एजेन्सी । विश्वमा पछिल्लो २४ घण्टाभित्र २० लाखभन्दा बढी कोरोना भाइरसका नयाँ सङ्क्रमित भेटिएका छन् ।
एकै दिन विश्वमा २० लाख ४८ हजार आठ सय ६४ जना नयाँ बिरामी थपिएका हुन् । यो सङ्ख्या केही दिनयताकै बढी हो । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको फैलावट सुरु भएसँगै महामारी उत्कर्षम पुगेर विश्वमा दैनिक ४० लाखभन्दा बढी सङ्क्रमित भेटिने गरेका थिए ।
त्यो सङ्ख्या घटेर १४ लाख हाराहारीमा झरेको थियो । तर पछिल्लो २४ घण्टाको तथ्याङ्कले भने सङ्क्रमण बढेको देखाउँछ । विश्वमा हालसम्म ४१ करोड ७८ लाख ८७ हजार छ सय ४१ जनामा कोरोना पुष्टि भइसकेको छ ।
सङ्क्रमितमध्ये ३४ करोड ११ लाख ४७ हजार ६३ जना उपचारपछि निको भएर सामान्य जीवनमा फर्किएका छन् । एकै दिन २५ लाख ३० हजार आठ सय १८ जना कोरोनामुक्त बने । विश्वमा हाल सात करोड आठ लाख ७३ हजार छ सय ३९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
उपचाररत सक्रिय सङ्क्रमितमध्ये ८४ हजार छ सय चार जनाको स्वास्थ्य अवस्था निक्कै खराब छ । पछिल्लो २४ घण्टामा विश्वभर १० हजार तीन सय ७३ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ५८ लाख ६६ हजार नौ सय ३९ पुगेको छ ।
अमेरिकामा ८२ हजार नौ सय तीन जना नयाँ बिरामी थपिएका छन् । सङ्क्रमित सङ्ख्या सात करोड ९७ लाख ४४ हजार पाँच सय ८३ पुगेको छ । सङ्क्रमितमध्ये पाँच करोड छ लाख ९४ हजार दुई सय ६९ जना उपचारपछि निको भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा एक लाख २९ हजार दुई सय २२ जना कोरोनामुक्त बने । अमेरिकामा हाल दुई करोड ८० लाख ९८ हजार सात सय ६३ जना सक्रिय सङ्क्रमितको उपचार जारी छ । उपचाररतमध्ये १३ हजार आठ सय ३२ जनाको अवस्था गम्भीर छ ।
अमेरिकामा एकै दिन कोरोनाका कारण एक हजार नौ सय २६ जनाको मृत्यु भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या नौ लाख ५१ हजार पाँच सय ५१ पुगेको छ । अमेरिका कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै पहिलो नम्बरमा रहेको मुलुक हो ।