काठमाडौं । नेपाल भारत मैत्री अस्पताल छाती तथा फोक्सो रोग उपचारका लागि प्रविधि तथा दक्ष चिकित्सकयुक्त अस्पताल मानिन्छ। काठमाडौंको चाबहिलमा रहेको यस अस्पतालमा छाती तथा फोक्सो डायलासिस्को उपचारका लागि विशेष मानिन्छ।
चेष्ट सेन्टर एण्ड क्रिटिकल केयर युनिट नै खडा गरी अस्पताल व्यवस्थापन समूहले बिरामीको उपचारका लागि ध्यान दिएको हो। अस्पतालमा ओपिडी, आइसोलसनको व्यवस्था ,आइसियूको पनि व्यवस्था छ। पछिल्ला महिनाहरुमा अस्पतालमा आउने छाती तथा फोक्सो सम्बन्धि रोगका बिरामीहरुको संख्या उल्लेख्य रुपमा बढिरहेको छ।
नेपाल भारत मैत्री अस्पतालका निर्देशक डा.विकास रौनियारका अनुसार नेपाल भारत मैत्री अस्पतालमा उपचारका लागि आउने गरेका बिरामीहरुले आर्थिक अभावमा उपचार नपाउने स्थिती नरहेको बताए। बिरामीको विपन्नतालाई ध्यानमा राखी छाती तथा फोक्सो रोगको उपचारका लागि अस्पतालले सहुलियत प्रदान गरेको डा.रौनियारको दाबी छ।
उच्चतम् प्रविधि तथा दक्ष अनुभवी चिकित्सकहरुद्वारा अस्पतालले प्रदान गरेको उपचार सेवाबाट बिरामीहरु पनि खुसी देखिन्छन्। अस्पतालको स्थापना वि.सं २०६८ सालमा भएको हो। अस्पतालले बिरामीको भीड बढ्दै जाँदा विभिन्न प्रकारका विभागहरु थप गरि उपचार सेवा प्रदान गरिरहेको डा.रौनियार बताउँछन्। जसमा नेफ्रोलोजी,न्यूरोलोजी,जनरल सर्जरी,मेडिसिन लगायत गरी जम्मा १९ वटा विभागद्वारा अस्पतालले सेवा प्रदान गरिरहेको छ।
त्यसमध्ये पल्मो तथा डायलासिस् तथा न्यूरो सर्जरी सेवा अस्पतालको उत्कुष्ट सेवा पर्ने डा।रौनियारको दाबी छ। विगतको तुलनामा अस्पताल आउने बिरामी संख्या बढेको तथा त्यसमा पनि चेष्ट सेन्टर भएकाले फोक्सोको उपचारका लागि आउने बिरामीको संख्या यस अस्पतालमा बढेको छ । अस्पतालले दैनिक नै सर्जरी सेवा दिने गरेको छ।
कोरोना संक्रमण बढेसँगै अस्पतालमा दैनिक सामान्य स्वास्थ्य परीक्षणका लागि आउने बिरामीको संख्या घटेपनि २० देखी ५० को संख्यामा बिरामीहरु ओपिडीमा परीक्षणका लागि आउने गरेको डा.रौनियार बताउँछन् । अस्पतालमा १५ शय्याको कोभिड एचडीयू वार्ड सञ्चालन गरिएको छ।
कोभिड–१९ को दोस्रो लहरले कठिन अवस्था सिर्जना गरेकाले आवश्यकताअनुसारका जीवनरक्षक उपकरण एचडीयू वार्डमा उपलब्ध गराउने योजनासहित कोभिड एचडीयू वार्ड सञ्चालन गरिएको डा.रौनियार बताउँछन्। अस्पतालले निकट भविष्यमा नै डायलासिस्का लागि ११ बेड छुट्याएर दैनिक ५० को संख्यामा बिरामीहरुलाई डायलासिस् सेवा प्रदान गर्ने योजना बनाएको छ।