- समृद्धा के.सी.
काठमाडौं- आज आफ्सोच लाग्छ, मैले तिमीलाई भेट्न पाइन । तिम्रो बारेमा केहि समाचारहरु मैले पनि लेखेकी रहेछु, तर ति समाचार लेख्दा तिम्रो पिडालाई मैले महशुस गरेको थिइन । तिमी कति पिडाबाट गुज्रिरहेकी थियौ थाहा नपाइ एकोहोरो समाचार मात्र लेखे।
मैले पनि घरेलु हिंसालाई धेरै नजिकबाट देखेकी छु । पुरुस्वत्व हावी हुँदा महिलाले भोग्नुपर्ने पिडा कस्तो हुन्छ मैले पनि नजिकबाट नियालेको छु । राधा तिमीले शारीरिक र मानसिक हिसां भोगिरहँदा आफु क्यान्सरको तेस्रो चरण पार गरी चौथो चरणमा पुगेको पत्तो पाइनौ ।
वैवाहिक सम्बन्धमा बाधिएपछिको जिवनको कल्पना हरेक महिलाले विवाह अघि नै देखेकी हुन्छिन् । जिवनको हरेक सुख दुखमा साथ रहने बाचा गरेको श्रीमानसँग अझ धेरै आशा राख्नु स्वभाविक नै हो । सायद तिमीले पनि त्यो सपना देखेकी थियौं होला । त्यसैले त घरबाट खोजिदिएको केटालाई सहजै स्विकार गर्दै तिमी विवाह बन्धनमा बाधियौं तर तिमीले बुनेको वैवाहिक सम्बन्ध पछिको श्रीमानसँगको सहयात्राको सपना सपनामा नै सिमित रह्यो ।
विवाहको पहिलो रात सबै महिलाको लागी खास हुन्छ । तर तिमीले त्यहि दिन श्रीमानको हिसां सहनु पर्यो । तिम्रो त्यो पिडा सम्झदा पनि मेरो शरीरभरी काँडा उम्रिन्छन् । तिमीले त्यो हिसां कसरी सह्यौ होला, संसारको कुनै महिलाले यो पिडा भोग्न नपरोस। थाहा छैन राधा मैले तिम्रो पिडाहरुलाई शब्द मार्फत न्याय दिन सकुला वा नसकुला तर मैले तिम्रो ति पिडालाई शब्द मार्फत कोर्ने कोसिस गरेकी छु ।
तिमिले यो संसार छोडेको करीब ४ महिना भयो । आज पनि तिम्रो सम्झनमा तिम्रो परिवार, गाउँ, साथिसंगी सबै शोकमा छन् । पत्रकार जगतका हस्ति किशोर श्रेष्ठ दाई तिम्रो कार्यहरुलाई सम्झिएर तिमीले देखेका सपनाहरुलाई पुरा गर्न तत्पर छन् ।
सच्चै राधा तिमी कस्ति थियौं होला । तर मेरो मनले महसुश गरिएकी एक योद्धा संचारकर्मी राधा हौं । तिमीले जग बसालेर गएको राधा क्यान्सर सचेतना फाउण्डेशनले मलाई यो वर्षको राष्ट्रिय पुरस्कारबाट पुस्कृत गर्दा म निकै उत्साहित थिए । त्यसबेला तिमीलाई मैले धेरै सम्झिए तर मेरो उत्साह र सम्झना भन्दा धेरै टाडा रहेछ तिम्रो पिडाहरु ।
थाहा छैन किन ? राधा तिम्रो नाम र तिम्रो पिडाहरुलाई शब्दमा ढाल्दा मेरा हातहरु कापिरहेका छन् । कतै कुनामा गएर जोरजोर चिच्याएर रुदै मन हल्का गरु जस्तो महशुस भइरहेको छ । किन तिमीले यति धेरै पिडाहरु भोग्नु पर्यो ? सधै अरुको दुःख हेर्न नसक्ने तिमी संञ्चार माध्यमबाटै पनि तिमीले महिला हिंसाकै बारेमा आवाज उठायौ तर किन तिमीले नै ति सबै पिडाहरु भोग्नु पर्यो ।
सो कार्यक्रममा बोल्दै गर्दा राधाका सहकर्मी बालसखा उनकै भाइ प्रकाश बस्यालले भाबुक हुँदै तिम्रो बाचा तिम्रो भाइले पुरा गर्ने कोसिसमा रहेको बताए । प्रकाश बस्याल भन्छन, 'प्रिय दिदि राधा आज तिमि जस्तै मिल्दाजुल्दा सपना देख्ने एउटा चेलिलाई पुस्कृत गरेका छौं । यदि तिमीले कहि कतैबाट नियाली रहेकी छौं भने पक्कै पनि खुसी भएकी छौं होला दिदि !'
वि.स. २०४८ साल फागुन ९ गते कावासेति- ४ छिपछिपेमा बुबा शुभराज बस्याल र आमा खिनादेबि बस्यालको कोखबाट जन्मिएकी राधा बस्यालको सरस्वति माध्यमिक उच्च विद्यालय शिवमन्दिर ९ हसौरामा पढ्दै बाल्यकाल बित्यो । सानै उमेरबाट मायालु र दयालु स्वाभावकी राधा सारै मिलनसार थिइन । सोहि स्कुलका शिक्षक सुरेन्द्र भुर्तेल भन्छन्, 'स्वभावले धेरै मेहेनती थिइन राधा । पढाइ मध्यम भएपनि धेरै मेहेनेती र लगनशिल थिइन । उनी धेरै भाबुक स्वभावकी पनि थिइन, म आज पनि सम्झिन्छु कहिलेकाहि हाम्रो छिमेकी विद्यालय कुमारी निजी तथा शैक्षिक गुठिबाट आउँने टुहुरा बालबालिका हेर्दै उनले भन्थिन सर उनिहरुको पनि बाबामम्मि भइदिएको भए कति राम्रो हुन्थ्यो होला । हाम्रो बाबा मम्मिसँगै देख्दा उनिहरुलाई कस्तो हुन्छ होला ? उनि यस्तै भावुक कुराहरु सुनाउँथिन ।' उमेरले सानै भएपनि उनको स्वभाव अलि पाको थियो । सानैबाट मिलनसार र सहयोगि भावना कि राधा गाउँमा पनि सबैको प्रिय थिइन । कसैको दुःख देख्न नसक्ने उनी हरेक दुखारीको सहयोगि बन्दै गइन । तर कसले अनुमान लगाएको थियो र बिवाहपछि उनले कष्टकर पिडाहरुको सामाना गर्दै मृत्युवरण गर्नु पर्छ भनेर ।
हरेक आमाका लागि आफ्नो सन्तानभन्दा प्रिय यो संसारमा कोहि हुदैन । आमा बुबाले आफुले जत्ति नै दुःख पाए पनि आफ्नो सन्तानले कहिले दुःख भोग्नु नपरोस भन्ने चाहन्छन् । राधाकी आमाले पनि यस्तै सोचेकी थिइन होला तर राधाले माइती घर छाडेपछि सुखको अनुभुति नै गर्न पाइनन् । छोरी बितेको ४ महिना बितिसक्दा पनि आमा उनकै शोकमा छिन् ।
“राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्धको पत्रकारिता पुरस्कार” वितरणको दिनमा पनि सबैबाट अलि पर बसेकी राधाकी आमा कार्यक्रम सुरु नहुँदा देखि नै मलिन अनुहारमा थिइन । उनको मात्र होइन उक्त कार्यक्रममा उपस्थित सम्पुर्णको अनुहारमा नैराश्यता बाहेक अरु केहि थिएन । लाग्थ्यो कि सबै कसैको प्रतिक्षामा छन् सायद प्रतिक्षित व्यक्ति राधा नै थिइन ।
कार्यक्रम संञ्चालन गर्दा कार्यक्रम संञ्चालिका आदणिय लक्ष्मि दिदि लगायत सहभागि सबैले आसु पुछ्दै थिए । जब राधाको जीवनीमा आधारित भिडियो सन्देश आयो सबैको आँखाबाट आशुको भेल नै बग्यो । राधा साच्चिकै तिमी धेरै भाग्यमानि रहेछौं । यसो त राम्रो मान्छेलाई सबैले सम्झन्छन् तर तिमी सम्झनामा मात्र सिमीत छैनौं तिमी हरेकको मन र आँखामा बसेकी रहेछौं । छोटो समयमै भएपनि मैले तिम्रो आफन्तबाट तिमीलाई चिन्ने मौका पाए । तिम्रो घर जाँदा तिमीलाई महसुश गर्न सके कार्यक्रम आफ्नै गतिमा चल्दै गर्दा कतै परबाट हेरेकी छौंकी भनेर यताउता हेरिरहे । तिमीलाई ९ महिना कोखमा राखेर हजारौं पिडाहरुसँग जुध्दै त्यो स्थानसम्म पुर्याउने तिम्री आमा र तिम्रो परिवारले तिमीलाई कति सम्झिन्छन् होला त्यो हामीले सहजै अनुमान लगाउन सक्छौं ।
