आर्थोस्कपिक प्रविधि के हो ?
आर्थो भनेको जोर्नी र स्कोपि भनेको क्यामेरा वा दुर्बिनको साहाराले हेर्नु, त्यसैले क्यामेरा वा दुर्बिनको साहाराले सानो प्वाल पारेर जोर्निको रोगको निदान तथा उपचार गर्ने विधीलाई आर्थ्रोस्कोपी प्रविधी भनिन्छ ।
यसमा तलिम प्राप्त आर्थ्रोस्कोपिक सर्जनले पेन्सिल जत्रो भिडियो क्यामेराजडित दुर्बिन जोर्नीमा सानो प्वाल परेर छिराइ सम्पूर्ण जोर्निको समस्या निदान गरी उपचार गर्ने गर्छन् ।
आर्थोस्कपिक प्रविधीबाट कुन-कुन रोगको उपचार गर्न सम्भव छ?
आर्थोस्कपिक प्रविधीद्वारा मानव शरीरमा भएको जोर्नीहरु जस्तै, घुँडा, कुम, कुहिनो, नितम्ब, खुट्टा र नाडीको जोर्नि भित्रको रोगको निदान र उपचार गर्न सम्भव हुन्छ ।
नेपालमा भने घुँडाको र कुमको उपचारमा यो प्रविधिको प्रयोग हुने गरेको छ । यस प्रविधिद्वारा मुख्यतया जोर्नीको दुई प्रकारका समस्याहरुको उपचार गरिन्छ ।
घुँडाको जोर्नी
लिगमेन्ट (जस्तै ए सि एल वा पि सि एल वा दुबै) च्यातिएर घुँडाले भर नपाउने भएमा
कुर्कुरे हड्डी च्यातिएर दुख्ने वा अड्किने अवस्था भएमा
जोर्निको झिल्ली सुनिएको वा पाकेको अवस्थामा
जोर्नी भित्र अनावश्यक फोहोरहरु (जस्तै हड्डि वा कुकुरे हइडिको टुक्रा वा बहिरबाट जोर्निमा अनावस्यक बस्तु छिरेमा) जम्मा भएको अवस्थामा
फ्याक्चर वा चोट पटक लागेमा
कुमको जोर्नि
पटक-पटक कुमको जोनी खुस्किने समस्या भएमा
जोर्नीलाई चलाउने मासंपेशी च्यातिएर कुम चलाउन नमिल्ने अवस्था भएमा
जोर्नी जाम हुने समस्या भएमा वा इम्पिन्जमेन्ट सिन्ड्रोम भएमा
जोर्नीको झिल्ली सुनिएको वा पाकेको अवस्थामा
जोर्नीभित्र अनावश्यक फोहोरहरु (जस्तै हड्डी वा कुर्कुरे हड्डिको टुक्रा वा बहिरबाट जोर्नीमा अनावश्यक वस्तु छिरेमा) जम्मा भएको अवस्थामा
कुहिनोको जोर्नि
जोनी जाम हुने वा अड्किने समस्या भएमा
जोनी भित्र अनावस्यक फोहोरहरु (जस्तै हड्डी वा कुकुरे हडिको टुक्रा वा बाहिरबाट जोर्निमा अनावश्यक वस्तु छिरेमा) जम्मा भएको अवस्थामा
जोर्नीको झिल्ली सुनिएको वा पाकेको अवस्थामा
फ्याक्चर वा चोट पटक लागेमा
नितम्बको जोर्नि:
जोर्नीभित्र अनावश्यक फोहोरहरु (जस्तै हड्डी वा कुकुरे हडिको टुक्रा वा बहिरबाट जोर्नीमा अनावश्यक वस्तु छिरेमा) जम्मा भएको अवस्थामा
जोर्निको झिल्ली सुनिएको वा पाकेको अवस्थामा
जोर्नीको कुर्कुरे हड्डी च्यापिने वा फाटेर (फिमोरोएसिटाबुलर इम्पिन्जमेन्ट) जोर्नी दुख्ने भएमा
जोनी अड्कने वा बज्ने समस्या भएका
फ्याक्चर भई चोटपटक लागेमा
खुट्टाको जोर्नी
जोर्नीभित्र अनावस्यक फोहोरहरु (जस्तै हड्डि वा कुकुरे हड्डिको टुक्रा वा बहिरबाट जोर्नीमा अनावश्यक वस्तु छिरेमा) जम्मा भएको अवस्थामा
जोर्नीको झिल्ली सुनिएको वा पाकेको अवस्थामा
लिगामेन्ट च्यातिएर पटक-पटक एन्कल स्प्रैन भएमा
जोर्नीको हड्डी वा कुकुरे हड्डी च्यापिने वा दुख्ने भएमा
नाडीको जोर्नी
लिगामेन्ट च्यातिएर आवाज आउने साथै नाडी दुख्ने भएमा
कुकुरे हड्डी (टि एफ सि सि ) च्यातिएर नाडी दुख्ने
फ्राक्चर वा चोट पटक लागेमा
आर्थोस्कपिक प्रविधीको फाइदाहरु
यो प्रविधिमा दुर्बिनको साहारा लिइने भएकोले सानो प्वाल वा छालाको खत सानो हुनु, घाउ पाक्ने समस्या कम हुनु र अस्पताल बसाइ छोटो हुन्छ । यो प्रविधीमा सानो दुर्बिनको साहारा लिई उपचार गरिने भएकोले जोर्नीको सम्पूर्ण समस्या निदान तथा उपचार गर्न सकिन्छ।
आर्थोस्कपिक उपचार विधी कतिको महँगो छ
यो प्रविधी तालिम प्राप्त सिमित आर्थ्रोस्कोपिक स्पोर्ट्स सर्जनले गर्ने भएकोले र सानो प्वाल बनाइ दुर्बिनको सहाराले गरिने भएकोले चिरफार गरेर गरिने विधी भन्दा निकै महँगो हुन्छ । यसमा प्रयोग हुने ९प्लेट स्क्रु तथा धागो० हरु अरुको तुलनामा महँगो पर्न जान्छ ।