भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस आज शुक्रवार विश्वभर मनाईंदै छ । हरेक वर्ष फेब्रुअरी १४ मा विश्वभर यो दिवस मनाउने गरिन्छ ।
पश्चिमा देशमा विशेष रुपमा मनाइने यो दिवस पछिल्लो समय नेपाली युवामाझ पनि लोकप्रिय बन्दै गएको छ । इटालीका तत्कालीन शासक क्लाउडियसको तानाशाहीविरुद्ध उत्रिएका सेन्ट भ्यालेनटाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा यो दिवस मनाउन गरिएको बताइन्छ । विशेषगरी यो दिन मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने र आफ्ना प्रियजन तथा आफन्तलाई उपहार दिने गरिन्छ ।
गाउँघरमा भन्दा शहरी क्षेत्रमा प्रणय दिवसको चर्चा बढी हुन्छ । गुलाबको फूल दिएर प्रेम अभिव्यक्त गर्ने भएकाले यो दिन फूलको कारोबार बढी हुने व्यवसायीले बताएका छन् ।
कसरी सुरुवात भयाे भ्यालेन्टाइन डे काे ?
अहिले विश्वभर युवा युवतीले विशेष महत्वका साथ मनाउने भ्यालेन्टाइन डे अर्थात प्रणय दिवासका बारेमा विभिन्न किम्बदन्ती पाइन्छ । यो दिवसको सुरुवात प्राचिन रोमनबाट सुरु भएको हो ।
मध्य युगमा इंग्ल्याण्ड र फ्रान्समा १४ फेब्रुअरीका दिनदेखि चराले आफ्नो जोडीको खोजी गर्न सुरु गर्ने तथा प्रेममा लिप्त भएर सम्भोग गर्छन् भन्ने धारणा थियो ।
यस्तै, प्राचिन रोमनमा महिला र विवाहकी देवीलाई सम्मान गर्दै यो दिन उत्सव मनाउने गरिन्थ्यो भन्ने किम्बदन्ती छ । यी यस्तै धेरै किम्बदन्तीको संयुक्त प्रभावबाट प्रेम दिवसको सुरुवात भएको बताइन्छ ।
विशेष गरी भ्यालेन्टाइन डे को औपचारिक सुरुवात इस्वी सम्वत २६९ रोमनबाट सुरु भएको हो । यो दिवससँग एउटा दुखान्त प्रेम कथा जोडिएको छ । तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितियले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लाएका थिए ।
प्रेम तथा विवाहले सैनिक कजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लाउडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए ।
तर, सम्राटको नियम मन नपराउने मध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए । उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे ।
जेलमा रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिबिहीन छोरीसँग माया बस्यो । आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले लभ फ्रम योर भ्यालेन्टाइन भन्ने हस्ताक्षरसहितको प्रेम पत्र आफ्नी प्रेमिका अथार्त जेलरकी छोरीलाई दिएका कथन छ ।
उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकार गरेका थिए । उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । यही दिनको सम्झनामा सन्त भ्यालेन्टाइने प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो ।
भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दुई सय २९ वर्षपछि सन् ४९८ मा इसाइ धर्मगुरु पोप जेलासिएसले भ्यालेन्टाइनको सम्झनामा दिवस नै मनाउने घोषणा गरे । त्यसपछि इंग्ल्याण्ड र फ्रान्स हुँदै पछिल्लोसमय विश्वभर १४ फेब्रुअरीलाई भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको रुपमा मनाउने गरिएको छ ।
धेरै युवा–युवतीले भ्यालेन्टाइन डेलाई आफ्नो प्रेम व्यक्त गर्ने मौसमका रुपमा बुझ्छन्। यदि तपाईं पनि यो अवसरमा आफ्नो प्रेम व्यक्त गर्न चाहानुहुन्छ भने मन परेको मायालुलाई प्रेम प्रस्ताव राख्ने सही तरिका जान्नु जरुरी हुन्छ । जो निम्नानुसार छन्-
– जून दिन तपाईले उनी (प्रेमिका वा प्रेमी)लाई प्रपोज गर्नुछ त्यसको केही दिन पहिला एक फेक ईमेल आईडीबाट केही सन्देश पठाउनुस् । जसमा आजको पाँच दिनपछि तिमीलाई एउटा सरप्राइज मिल्दैछ भनेर लेख्नुस्।
– आफ्नो कलेज वा अफिसको क्यान्टिनमा उनलाई पनि सँगै लगेर जानुस् । र पहिला नै क्यान्टिनमा काम गर्ने वेटरलाई बताउनुस् कि उनी मेरी प्रेमी अथवा प्रेमिका हुन । उनले अर्डर गरेको बिलमा एउटा पेपरमा आफ्नो प्रपोज सन्देश लेखेर टेबलमा पठाउन सक्नुहुन्छ।
– आफ्नो र उनको तस्वीरको एक कोलाज बनाएर उनीमाथि एक रोमान्टिक जस्तो म्यासेज लेख्नुहोस् र पठाउनेको नाममा ‘भगवान चाहन्छन यो जोडी बनोस्’ लेख्नुस् । र यसलाई आफूले प्रस्ताव राख्दा (प्रपोज गर्दा) पनि दिनुहोस्।
– जसलाई तपाई मन पराउनुहुन्छ, उनलाई प्रपोज गर्दै एक भिडियो बनाउनुस् र त्यसलाई यूट्यूबमा पोस्ट गर्न सक्नुहुन्छ । फेरि त्यसको लिंकलाई उनको मेलमा पठाउन सक्नुहुन्छ।
–-एक सेतो टिसर्टमा एउटा आकर्षक म्यासेज लेख्नुस् । जस्तै ‘आई लभ यू’ वा अरु केही जे भन्न चाहनुहुन्छ त्यही प्रिन्ट गराउनुहोस्। त्यसको माथि एक सट लगाएर छोप्नुहोस । आफूले मन पराउने व्यक्तिलाई एकान्तमा बोलाउनुहोस्, मुस्कान छोड्दै सर्ट खोल्नुहोस् र टीसर्ट देखाइदिनुस्।