जीवनको त्यो अन्तिम पल मृत्युसँग लडीरहँदा पनि आफुले भोगेको पिडा अर्की महिलाले भोग्नु नपरोस् भनेर साहसका साथ बढाएका ति कदमले तिमिलाई आज जीवन्त राखेको छ ।
एक दशक लामो पत्रकारिता पेशामा आवद्ध रहेर काम गरेकी राधाले काठमाडौंको न्यूरोडमा रहेको हनुमान ढोका सहकारीका ब्यवस्थापक अस्मिन भट्टराईसँग २०७४ साल फागुन ३० गते लगनगाँठो कसेक थिइन । जीवन सारथिका रुपमा सँगै मर्ने बाच्ने कसम खाएका श्रीमानले बिवाह भएकै दिन देखि नै राधा माथी शारीरीक र मानसिक यातना दिए।
बिहे गरेकै केही दिनमा श्रीमानको असली रूप राधा थाहा पाइन्। उनको श्रीमानले बुबाआमाको करमा बिहे गरेको भन्दै मानसिक र शारीरिक रूपमा चरम यातना दिन थाले । श्रीमानको कुटाईबाट थलापरेकी राधा विसन्चो भएपछि अस्पताल पुगीन् । उनलाई छाती (स्तन) मा दुख्थ्यो । अस्मिनले राधाको छातिमा लात्ति प्रहार गरेछन् । स्तन दुख्नेक्रम नरोकिए पछि जाचँ गर्दा स्तनमा गिर्खा देखिए । त्यसपछि उनको शल्यक्रिया गर्नुपर्ने भयो । डाक्टरले बायोप्सीका लागी पठाए । बायोप्सी रिपोर्टमा राधालाई क्यान्सर भएको पुष्टि भयो । यो उनको परिवारले कल्पना समेत गरेको थिएन् ।
प्रकाश भन्छन्,'हामी छाँगाबाट खसेजस्तै भयौ । रिपोर्ट आइसक्दा पनि हामीलाई पत्यार लागिरहेको थिएन । एकातिर हिंसा अर्को तर्फ क्यान्सर यो सुन्दा हामी माथी आकास नै खसेजस्तो भयो । क्यान्सर भएको विश्वास नगरेका हामीले पुन निक्र्यौल गर्न दिदीलाई उपचारका लागि भारतको दिल्ली लग्यौ । तर नतिजा बद्लिएन, उनी क्यान्सरको चौथो स्टेजमा पुगिसकेकी रहेछिन्।' राधालाई दिल्ली लिएर जानुभएका बुवा मुर्छीत हुनुभयो । बुवा समालीदै हुनुहुन्थ्यो, केही थाहा नपाएकी मेरी दिदी किमो सुरु गर्ने भन्नासाथ चिच्चाएर बुवालाई अंगालो हालेर मरे पनि म आमाकै काखमा मर्छु भनेर रोइकराई गरिछन् । बुवाले दिदीलाई सम्झाउदै किमो लगाएपछि निको हुने आश्वासन दिए । त्यसपछि दिदी किमो लगाउन राजी भईन ।
त्यसपछि विगत दुई बर्षसम्म भारतको राजिव गान्धि क्यान्सर अस्पतालमा तिन तिन महिनामा फलोअप गर्ने क्रम चलीरहेको थियो । राधा मृत्युको शैयामा छट्पटाइ रहँदा उनको श्रीमानसँग सम्बन्ध विच्छेदको मुद्धा पनि चलिरहेको थियो । उपचार पश्चात पनि राधा सम्बन्ध विच्छेदका लागि धाइरहीन् ।
