काठमाडौं । विश्वमा कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ५९ लाखनजिक पुगेको छ ।
पछिल्लो २४ घण्टामा सात हजार पाँच सय ९४ जना सङ्क्रमितको मृत्यु भयो । विश्वमा दैनिक मृत्यु दरमा उतारचढाव कायमै छ । विश्वभर हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ५८ लाख ९९ हजार नौ सय १२ पुगेको छ ।
एकै दिन विश्वमा १५ लाख २८ हजार तीन सय एक जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या ४२ करोड ३४ लाख ९० हजार ९२ पुगेको छ । सङ्क्रमितमध्ये ३४ करोड ८४ लाख ७९ हजार चार सय १५ जना उपचारपछि निको हुँदै सामान्य जीवनमा फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा १९ लाख ७६ हजार दुई सय २९ जना कोरोनामुक्त बने । विश्वमा हाल छ करोड ९१ लाख १० हजार सात सय ६५ जना सक्रिय सङ्क्रमितको उपचार जारी छ । उपचाररतमध्ये ८१ हजार सात सय ९५ जनाको अवस्था गम्भीर छ ।
अमेरिकामा एकै दिन चार सय ९४ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या नौ लाख ५८ हजार आठ सय ७५ पुगेको छ । अमेरिका कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै पहिलो नम्बरमा रहेको मुलुक हो ।
पछिल्लो २४ घण्टामा ३२ हजार आठ सय ९८ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या आठ करोड ६० हजार चार सय ५१ पुगेको छ। सङ्क्रमितमध्ये पाँच करोड १५ लाख २० हजार ८१ जना उपचारपछि निको भए ।
एकै दिन एक लाख तीन हजार तीन सय ३८ जना कोरोनामुक्त बने । अमेरिकामा दुई करोड ७५ लाख ८१ हजार चार सय ९५ जनाको उपचार भइरहेको छ। उपचार गराइरहेकामध्ये १२ हजार ६४ जनाको अवस्था चिन्तजानक छ ।
छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा छ सय ७३ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पाँच लाख ११ हजार नौ सय ३५ पुगेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो।
एकै दिन १८ हजार चार सय ८८ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या चार करोड २८ लाख २० हजार नौ सय ९३ पुगेको छ । सङ्क्रमितमध्ये चार करोड २० लाख ७५ हजार सात सय ४७ जना उपचारपछि निको भइसकेका छन्।
पछिल्लो २४ घण्टामा ३८ हजार दुई सय ११ जना कोरोनामुक्त बने । हालसम्म भारतमा दुई लाख ३३ हजार तीन सय ११ जना सङ्क्रमितको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ।
ब्राजिलमा एकै दिन आठ सय २७ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या छ लाख ४३ हजार नौ सय ३८ पुगेको छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो।
पछिल्लो २४ घण्टामा एक लाख तीन हजार तीन सय ६३ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या दुई करोड ८१ लाख ६७ हजार पाँच सय ८७ पुगेको छ। सङ्क्रमितमध्ये दुई करोड ४९ लाख ४९ हजार सात सय ८२ जना उपचारपछि निको हुँदै सामान्य जीवनमा फर्किएका छन्।
एकै दिन एक लाख २३ हजार तीन सय २५ जना कोरोनामुक्त बने। ब्राजिलमा हाल २५ लाख ७३ हजार आठ सय ६७ जना सक्रिय सङ्क्रमितको उपचार जारी छ। उपचाररतमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ।