काठमाडौं- अभिभाबक बन्नु एक दम्पतिका लागी सबैभन्दा खुशिको क्षण हो । अभिभाबक बनेसँगै उनिहरुको जिम्मेवारी पनि बढ्दै जान्छ । आफ्ना बालबालिकाको लालन पालन देखि उनिहरुको हरेक इच्छा आकांक्षालाई पुरा गरिदिने जिम्मेवारी अभिभाबककै हुन्छ ।
बालबालिकाको व्यवहार परिवारको वातावरण अनुसार नै हुन जान्छ । त्यसैले घरको वातावरण पनि बालबालिका केन्द्रित हुनुपर्छ । बालबालिका भएको परिवारमा कस्तो वातावरण आवश्यक पर्छ त्यसबारे विज्ञको सुझाव यस्तो छ ।
बालबालिकाले राम्रो काम गरे प्रशंसा गर्ने, गल्ति गर्दा सान्त्वना दिएर आत्माबल बढाउने गर्नुपर्छ ।
बालबालिकालाई अनुशासन सिकाई त्यसलाई निरन्तर कायम राख्नने ।
बालबालिको लागी आफै प्रेरणाको स्रोत बन्ने कोसिस गर्ने ।
आफ्ना सन्तानका लागी सकेसम्म धेरै भन्दा धेरै समय निकाल्नुपर्छ र उनिहरुसँग साथीको जसरी घुलमिल हुनुपर्छ ।
उनिहरुसँग समय बिताउँदा सञ्चारलाई प्राथामिकता दिनुपर्छ ।
बालबालिकाको बद्लिदो स्वभाव र उमेर अनुसार आफ्नो अभिभाबकत्व शैलीमा लचिलो हुनुपर्छ ।
अभिभाबकको रुपमा आफ्नो आवश्यकता र सिमा बुझ्नुपर्छ ।
अभिभाबकले गर्ने माया निस्वार्थ र निर्शत हो भनेर बालबालिकालाई अनुभुती गराउनुपर्छ ।