अदालतले राधाका श्रीमान भनौदा अस्मिनकै नाममा स्टे अर्डर जारी गर्यो तर कार्यान्वयन भएन। राधाले बिहेपछि नियमित गर्दै आएको पत्रकारितालाई बिट मारेकी थिइन तर निरन्तर डाक्टरको सल्लाह र औषधि उपचारले राधा तंग्रदै पनि थिइन । त्यसबिचमा रोकीएको रेडियो पत्रकारीता फेरी सुरु गरीन् । अस्पतालले मृत्युको मिती तोकि सक्दा समेत राधाले उपचारसँगै क्यान्सर सचेतना र महिलाहिंसा बिरुद्धको नयाँ यात्रा पनि तय गरिन् । आफु जति दिन बाच्छु यसबारे जनचेतना जगाउँछु एक जना दुई जना गर्दै सबै माझ क्यान्सर पनि समयमै थाहा पाए सक्रिय जिवन जिउन सकिन्छ भन्ने सचेतनाका फैलाउने संकल्प लिएर क्यान्सरबाट थलिएकी राधा मुडुल्लो टाउको लिएर गाउँ-गाँउ गइन् ।
राधाका बुबा भन्छन्, श्रीमानको कुटाइपछि उपचार गर्न जादा मात्र क्यान्सर पत्ता लाग्यो । उनी क्यान्सरको चौथो स्टेज पुग्दा मैले र मेरो परिवार कसैले पनि उनीमा क्यान्सर होला भन्ने मनको कुनै कुनामा कल्पना गरेका थिएनौं । उनले भने, क्यान्सर भएको थाहा पाउने बित्तिकै बिरामीको आधा मृत्यु भइसकेको हुन्छ । क्यान्सर भएपनि बाच्ने साहास गर्नु पर्छ । आफु जसरी हिंसामा परेकी छु त्यो हिंसाका बारेमा पनि महिलालाई सचेत बनाउछु भन्ने प्रतिबद्धता जनाउदै छोरी राधाले राधा क्यान्सर सचेतना तथा महिला हिंसा बिरुद्धको फाउण्डेशन खोलेकी हुन् ।
छोरीको साहासमा थप साहास जुटाउदै हामीले पनि उनलाई साथ दियौं । घरेलु हिंसामा परेका कयौं महिलालाई राधाले उद्धार गरिन् । राधाले धेरैको घरबार उजाडिनबाट बचाएको बुबा बस्यालले बताए । अस्पातलले क्यान्सरको चौथो स्टेजमा रहेको र बढिमा ६ महिनामात्र बाच्ने मिती तोकिसकेको थियो तर राधाको साहसले चिकित्सा विज्ञानलाई पराजीत गर्दै थप साढे दुई वर्ष बाँचिन । त्यो अविधिभर राधाले धेरै पिडाहरुसँग जुध्नु परे पनि क्यान्सर सचेतना र महिलाहिंसा बिरुद्धको आवाज संचार माध्यम लगायत स्वयमंले पनि दिन सफल भइन फलस्वरुप जन्मियो राधा क्यान्सर सचेतना फाउण्डेशन ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा स्तन क्यान्सरबाट राधा जस्तै वर्षेनि १ हजार ५७ जनाले मृत्युवरण गर्नु परेको छ । नेपाल लगायत विश्वभर क्यान्सरमध्ये स्तन क्यान्सर दोस्रो स्थानमा रहेको छ । राधाले क्यान्सर रोगसँग मात्र होईन घरेलु हिसां समेत भोग्नुपर्यो । ओरेकले अभिलेखीकरण गरेको तथ्याङ्कलाई विश्लेषण गर्दा माघ महिनामा मात्र ५५ वटा (४० प्रतिशत) घरेलु हिंसाको तथ्याङ्क संकलन गरेको छ ।
भविष्यमा राधा जस्तै अर्की कुनै महिलाले क्यान्सर र घरेलु हिंसाबाट मृत्युवरण गर्न नपरोस् भन्नका लागी हामी सबैले हातोमालो गरी अघि बढ्न जरुरी छ । त्यसैले हिंसा नगर्न र सहेर नबस्न हरेक व्यक्तिलाई सचेत बनाई अगाडी बढ्न धेरै आवश्यक छ ।