काठमाडौं । केही समय अगाडि हृदयघातको समस्या ५० वर्ष नाघेका मानिसहरुमा मात्रै देखा पर्ने गथ्र्याे। ‘ट्रान्सफ्याटलाई खराब खालको चिल्लोको रुपमा लिइन्छ । यसलाई ट्रान्सफ्याट्टी एसिड पनि भनिन्छ । मुख्यतः खानामा दुई किसिमको ट्रान्सफ्याट पाइन्छ । प्राकृतिक ट्रान्सफ्याट र कृत्रिम ट्रान्सफ्याट ।
प्राकृतिक ट्रान्सफ्याट जनावरको रातो मासु, दूध, घिउ आदिमा पाइन्छ । जनावरबाट उत्पादन हुने ट्रान्सफ्याट थोरै मात्रामा हुने भएकाले ठिक्क प्रयोग गर्दा हानि हुँदैन । कृत्रिम ट्रान्सफ्याट हाइड्रोजन र वनस्पति तेलको मिश्रणबाट कारखानामा बनाइन्छ । यसको थोरै प्रयोगले पनि मानिसको शरीरमा हानि पु¥याउँछ । यो कोठाको सामान्य तापक्रममा जम्ने गर्छ । फ्याट अर्थात् फ्याटी एसिड दुई किसिमका हुन्छन्– स्याचुरेटेड र अनस्याचुरेटेड । तेललाई जति धेरै तताइन्छ स्याचुरेटेड फ्याट त्यति धेरै वृद्धि हुँदै जान्छ । घिउ, बोसोमा भने नतताईकन नै थोरै मात्रामा स्याचुरेटेड फ्याट हुन्छ ।
अहिले अनस्याचुरेटेड फ्याट पनि दुई किसिमको हुने कुरा पत्ता लागेको छ । एउटा पोली अनस्याचुरेटेड फ्याटी एसिड र अर्को मोनो अनस्याचुरेटेड फ्याटी एसिड । मोनो अनस्याचुरेटेड पनि दुई किसिमको हुने गर्छ । एउटा ट्रान्सफ्याट र अर्को सिस फ्याट । यसमध्ये पनि ट्रान्सफ्याट धेरै हानिकारक छ । ट्रान्सफ्याट मिसिएका खाना खाँदा त्यसले मानिसको मुटु, रक्तनली र मस्तिष्कमा गम्भीर असर पु¥याउने गरेको र यसले मानिसको मृत्युदर बढाउन थालेको अनुसन्धानबाट पाइएकोले ट्रान्सफ्याटलाई प्रतिबन्ध लगाउने अभियान विश्वभर शुरु गरिएको हो ।
पहिला हामी अनस्याचुरेटेड फ्याट वा तेलहरुलाई राम्रो भन्थ्यौँ । यही तेलहरुमध्ये नै एक किसिमको तेल (वनस्पति तेल) मा ट्रान्सफ्याट धेरै हुन्छ । वनस्पति तेल (तोरी, सूर्यमुखी, भट्मास, मकै आदि) मा हाइड्रोजन ग्यास मिसाएर हाड्रोजेनेसन (Hydrogenation) गरेपछि तेल अलि बाक्लो हुन्छ । अझ धेरै हाइड्रोजन मिसाएपछि तेल जम्छ, जसलाई वनस्पति घिउ (डाल्डा) भन्ने गरिन्छ । यो घिउ निकै खराब हुन्छ । त्यसमा ट्रान्सफ्याट धेरै हुन्छ । वनस्पति घिउमा ३५ देखि ४५ प्रतिशतसम्म ट्रान्सफ्याट भएको पाइन्छ । यो भनेको मानव स्वास्थ्यका लागि निकै खराब हो ।
