लक्ष्मी चौलागाईं
नेपालमा वार्षिक २ हजार भन्दा बढीको संख्यामा चिकित्सक उत्पादन हुने गर्छन् ।नेपाल मेडिकल काउन्सिलको तथ्यांकमा उल्लेख भएअनुसार हालसम्म नेपालमा करिब ३० हजार चिकित्सक दर्ता भइसकेका छन्। नेपालका विभिन्न २० वटा मेडिकल कलेजले चिकित्सा शिक्षा दिँदै आइरहेका रहेका छन् । यहाँ ती मेडिकल कलेजहरुको संक्षिप्त परिचय, रहेको स्थान तथा विभिन्न मेडिकल कलेजहरुको चिकित्सा अध्ययन सम्बन्धी सिटका बारेमा चर्चा गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित मेडिकल कलेजहरु
१.इन्स्टिच्यूटअफ मेडिसिन महारागन्ज, काठमाडौं
नेपालको राजधानी काठमाडौंमा रहेको मेडिसिन संस्थान नेपालको प्रमुख चिकित्सा संस्था हो । मेडिसिन संस्थानको स्थापना २०२९ सालमा भएको हो । यस संस्थाले हरेक वर्ष ७६ सिटमा एमबीबीएस अध्ययन गराउँदै आएको छ ।
२.युनिभर्सल मेडिकल कलेज,भैरहवा
युनिभर्सल मेडिकल कलेज नेपालको भैरहवा जिल्लामा अवस्थित छ ।यसको स्थापना सन् १९९८ माभएको हो ।यस कलेजले एमबिबिस तथा बीडिएस कोर्सको अध्यापन गराउने गर्छ । उक्त मेडिकल कलेजले वार्षिक १०० विद्यार्थीहरु एमबिबिएस तहमा भर्ना गर्छ । कलेजको एमबीबीएस सिट १५० रहेको छ ।
३.नेशनल मेडिकल कलेज,वीरगन्ज
नेपालको पर्सा जिल्लास्थित वीरगन्जमा रहेको नेशनल मेडिकल कलेज वीरगन्जले एमबिबिएस,मास्टर्स अन पब्लिक हेल्थ,पिसिएस नर्सिङ,बिएसी नर्सिङ लगायतका शैक्षिक कार्यक्रमहरुको सुरुवात गर्दै आइरहेको छ ।नेशनल मेडिकल कलेजको स्थापना सन् २००१ मा भएको हो । यो मेडिकल कलेजले वार्षिक १५० एमबीबीएस गराउँदै आएको छ ।
४.जानकी मेडिकल कलेज,जनकपुर
सन् २००३ मा गुणस्तरीय स्वास्थ्यकर्मीको उत्पादन गर्ने लक्ष्यका साथ धनुषाको जनकपुरधाममा जानकी मेडिकल कलेजको स्थापना भएको हो । कलेजले बिएसी नर्सिङ,व्याचलर अफ मेडिसिन,व्याचलर अफ सर्जरी,पिसीएल नर्सिङलगायत अध्यापन गराउने गरेको छ । जानकी मेडिकल कलेजको एमबीबीएस सिट १०० रहेको छ ।
५.किस्ट मेडिकल कलेज इमाडोल,ललितपुर
ललिपुरको इमाडोलमा रहेको किस्ट मेडिकल कलेज इन्स्टिच्यूटअफ मेडिसिन अन्तर्गत सन् २००६ देखि सञ्चालनमा आइरहेको छ । उक्त कलेजले व्याचलर अफ डेन्टल सर्जरी,व्याचलर अफ मेडिसिन,व्याचलर अफ सर्जरी,एमडी बायोकेमेस्ट्री,एमडी डरमाटोलोजी,एमडी इन्टरनल मेडिसिन, एमडी बायोलोजी लगायत अध्यापन गराउने गरेको छ । यसको एमबीबीएस सिट १३० रहेको छ ।
६.चितवन मेडिकल कलेज भरतपुर,चितवन
चितवनको भरतपुरमा अवस्थित चितवन मेडिकल कलेजले व्याचलर अफ मेडिसिन,व्याचलर अफ डेन्टल सर्जरी,बिएसी नर्सिङ,व्याचलर अफ फार्मेसी, मास्टर्स इन पब्लिक हेल्थ लगायतका कोर्सहरुको अध्यापन गराइरहेको छ ।यसको एमबीबीएस १५० सिट रहेको छ । चितवन मेडिकल कलेजको स्थापना सन् २००६ माभएको हो ।
७.गण्डकी मेडिकलकलेज,पोखरा
