मनसुन सुरु भइसकेको छ । यो मौसममा रोगको संक्रमण बढी हुने गर्छ । बच्चाहरुलाई झनै यो मौसममा एकदमै जोगाउन पर्नेहुन्छ। त्यसैले खानपानमा विशेष सर्तकता अपनाउनु पर्नेहुन्छ । यसलाई रोग आमन्त्रण गर्ने मौसम पनि भनिन्छ । किनभने वर्षाको कारण हिलो, फोहोर हुने, खानेकुरा चाँडै सड्ने, गल्ने हुन्छ । सबैतिर ओसिलो हुने भएकाले व्याक्टेरिया पनि फैलन सक्छ ।
बर्खायाममा बच्चाहरुको स्वास्थ्यको बारेमा कुरा गर्नुपर्दा मुख्य ४ रोग लाग्ने गर्दछ
- झाडापखाला
- टाईफाईड
- टाईफाईड
- भाईइरल ज्वोरो
झाडापखाला
झाडापखाला भन्नाले झाडा सँगै वान्ता पनि हो। धेरै वान्ता र दिसा भएको खण्डमा बच्चाहरुलाई सार्हो पनि हुनसक्छ र उसलाई तुरुन्त अस्पताल पनि पर्नेहुन्छ।
बच्चालाई झाडापखाला लागेको बेला औषधीहरु खुवाउँदा धेरै बेफाईदा हुने बिभिन्न अध्ययनले देखाएको छ। तर अभिभावाकहरुले बच्चालाई झाडापखाला लागेको बेला सबैभन्दा पहिला औषधी पसलबाट ल्याएर औषधी खुवाइएको देखिन्छ जबकी हामीहरु झाडापखाला लागेको समयम जीवनजल दिन सल्लाह दिन्छौ।
बच्चालाई झाडापखाला हुँदा उसको शरीरबाट निस्किएको तत्वोहरुको पुर्ती औषधीले गर्नसक्दैन। त्यसैले बच्चा भएको हरेक घरमा जीवनजल हुन जरुरी छ।
यस्तो अवस्थामा धेरै पानी पनि खुवाउनु हुँदैन र औषधी पछी राम्ररी जाँचेर मात्र दिनुपर्छ।
जन्डिस
बर्खायाममा बढी लाग्ने रोगमा जन्डिस पनि पर्छ। जन्डिस एउटा रोग हो, जो शरीरको विभिन्न भागमा पहेँलोपनको रुपमा देखा पर्दछ।प्रदु्षित पानी वा अशुद्ध खानपानका कारण बच्चाहरुलाई जण्डिस लाग्न सक्छ। समयमा खाना नरुच्ने, वाकवाक लाग्ने, ज्वरो आउने, माथिल्लो पेट दुख्ने, कमजोर हुने, थकाई लाग्ने। पिसाव पहेँलो हुँदै जाने, आँखा पहेँलो हुँदै जाने यस्ता विभिन्न लक्षण देखिनासाथ तुरुन्त स्वास्थ्य संस्थामा गई सम्बन्धित विशेषज्ञलाई देखाउनुपर्छ ।
बच्चालाई रोग लागेको थाहा हुनेबित्तिकै चिकित्सकलाई देखाएर र उपचार गरेर मात्रै औषधि प्रयोग गर्नुपर्छ । रोगलाई अनावश्यक सुतेको बाघलाई गएर जुँगा चलाएजस्तो गर्नुहुँदैन । अनावश्यक औषधि सिटामोल पनि खुवाउनुहुदैन।
टाईफाईड
टाइफाइड प्राय गर्मीयाममा आउने एक प्रकारको ज्वरो हो। दुसित पानी र खाद्य पदार्थको सेवनबाट लाग्ने यो रोगका जीवाणुहरु प्राय गर्मी र बर्खायामको समयमा बढी क्रियाशिल हुने गर्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने यो रोगबाट बढीमात्रामा १५ वर्षभन्दा कम उमेरका केटाकेटीहरु प्रभावित हुने गरेको देखिएको छ ।
यो हुँदा रिगाटा लाग्ने, वाकवाकी लागि कसै कसैलाई बान्त पनि हुने, शरीर गल्ने, खान मन नलाग्ने हुन्छ। टाइफाइडको औषधी सेवन गरेपनि तीन दिनसम्म ज्वरो घटदैन् । त्यसैले ज्वरोआई रहयो र कम भएन भने बच्चालाई तुरुन्त नजिकको अस्पतालमा गई रगत परीक्षण गर्नुपर्छ । किनकी रगतको परीक्षण विना टाइफाइड नै हो भनेर किटाण गर्न सकिदैन्।
बच्चालाई ज्वोरो आएपछी गुम्साएर राख्नुपर्छ र हावा छिर्नु दिनुहुदैन भन्ने हाम्रो गलत सोचाई रहेको छ। लुगा धेरै लगाईदिनुको सट्टा बच्चालाई कम लुगा लगाईदिने, झ्यालढोका खुल्ला राख्ने गर्नुपर्छ अनी मात्र उसको ज्वोरो कम हुँदै जान्छ।
भाईरल ज्वोरो
यो मौसममा बच्चाहरुलाई देखिने अर्को रोग हो भाईरल ज्वोरो। घरमा अथवा कतै अरुलाई रुगाखोकी लागेको छ भने बच्चालाई टाढा राख्नुपर्छ किनभने बच्चाहरुको रोगसँग लड्ने क्षमता एकदमै कम हुने गर्दछ जसको कारण उनिहरुलाई रोगले सजिलै समात्न सक्छ।
बच्चालाई साधारण १०० सम्म ज्वोरो छ भने लुगाहरु खोलेर राख्दिने र यदी ज्वोरो बढ्दै गयो भने अस्पताल लानुपर्ने हुन्छ।
( बाल रोग विशेषज्ञ डा टेकेन्द्र कार्कीसँगको अन्तर्वातामा आधारित )