यसले स्वास्थ्यमा प्रत्यक्ष हानि पु¥याउँछ । यसको तुलनामा प्राकृतिक स्रोतबाट प्राप्त हुने ट्रान्सफ्याटको अनुपात निकै कम हुन्छ । रातो मासुमा ५ देखि १० प्रतिशतसम्म ट्रान्सफ्याट हुन्छ । दूध, दही, घिउमा एक–दुई प्रतिशत मात्र ट्रान्सफ्याट हुन्छ, जसलाई खानु सुरक्षित मानिन्छ ।
ट्रान्सफ्याट धेरै भएको खानेकुरा खाएपछि यसले मानिसको शरीरमा कोलेस्ट्रोलको सन्तुलनमा गडबडी ल्याउँछ । फाइदा गर्ने कोलेस्ट्रोल (HDL) घटाउँछ र खराब गर्ने कोलेस्ट्रोल (LDH) चाहिँ बढाउँछ । अहिलेसम्म पत्ता लागेअनुसार वृद्धि भएको यही कोलेस्ट्रोल जमेर धमनीमा अवरोध गर्छ र हृदयघात हुन्छ । धमनीमा अवरोध भएपछि रक्तचाप पनि बढ्छ, जसका कारण स्ट्रोक (मस्तिष्क घात) पनि हुन सक्छ र हृदयघात पनि हुन सक्छ ।
ट्रान्सफ्याटयुक्त तेल खानै नहुनेचाहिँ होइन, पूरा तेलको २ प्रतिशतभन्दा कम ट्रान्सफ्याट भएको तेल खाँदा हुन्छ । कारखानामा बनाइएको बाक्लो तेल वा डाल्डा घिउमा ४५ प्रतिशतसम्म ट्रान्सफ्याट हुने भएकोले यो स्वास्थ्यका लागि धेरै हानिकारक मानिन्छ । त्यसकारण यस्ता तेल–घिउमा बनाइएका मिठाई, सेल, माल्पुवा, ग्वारमरी, पुरी, जेरी, स्वारी, हलुवालगायत अन्य तयारी जंक फूडहरु नखानु नै राम्रो हो । मुटुलाई स्वस्थ राख्नका लागि निम्न कुराहरुमा ख्याल राख्नु पर्दछ।
चुरोट, सुर्ती नखाने
यदि तपाईँ आफ्नो मुटुलाई स्वस्थ राख्न चाहनुहुन्छ भने चुरोट, सुर्ती धूम्रपान नगर्नुहोस् जसको सेवन गर्नाले स्वास्थ्यमा नोक्सानी पुर्याउनका साथ साथै मुटुलाई पनि कमजोर बनाउने गर्छ ।
व्यायाम गर्ने
के तपाईँ चाहनुहुन्छ, आफ्नो मुटुलाई स्वस्थ राख्नका साथसाथै रोगबाट मुक्त गराउन यदि चाहनुहुन्छ भने दिनहुँ व्यायाम गर्ने गर्नुहोस् जसले गर्दा मुटु स्वस्थ हुनका साथ साथै अन्य रोगहरूबाट पनि छुटकारा मिल्दछ।
फलफुल तथा सागपात खाने
यदि तपाईँ आफ्नो शरीरको महत्त्वपूर्ण अङ्ग मुटुको सुरक्षा गर्नका साथै यसलाई स्वस्थ राख्न चाहनुहुन्छ भने फलफुल तथा सागपात खाने बानी बसाल्नुहोस् ।
जसले तपाइँको मुटुलाई स्वस्थ राख्दछ। दैनिक ६–८ घण्टा सुत्ने अधिकांश मानिसहरू बढी आराम पाउनका लागि बढी सुत्ने गर्छन् । तर बढी सुत्नु स्वास्थ्यको लागि उपयुक्त हुँदैन ।त्यसैले दैनिक ६–८ घण्टा सुत्ने बानी बसाल्नुहोस् ।
मोटोपन घटाउने
यदि तपाईँ बढी नै मोटो हुनुहुन्छ भने यो तपाइँको स्वास्थ्यको लागि उपयुक्त रहदैन् जसको असर मुटुमा पनि पर्ने गर्छ त्यसैले मुटु स्वस्थ राख्नका लागि तपाइँको मोटोपना घटाउन पनि आवश्यकता छ।