एजेन्सी । विश्वमा पछिल्लो २४ घण्टाभित्र १४ लाखभन्दा बढी कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् ।
एकै दिन विश्वभर १४ लाख २२ हजार सात सय २२ जना नयाँ बिरामी थपिएका हुन् । यो सङ्ख्या केही समययताकै निक्कै कम हो । कोरोना महामारी उत्कर्षमा पुगेका बेला विश्वमा दैनिक ४० लाखभन्दा बढी सङ्क्रमित थपिने गरेका थिए ।
त्यो सङ्ख्या घटेर १४ लाख हाराहारीमा झरेको हो । कोरोना महामारीले भयावह बनाएको विश्वकै अवस्था दैनिक सङ्क्रमण घट्न थालेपछि सामान्यतर्फ उन्मुख हुँदै छ । विश्वमा हालसम्म ४१ करोड ३७ लाख ३१ हजार ८१ जनामा कोरोना पुष्टि भइसकेको छ ।
सङ्क्रमितमध्ये ३३ करोड ५४ लाख ९४ हजार नौ सय ६३ जना उपचारपछि निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा २५ लाख ४० हजार छ सय ३१ जना कोरोनामुक्त बने । विश्वमा हाल सात करोड २३ लाख ९२ हजार पाँच सय ९२ जना सक्रिय सङ्क्रमित छन् ।
उपचाररत सक्रिय सङ्क्रमितमध्ये ८५ हजार चार सय १६ जनाको अवस्था चिन्ताजनक छ । एकै दिन विश्वमा कोरोनाका कारण सात हजार एक सय ५८ जनाको मृत्यु भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ५८ लाख ४३ हजार पाँच सय २६ पुगेको छ ।
अमेरिकामा ५४ हजार एक सय १८ जना नयाँ बिरामी थपिएका छन् । सङ्क्रमित सङ्ख्या सात करोड ९४ लाख ५४ हजार दुई सय ८५ पुगेको छ । सङ्क्रमितमध्ये पाँच करोड १८ हजार छ सय ४९ जना निको भइसके ।
एकै दिन एक लाख ६४ हजार तीन सय ६६ जना सङ्क्रमणमुक्त बने । अमेरिकामा दुई करोड ८४ लाख ९० हजार दुई सय १३ जना सक्रिय सङ्क्रमितको उपचार जारी छ । उपचाररतमध्ये १५ हजार चार सय २३ जनाको अवस्था गम्भीर छ ।
अमेरिकामा कोरोनाका कारण २४ घण्टाभित्र पाँच सय ९५ जनाको मृत्यु भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या नौ लाख ४५ हजार चार सय २३ पुगेको छ । अमेरिका कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै पहिलो नम्बरमा रहेको मुलुक हो ।
नेपालसँग खुला सीमा रहेको छिमेकी मुलुक भारतमा कोरोनाका २५ हजार दुई सय ६० जना नयाँ बिरामी थपिएका छन् । सङ्क्रमित सङ्ख्या चार करोड २६ लाख ९० हजार सात सय ९४ पुगेको छ । चार करोड १७ लाख ४९ हजार आठ सय ८५ जना उपचारपछि निको हुँदै सामान्य जीवनमा फर्किसकेका छन् ।