मोटोपना अहिलेको समयमा आएर एउटा बिकराल समस्या बनेको छ। चाहिने वजन भन्दा बढी बोसो शरीरमा जम्मा भएमा यसलाई मोटोपन भएको मानिन्छ। BMI १८ देखी २४ सम्मलाई साधरन वजन भनेर भनिन्छ। २५-३० BMI भएकोलाई अत्याधिक वजन भएको मानिन्छ। ३० भन्दा माथि BMI लाई हामी ज्यान जान सक्ने मोटोपना भनेर भन्छौ।
महिलाहरु बिहेपछि मोटाउनुको कारण?
- यसको कुनै ठेट कारण देखिएको छैन तर पुरुषको दाँजोमा महिलालाई नै धेरै मोटोपनाले सताउने गर्दछ। महिलाहरुले बिहेपछी आफ्नो पतिको वा कर्मघरको मान्छेको बढी सेवा गर्ने जसको कारण उनिहरुले आफ्नो शरीरको राम्ररी हेरबिचार गर्न पाउदैनन्। बिहेपछी महिलाहरु बढी आत्माबिश्वासी बन्ने र आफ्नो जिउडाल र सुन्दरताको मामिलमा कम महत्वो दिने गरेकाले पनि शरीर मोटाउदै जाने गरेको बुझिन्छ।
मोटोपनाले निम्त्याउन सक्ने खतरा
- राती घुर्ने समस्या जसले आस्थमा जस्तो रोग निम्ताउन सक्छ
- मधुमेह - मुटुको समस्या
- घुडाँ दुख्ने समस्या
- मस्तिस्कघात हुने
- हृदयघात
- म्रिगौलामा समस्या
- क्यान्सर
- मानसिक रोगी मोटोपनाले महिलामा निम्ताउन सक्ने थप समस्या
- महिनावारीको गडबडी - महिनावारीमा अत्याधिक रगत बग्ने
- निसन्तान हुने सन्भावना बढेर जाने
मोटोपनाबाट बच्ने उपाय
१- सन्तुलित भोजन खानेकुरालाई सबैभन्दा ध्यान दिनुपर्ने हुन्छ मोटोपनामा। सकभर जंक फुड नखाने, कोल्ड ड्रिन्क्स नपीउने त्यसको सट्टा ताजा फलफुल, हरियो सागसब्जी खाने र माछामासुको एकदमै कम सेवान गर्ने।
२- व्यायाम व्यायाम हामीहरुलाई फिट रहनुलाई एकदमै जरुरी कुरा हो अझै मोटोपना भएको मानिसलाई यसको एकदमै आवश्यक हुन्छ। लिफ्टको सकेसम्मा प्रयोग नगर्ने , सजिलै जान सकिने ठाउँमा हिंडेरै जाने गर्नुपर्दछ।
३- औषधी मोटोपना औषधी खाएर पनि घटाऊन सकिन्छ तर यसको असर औषधी खाएपछी मात्र हुने गर्दछ। धेरै महिनासम्मा औषधी खाईसकेपछी मात्र ५-१० प्रतिसत वजन घट्ने हुन्छ।
४- बेरियाट्रिक सर्जरी १५-२० बर्ष को अवधिमा मोटोपनाको अप्रेसन बिधीहरु पनि आईरहेका छन् जसले गर्दा मानिसको वजन कम हुनेगर्दछ। त्यसमध्ये बेरियाट्रिक सर्जरी पनि एक हो।
यो सर्जरीमा बोसो काटेर फालिन्छ भन्ने मानिसहरुको एकदमै गलत बुझाई छ। यो सर्जरिमा आन्द्रामा केही अप्रेसन गरिन्छ जसले गर्दा मानिसमा वजन कम हुँदै जान्छ। अहिले सम्मको अध्ययन अनुसार बेरियाट्रिक सर्जरी सबैभन्दा राम्रो फरक पार्ने मोटोपनाको अपरेसन हो। तथापी यो भन्दैमा हामीले मानिसहरुलाई सिधै अप्रेसन गर्ने सल्लाह दिदैनौ। सबैभन्दा पहिला खानेकुरा र जीवनसैलेमा परिवर्तन गर्न जरुरी छ। र यदी यो तरिकाले केही फरक परेन र मोटोपनाले गर्दा अरु खतरा निम्तिने स्थिती आयो भने मात्र बेरियाट्रिक सर्जरी उपयुक्त सर्जरी हो।
बेरियाट्रिक सर्जरीको फाईदा
- एउटा सुगर भएको मानिसले यो अप्रेसन गर्दा उसको सुगरको औषधी खानुनपर्ने अवस्था आउन सक्छ।
- ६०-७० प्रतिसत मानिसहरुमा उच्च रक्तचाप हराएर जाने हुन्छ।
- राती घुर्ने समस्या ९० प्रतिसत मानिसहरुमा ठीक हुन्छ।
- यो अप्रेसन पस्चात मानिसको आयु १०-१५ बर्ष बढ्ने अध्यनले देखाएको छ।
बेरियाट्रिक सर्जरीको बेफाईदा
- यो अप्रेसन आन्द्रामा गर्ने भएकोले रगत धेरै जान सक्छ तर यो खतरा १-२ प्रतिसत मात्र हुने गर्दछ। सर्जरी पछी के गर्नुपर्छ?
- डाक्टरसँग नियमित संम्पर्कमा बस्ने
- डाक्टरले भनेको खानेकुरा र जीवनशैलीलाई अपनाउने नत्र यो अप्रेसन गरेको केही फाईदा हुँदैन।
सल्लाह/सुझाब
मोटोपनाले गर्दा धेरै किसिमको रोगहरु निम्तिने गर्दछ र मोटोपना आँफैमा पनि एउटा रोग हो जसले हाम्रो जीवनशैलीलाई धेरै प्रभाब पारीरहेको हुन्छ। त्यसैले मोटोपनासँग नलजाई यसको उपचार गर्न अगाडि बढ्नुपर्छ।