एजेन्सी । विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ४० करोड नाघेको छ ।
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको फैलावट सुरु भएसँगै विश्वमा सङ्क्रमित सङ्ख्या अत्यधिक बढेको हो । केही समयअघिसम्म दैनिक ४० लाख हाराहारीमा सङ्क्रमित भेटिन्थे । दुई दिनयता २० लाख हाराहारीमा सङ्क्रमित थपिँदै छन् ।
पछिल्लो २४ घण्टामा विश्वभर २१ लाख १६ हजार ६८ जना नयाँ बिरामी थपिएका छन् । सङ्क्रमित सङ्ख्या ४० करोड दुई लाख ६५ हजार छ सय ९० पुगेको छ । सङ्क्रमितमध्ये ३२ करोड दुई लाख ९६ हजार सात सय एक जनाको उपचार सम्भव भएको छ ।
उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । एकै दिन विश्वभर २७ लाख ३९ हजार चार जना कोरोनामुक्त भए । केही दिनयता विश्वमा दैनिक थपिनेभन्दा निको हुने सङ्क्रमितको सङ्ख्या धेरै छ ।
विश्वमा हाल सात करोड ४१ लाख ८८ हजार दुई सय ३२ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितको उपचार जारी छ । निको हुने सङ्क्रमित बढ्न थालेपछि कोरोनाका सक्रिय बिरामीको सङ्ख्या कम हुँदै गइरहेको छ ।
उपचाररत सक्रिय सङ्क्रमितमध्ये ९० हजार एक सय ८७ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोनाका कारण १० हजार नौ सय ९६ जनाको मृत्यु भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ५७ लाख ८० हजार सात सय ५७ पुगेको छ ।
अमेरिकामा एकै दिन एक लाख ४२ हजार नौ सय ३३ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या सात करोड ८६ लाख १९ हजार नौ सय ५७ पुगेको छ । सङ्क्रमितमध्ये चार करोड ८५ लाख ३४ हजार आठ सय ६० जना उपचारपछि निको भएका छन् ।
पछिल्लो २४ घण्टामा दुई लाख ३८ हजार पाँच सय ४५ जना कोरोनामुक्त बने । अमेरिकामा दुई करोड ९० लाख ५३ हजार एक सय ७० जना सक्रिय सङ्क्रमित छन् । उपचाररत सक्रिय सङ्क्रमितमध्ये १९ हजार एक सय ४९ जनाको अवस्था चिन्ताजनक छ ।
अमेरिकामा एकै दिन दुई हजार दुई सय ६१ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या नौ लाख ३१ हजार नौ सय २७ पुगेको छ । अमेरिका कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै पहिलो नम्बरमा रहेको मुलुक हो ।
छिमेकी मुलुक भारतमा एकै दिन ६९ हजार चार सय ४१ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या चार करोड २४ लाख नौ हजार ५२ पुगेको छ । सङ्क्रमितमध्ये चार करोड १० लाख दुई हजार दुई सय ९४ जना उपचारपछि निको भएका छन् ।
पछिल्लो २४ घण्टामा एक लाख ६१ हजार छ सय ३६ जनाको उपचार सफल भयो । भारतमा नौ लाख एक हजार चार सय ५० जना कोरोनाका सक्रिय बिरामी छन् । उपचाररत सक्रिय सङ्क्रमितमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।
भारतमा एकै दिन एक हजार दुई सय ३० जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पाँच लाख पाँच हजार तीन सय आठ पुगेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।
ब्राजिलमा २४ घण्टाभित्र एक लाख ७१ हजार चार सय ८३ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या दुई करोड ६७ लाख ७६ हजार छ सय २० पुगेको छ । दुई करोड ३१ लाख एक हजार छ सय ६० जना निको भइसकेका छन् ।
एकै दिन दुई लाख ५५ हजार आठ जना कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । ब्राजिलमा ३० लाख ४१ हजार ६६ जना सक्रिय सङ्क्रमित छन् । उपचाररत सक्रिय बिरामीमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था चिन्तजानक छ ।
२४ घण्टाभित्र ब्राजिलमा कोरोनाका कारण एक हजार एक सय ७४ जनाको मृत्यु भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या छ लाख ३३ हजार आठ सय ९४ पुगेको छ । ब्राजिल कोरोनाका कारण पभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।