गण्डकी मेडिकल कलेजको स्थापना सन् २००७ मा भएको हो । गुणस्तरीय शिक्षा प्रदान गर्ने मुख्य ध्येयका साथ स्थापना भएको यस कलेजले मेडिकल शिक्षाकाविभिन्नविधामाअध्ययनअध्यापन गराउँछ । त्यस्ता शैक्षिक कार्यक्रममाएमबिबिएस,बिडिएस,बिएसीनर्सिङ,बिएनएस,बिएस्सीलगायत छन् । यसको एमबीबीएस सिट ११०रहेको छ ।
८.नेप्लिज् आर्मी इन्स्ट्रियुजअफ,काठमाडौं
नेप्लिज् आर्मी इन्स्ट्रियुज अफ हेल्थ साइन्सेसको स्थापनाविं.सं १९८२ माभएको हो ।प्रथम विश्वयुद्वमा घाइते भएका नेपाली सिपाहीहरुको उपचार गर्ने लक्ष्यले यस अस्पतालको स्थापना गरिएको थियो । विरेन्द्र सैनिक अस्पतालका रुपमायसले प्रदानगर्ने सेवालाई विस्तार गरिएको छ । यसको एमबीबीएस सिट १५० रहेको छ ।
काठमाडौं विश्वविद्यालय अन्तर्गत सञ्चालित
१.कलेजअफ मेडिकल साइन्सेस,
भरतपुर कलेज अफ मेडिकल साइन्सेस नेपालको चितवन जिल्लास्थित भरतपुरमा अवस्थित छ । यस कलेज प्रत्येक वर्ष एमबिबिएसमा १००जना विद्यार्थीको कोटा राख्ने गर्छ । सन् १९९३ माकलेज अफ मेडिकल साइन्सेसको स्थापना भएको हो ।एमबीबीएस सिट १५० रहेको छ ।
२.नेपालगन्ज मेडिकल कलेज चिसापानी,
नेपालगन्ज नेपालगन्ज मेडिकलको स्थापना सन् १९९७ मा भएको हो । सुविधा सम्पन्न भौतिक पूर्वाधार भएको नेपाल मेडिकल कलेजको एमबीबीएस सिट १५० रहेको छ । नेपालगञ्ज मेडिकल कलेजले पिजी,नर्सिङ तथा एमबीबीएस अध्ययन गराउँदै आएको छ । पश्चिम नेपालमै पहिलो पटक कलेजो सम्बन्धी डि.एमविशेषज्ञ सेवा नेपालगञ्ज मेडिकल कलेज अन्तर्गतको अस्पतालमा सुरु भइसकेको छ ।
३.काठमाडौं मेडिकल कलेज सिनामंगल,काठमाडौं
काठमाडौं मेडिकल कलेजले भक्तपुर र सिनामंगल गरी दुई स्थानबाट सेवालाई विस्तार गरेको छ । सबैलाई हुने काठमाडौंको रिङ रोडमा रहेको काठमाडौं मेडिकल कलेज सन् १९९७ मा स्थापना भएको हो । काठमाडौ मेडिकल कलेजमा एमबिबिएसमा वार्षिक १५० जनाको कोटा रहेको छ ।
४.नेपाल मेडिकल कलेज जोरपाटी, काठमाडौं
काठमाडौंको जोरपाटीस्थित अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजको सन् १९९७ मा स्थापनाभएकोहो । यो मेडिकल कलेज निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेज हो ।व्याचलर अफ डेन्टल सर्जरी,व्याचलर अफ मेडिसिन, व्याचलर अफ सर्जरी,व्याचलर अफनर्सिङ लगायतको पढाई नेपाल मेडिकल कलेजमाहुने गरेको छ ।यहाँको एमबीबीएस सिट १५०रहेको छ ।
५.काठमाडौं युनिभर्रसिटी स्कूल अफ मेडिकल साइन्सेस धुलिखेल
काठमाडौं युनिभर्रसिर्टी स्कूल अफ मेडिकल साइन्सेस, धुलिखेल मेडिकल तथा नर्सिङ क्षेत्रको अध्यापन गराउने गरेको छ । सन् १९९४ मा स्थापना भएको उक्त मेडिकल कलेज धुलिखेलमा अवस्थित छ । उक्त कलेजले एमबिबिएस,व्याचलर अफ डेन्टल सर्जरी,बिएस्सी ह्युमनबायोलोजी,बिएस्सी नर्सिङ लगायतको अध्यापन गराउँदै आएको छ ।यहाँको एमबीबीएस सिट १५० रहेको छ ।
६.लुम्बिनी मेडिकल कलेज तानसेन,
