छ भने सर्वप्रथम अपनाउनुपर्ने कुरा भनेको बच्चाले खानेकुरा नखाँदा चिन्तित नभई सामान्य ढङ्गले लिइदिनु नै हो। उनीहरु दु्रतगतिमा बढ्दै गर्दा धेरै खान्छन् अनि बढ्ने क्रम सुस्त भएको बेला कम खान्छन् । त्यस्तै शरीरलाई कार्बोहाइडेड, प्रोटिन, चिल्लो पदार्थ वा अन्य खनिज पदार्थ के चाहिएको हो, त्यही चिज सही मात्रामा खान मन पराउँछन्। तर अभिभावकले यो कुरा बुझेका हुँदैनन् अनि जुन मात्रा जे अगाडि पस्किदिएको हुन्छ, प्लेट खाली नहुन्जेल खाइदेओस् भन्ने चाहन्छन् । अरु बच्चाहरुले जति मात्रामा जे खान्छन्, त्योसँग आफ्नो बच्चाले खाने गरेको कुरा ठीक वा बेठीक हो, अनि कम वा बेसी हो भनेर तुलना गर्नु ठीक होइन।
खाना खाँदै नखाने, कम खाने, गाह्रो मानेर खाने र खाना रोजेर मात्रै खानेजस्ता फरक–फरक खालका समस्या बच्चामा देखिन्छ । यीमध्ये १६ देखि ३० प्रतिशतलाई कुनै रोग लागेर खाना नखाएको पाइएको छ भने बाँकीलाई बानीजन्य समस्या भएको देखिन्छ । बच्चाले खाना नखानुमा धेरै कुराको भूमिका हुन्छ । खाने वेलामा बच्चाले दिएको संकेत आमाले बुझ्न नसक्दा पनि खाना खुवाउन समस्या हुन्छ ।
बच्चाले भाँडा सफा हुने गरी पस्केको सबै खानेकुरा खाँदा चक्लेटलगायतका सानोतिनो उपहार दिनु राम्रो हो । तर बच्चालाई दिइने उपहार त्यही महत्वको पनि हुनुहूदैन ताकि उपहार पाउने लोभले बच्चाले खाना खानैपर्ने दबाब महसुस गरोस् ।बच्चाहरुले अरुबाट सिक्छन् । परिवारका अन्य सदस्यहरुले खाएको बेला बच्चालाई उपस्थित गराउनाले बच्चाले खान सिक्छ । बच्चालाई मन नपर्ने परिकार परिवारका अन्य सदस्यले खाँदै गरेको देखेमा बच्चाहरुले त्यस्तो कुरा खाना थाल्छ ।
बच्चाको समस्याप्रति आमाको प्रतिक्रिया तथा बच्चालाई खुवाउने वेलाको आमाको मुडले खानामा प्रभाव पार्छ । आमाको मुडको प्रभावले गर्दा बच्चाले गाह्रो मानेर खाने अथवा खाँदै नखाने र आमाहरू धेरै रिसाउने, चिच्याउने गरेको पाइन्छ । यसकारण छिटो तथा ढिलो खाना खानेसमेत गरेको पाइन्छ । पछिल्लो अनुसन्धानले खानपिनको समस्या हुनेहरूमा बच्चाका आमाले बच्चासँग कम कुरा गरेको र उनीहरूको इसारा नबुझेको, बच्चाको भावनालाई कम बुझेको, बच्चासँग कम खेल्ने गरेको देखाएको छ । बच्चाको खाना र खाना खाने समयको आधारभूत नियम हुन्छन् । खाना खाने कार्यक्रम नै बनाउनुपर्छ । जस्तै स् हरेक चार घन्टामा एकपटक खुवाउने, चार घन्टा नपुगी बीचमा केही पनि खाने तथा पिउने कुरा नदिने, तिर्खा लागेमा खाना खानुअघि दुई घन्टाअघि मात्र पानी पिउन दिनुपर्छ । खाना खाने समयावधि सीमित गरेर तोकिएको हुनुपर्छ, जस्तै ३० मिनेट।
सानो प्लेटमा धेरै खाने कुरा राखिदिने वा ठूलो थालमा थोरै खानेकुरा राखिदिने, खाने समयमा बच्चाले खेल्ने गरेको केही ठिक्कको आकारको भाँडाकुटीमा थोरै खानेकुरा राखिदिने, पुतलीलाई खुवाएजस्तै गराउने, यो खानेकुरा खाँदा सुपरम्यान बन्छ भन्नेजस्ता कुरा सुनाउने आदि गरेर खाने कार्यलाई रमाइलो बनाउन सकिन्छ।
खाना खाने समयको नियम पालना बच्चाले नगरेको अवस्थामा दोहो¥याएर नियम पालना गर्न लगाउने । तर, तेस्रोपटकसम्म पनि नियम मानेनन् भने केही समयका लागि स्थगित गरेर फेरि सुरु गर्नुपर्छ । उनीहरूलाई थोरै खानाबाट खुवाउन सुरु गर्नुपर्छ । राम्रोसँग खाएमा रमाइला कुरामा भुलाएर खाना थप्न प्रेरित गर्नुपर्छ ।
खाना खुवाउन तोकिएको समय सकियो भने खाना बाँकी नै भए पनि प्लेट उठाउनुपर्छ । खाना नसकिएको भए अभिभावकले बच्चालाई कराउनु तथा गाली गर्नु हुँदैन । खाना खाने समयावधिभर मिठाई र चकलेट दिने काम गर्नु हुँदैन ।
बच्चाले बीचमा खाना खान खोजेमा र खानका लागि जिद्दी गरेमा नियमलाई केही समय बन्द गरेर फेरि नियमअनुसार नै खुवाउन सुरु गर्नुपर्छ । खाना खाने बानी तोड्न बच्चाले खोजिरहेका हुन्छन्, अभिभावक सचेत हुनुपर्छ । बच्चालाई नियमभित्र बाँध्न सके खाना खुवाउन ठूलो समस्या हुँदैन। एकपटक नियम बसाएपछि उनीहरू राम्रोसँग खाना खान थाल्छन् ।
शारीरिक र चालको विकास छिटो–छिटो हुने भएकाले बच्चाका लागि पौष्टिक खाना र शक्तिको आवश्यकता पर्छ । बच्चा हरु ले खाना नखादा अभिभावक हरु ले आफु लाई जिम्मेवार थान्नु पर्दैन, त्यो भन्दा उनीहरु को मनस्थिती बुजेर त्यसै अनुरुप व्येवहार गर्नु पर्छ ।