काठमाडौं- जाडो बढेसगैँ धेरैजसो अभिभाबकहरुले आफ्ना बालकालिकालाई चिसो लाग्नबाट जोगाउनका लागी हिटरको प्रयोग गर्ने गर्दछन् । तर धेरैजसो अभिभाबकहरुले बालबालिकालाई न्यानो राख्न कस्तो हिटर प्रयोग गनुपर्छ भन्ने बारे खासै ध्यान दिदैनन् ।
बालबालिकालाई न्यानो राख्न हिटरको प्रयोग गर्न चाहाने अभिभाबकहरुले हिटर किन्दा बिशेष ध्यान दिनुपर्ने हुन्छ । बजारमा तिन खाले ९ओइल हिटर वा ओइल फिल्ड हिटर, इन्फ्रारेड वा हलोजेन हिटर र फ्यान हिटर वा ब्लोअर र क्वल हिटर० हिटरहरु उपलब्ध छन् । बालबालिकालाई यि तिन मध्ये कुन हिटर उपयुक्त हुन्छ तल प्रस्तुत गरिएको छ ।
ओइल हिटर वा ओइल फिल्ड हिटर
यो हिटर बालबालिकाको लागी सबैभन्दा राम्रो र सुरक्षित हुन्छ । यो हिटर प्रयोग गर्दा कोठा तात्न समय लाग्ने तर बन्द भएपछि लामो समयसम्म ताप रहिरहन्छ ।
इन्फ्रारेड वा हलोजेन हिटर
यो हिटर प्रयोग गर्दा सानो क्षेत्र एकैछिनमा तात्छ । तर पुरा कोठालाई तातो बनाउदैँन ।
फ्यान हिटर वा ब्लोअर र क्वल हिटर
यो हिटर प्रयोग गर्दा कोठाको ओस कम गर्छ । जसका कारण बालबालिकाको स्वास प्रणली सुख्खा पार्छ । सुरक्षाको हिसाबले यो राम्रो मानिदैँन ।
६ महिना भन्दा कम उमेरका शिशुका लागी थर्मोस्टेट अर्थात तापक्रम डिजिटल्लि नियन्त्रण गर्ने प्रविधि० जडान गरिएको हिटर अझ उपयुक्त हून्छ ।