प्रायः हामी सबैले बिहान उठ्नासाथ चिया वा कफी पिउँने गर्छौं । यसरी बिहान खाली पेटमा चिया, कफी पिउँदा स्वास्थ्यमा नकारात्मक असर देखा पर्ने गर्छ । त्यसकारण बिहान उठ्ने वित्तिकै खाली पेटमा मन तातो पानी सेवन गर्दा फलदायी हुन्छ । हरेक दिन बिहान खाली पेटमा तीन लिटर पानी पिउनु जरुरी छ।
बिहान खाली पेटमा मन तातो पानी पिउनुका फाइदाहरु :
– कब्जियतबाट मुक्तः
नियमित मनतातो पानी सेवनले पेटमा जम्मा भएका विकारहरुलाई सफा गरिदिन्छ र कब्जियतको समस्याबाट मुक्त बनाइदिन्छ ।
– तौल घटाउनः
दैनिक खाली पेटमा मनतातो पानी सेवनले शरीरको फ्याट पगालिदिन्छ जसले गर्दा सजिलै तौल घट्न मद्दत पुग्छ ।
– संक्रमणबाट बच्नः
मनतातो पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ, चिसो खोकी जस्ता संक्रमणबाट पनि बचाउँछ ।
– एसिडिटीबाट बच्नः
नियमित मनतातो पानी सेवनले शरीरमा एसिडिटिको सम्भावना कम हुँदै जान्छ ।
– छालामा चमक ल्याउनः
दैनिक बिहान उठ्ने वित्तिकै मन तातो पानी पिउँदा छालालाई स्वस्थ बनाई अनुहारमा दाग, डन्डीफोर र चायाँ सम्बन्धि समस्या हराउदै जान्छ ।
– कपाल स्वस्थ बनाउनः
मनतातो पानीले कपालको जरा बलियो र मजबुत बनाई कपाल सुन्दर र लामो बनाउँछ ।
– पेटका विकार हटाउनः
मनतातो पानीले पेटका अनावश्यक विकार र उत्तेजित पदार्थ बाहिर निकाल्न सहयोग गर्छ। शरीरको गतिविधि स्वस्थ बनाउँछ ।
– पेटको दुखाई हराउँछः
नियमित मनतातो पानी सेवन गर्दा पेटको विकार बाहिर आउने हुँदा पेटमा संक्रमण र दुखाईको सम्भावना न्यून हुँदै जान्छ ।