एजेन्सी। पानी मानव शरीरको अत्यावश्यक पदार्थ हो । मानव शरीरमा पानीको कमीले धेरै स्वास्थ्य समस्या देखिन्छन्।
शरीरमा पानीको कमी हुँदा छाला सुक्खा हुने, एलर्जी र छाला रातो हुनेजस्ता समस्या देखा पर्न सक्छन्। साथै, अनुहारमा दाग आउने समस्या पनि हुन्छ।
पानीको आवश्यक मात्रा पूर्ति गर्न दैनिक पर्याप्त पानी पिउन जरुरी छ। तर कति पिउने रु कति बेला र कसरी पिउने ? यो हामी सबैको मनमा उब्जने प्रश्न हो ।
पानी कति पिउने?
एक दिनमा कति पनि पिउनुपर्छ भन्नेबारेमा मानिसहरूमा अनेक धारणा पाइन्छन्। पानी पिउने स्वस्थ बानीका बारेमा अनेक हल्ला पनि चलेका हुन्छन् । तिर्खा नलागे पनि समयतालिका बनाएर नियमित रूपमा पानी पिउनुपर्छ भन्नेहरू पनि छन्। समयतालिका बनाएर भन्दा पनि शरीरको आवश्यकताअनुसार स्वस्थ रहने गरी पानी पिउनुपर्छ।
कति बेला, कसरी पिउने?
बिहान खाली पेटमा मनतातो पानी पिउनु हाम्रो शरीरका लागि आवश्यक हुन्छ।
सफा र स्वच्छ पानी पिउनु पर्दछ।
अत्यधिक चिसो र अत्यधिक तातो पानी कहिल्यै पनि पिउनु हुँदैन।
पानी सँधै बसेर चुस्की लिँदै पिउनु पर्दछ।
एकै चोटि अत्यधिक पानीको सेवन गर्नु हुँदैन। १ घण्टामा १ गिलासको (२५० मि.लि.) दरले पानी पिउन सकिन्छ।
दिनको ३–४ लिटर पानी पिउनु पर्छ। नियमित रूपमा पानी पिउने बानी बसाल्नु पर्छ।
खानासँग पानीको सेवन गर्नु हुँदैन। खानासँग पानी पिउनाले पाचनक्रिया सुस्त हुन्छ र खाना राम्रोसँग पच्दैन । खाना खानुभन्दा १/२ घण्टा अगाडि र खाएको १ घण्टा पछि मात्र पानी पिउनु पर्छ।
तातो पानी अधिक पिउनाले पाचनतन्त्र कमजोर हुन्छ र खाना राम्रोसित पच्दैन।
थाकेको अवस्थामा र धेरै पसिना आएको अवस्थामा चिसो पानी धेरै पिउनु हुँदैन। धेरै पसिना आउँदा पसिनाको माध्यमबाट शरीरको ताप बाहिर गइरहेने भएकोले चिसो पानी पिउँदा शरीरको तापक्रम घट्नगई प्रतिकूल असर पर्न सक्छ।