काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासंग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छन् बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजदुत पोलिटले भेट गरेकी हुन् ।
भेटमा मन्त्री खतिवडाले बेलायत र नेपालको २ सय बर्ष भन्दा पुरानो अन्तर्राष्ट्रीय मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै कोभिड महामारीको बेला बेलायत सरकारले गरेको सहयोगप्रति आभार प्रकट गरे।
मन्त्री खतिवडाले भने, ‘विश्वब्यापि महामारिको रुपमा फैलिएको कोभिड–१९को बिरुद्धको यो लड़ाईमा बेलायत सरकारले प्रदान गरेको भेंटिलेटर, भ्याक्सिन लगायत अन्य स्वास्थ्य सामग्रीहरु सहयोग स्वरूप प्रदान गरेकोमा बेलयाती सरकार र बेलयाती जनताप्रति हार्दिक आभार ब्यक्त गर्दछु । ’
नेपालको पूर्वाधार बिकास, स्वास्थ्य र शिक्षा क्षेत्रको बिकासको लागी बेलायत सरकारले प्रदान गरेको सहयोग उल्लेखनीय रहेको मन्त्री खतिवडाले बताए । बेलायत, नेपालको पुरानो मित्र मात्र होईन,सबै भन्दा धेरै सहयोग प्रदान गर्ने दात्री निकाय मध्यको एक पनि हो ।
सन् २००४ देखी नै नेपालको स्वास्थ्य क्षेत्र सुधारको लागी नेपाल स्वास्थ्य क्षेत्र रणनीति कार्यान्वयनको लागी बेलयात सरकारले गरेको योगदानको समेत मन्त्री खतिवडाले स्मरण गरे ।राजदुत पोलिटले जिज्ञासाका सन्दर्भमा स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सेवा तर्फका सचिव डा. रोशन पोखरेलले थप प्रष्ट पारेका थिए ।
कार्यक्रममा राजदुत पोलिटले बेलायत सरकारका तर्फबाट २१ लाख डोज खोप मन्त्री खतिवडालाई हस्तान्तरण गर्नुभएको थियो । भेटघाट कार्यक्रममा सचिव डा. रोशन पोखरेल, प्रवक्ता डा. संगिता मिश्रा, प्रेस सल्लाहकार शन्तराम बिडारी लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।