काठमाडौं- दम्पतीहरु अभिभावक बन्न लागेको थाहा पाउने बित्तिकै उनिहरुको सन्तान कस्तो होला भनेर कल्पना गर्न सुरु गर्छन । जब सन्तान जन्मन्छ त्यसपछि उसको बोलि कती सुमधुर होला, मलाई कसरी बोलाउँला भनेर कल्पना गर्छन् । साथै आफ्नो सन्तानको बोलि सुन्न लालाहित हुन्छन् ।
केही शिशुहरूले चाँडो बोल्छन् भने कोही अलिक ढिलो बोल्न सुरु गर्छन् । यस्तो अवस्थामा अभिभावकहरु आफ्नो सन्तानले कुन उमेरमा बोल्न सिक्छन् भन्ने जान्न चाहन्छन्। कस्तो अवस्थामा शिशु वा बालबालिकाको बोलि र भाषाको विकास ढिलो भएको मानिन्छ रु विज्ञको सुझाव यस्तो छ ।
६ महिना पुरा हुदाँँ पनि नरम आवाज निकाल्न सक्दैन भने
१२ महिना अर्थात १ बर्ष पुरा हुदाँ पनि नबुझिने बोलि नबोलेमा
१५ महिना पुरा भएपछि मम्मि, दादा, बाबा जस्ता दुइ तिन शब्द बोल्दैन भने
१८ महिना पुरा भएपछि पाँच देखि १० शब्द बोल्दैन साथै अरुले दिएको निर्देशन नबुझेमा
२४ महिना अर्थात दुई बर्ष पुरा भएपछि पनि २० देखि २५ शब्द बोल्दैन, साथै शरीरको अंग भन्न सक्दैन भने
३० महिना पुरा भएपछि २ शब्दको वाक्य बोल्दैन, सोधेको प्रश्नको बोलेर जवाफ दिदैन भने
३ बर्ष पुरा भएपछि २०० शब्द र आवश्यकसामान नामले माग्दैन भने