पाल्पा नेपालको पाल्पा जिल्लामा अवस्थित लुम्बिनी मेडिकल कलेज काठमाडौंबाट ३०० किलोमिटरको दूरीमा पर्छ । ६०० बेड संख्यामा सञ्चालित लुम्बिनी मेडिकल कलेजको स्थापना विं.सं २०६३ सालमा भएको हो।यहाँको एमबीबीएस सिट १२० रहेको छ ।
७.नोबल मेडिकल कलेज,विराटनगर
सन् २००४ मा स्थापना भएको नोबल मेडिकल कलेज अन्तर्राष्ट्रिय स्तरको संस्था हो । यस कलेजले एमबिबिएस,बिडिएस,बिएस्सी नर्सिङ,बिएनएस,पिसिएल नर्सिङ लगायतका कोर्स सञ्चालन गरेको छ । अध्यापन क्षेत्रमा तथा अन्यमा गरी करिब १३०० कर्मचारीहरु यस मेडिकल कलेजमा कार्यरत छन् । यहाँको एमबीबीएस सिट १५० रहेको छ ।
८.मनिपाल मेडिकल कलेज अफ मेडिकल साइन्सेस,पोखरा
मनिपाल मेडिकल कलेज निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेज हो । मनिपाल मेडिकल कलेजमा वार्षिक १५० एमबिबिएस सिट रहेको छ । यो सन् १९९४ मा स्थापना भएको हो । यस मेडिकल कलेजमा एमबिबिएस,बिएसी नर्सिङ,पिसिएल नर्सिङ,लगायतको पढाइ हुन्छ ।
सरकारी तवरबाट सञ्चालित मेडिकल कलेज
१.बी.पीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
बी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वशासित स्वतन्त्र विश्वविद्यालय हो । यो सुनसरी जिल्लास्थित धरान नगरपालिकामा सन् १९९३ मा स्थापना भएको हो । सन् १९९४ देखि प्रतिष्ठानले एमबीबीएसको कक्षा सञ्चालन गर्दै आइरहेको छ । प्रतिष्ठानको शैक्षिक कार्यक्रम विश्वविद्यालय संगठनले प्रकाशित चिकित्सा अध्ययन संस्थान सम्बन्धी निर्देशिकामा दर्ता गरिएको छ। प्रतिष्ठानमा डीएम कार्डियोलोजी,डीएम ग्यास्ट्रोइनटेरोलोजी एण्ड हेपाटोलोजी,डीएम पल्मोनोरी,डीएम न्योनाटोलोजी,एमसीएच युरोलोजी,एमसीएचजीआइ सर्जरी,फेलोसिपइन इमर्जेन्सी मेडिसिन,एमडी इन हस्पिटल एडमिनिष्टे«सन लगायतका कोर्सहरुमा पढाइ हुन्छ । यहाँको एमबीबीएस सिट १०० रहेको छ ।
२.चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठान
न्याम्स चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना चिकित्सा विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्ने कामका लागि गरिएको हो । विं.सं २०६३ सालमा स्थापना गरिएको यस प्रतिष्ठानको मुख्य कार्यालय काठमाडौंमा रहेको छ । वीर अस्पताल सन् २००३ पश्चात् चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित छ । चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको अध्यापन हुँदैन । यहाँ एमडी मात्रै पढाइ हुने गरेको छ ।
३. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान विं.सं २०६४ मा स्थापनाभएको एक गैर नाफामुलक संस्थाहो । यो संसदले पारित गरेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन,२०६४ अनुसार शैक्षिककार्यक्रम सञ्चालनकालागिअनुमतीपाएको स्वचालित संस्थाहो ।यहाँको एमबीबीएस सिट ५० रहेको छ ।