एजेन्सी । विश्वमा पछिल्लो २४ घण्टामा १६ लाखभन्दा बढी कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन्।
एकै दिन १६ लाख पाँच हजार नौ सय २० जना नयाँ बिरामी थपिएका हुन् । यो सङ्ख्या दुई दिनयताकै धेरै हो। यसअघि सङ्क्रमण घटेर १२ लाख हाराहारीमा झरेको थियो।
तर पछिल्लो २४ घण्टाको तथ्याङ्कले सङ्क्रमण बढेको देखाएको हो। विश्वमा हालसम्म ४२ करोड ७९ लाख १८ हजार ९५ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमितमध्ये ३५ करोड ५७ लाख ४२ हजार पाँच सय ३१ जना उपचारपछि निको भइसकेका छन्।
एकै दिन २४ लाख ९१ हजार पाँच सय १३ जना कोरोनामुक्त बने। विश्वमा हाल छ करोड ६२ लाख ५२ हजार एक सय ५६ जना सक्रिय सङ्क्रमित छन् । उपचाररत सक्रिय सङ्क्रमितमध्ये ८० हजार आठ सय आठ जनाको अवस्था चिन्ताजनक छ।
पछिल्लो २४ घण्टामा विश्वमा आठ सय एक सय ६३ जनाको मृत्यु कोरोनाका कारण भयो । यो सङ्ख्या केही दिनयताकै उच्च हो। यसअघि दैनिक मृत्यु दर पाँच हजार हाराहारीमा झरेको थियो । विश्वमा हालसम्म ५९ लाख २३ हजार चार सय आठ जना सङ्क्रमितको मृत्यु भइसकेको छ।
अमेरिकामा ४५ हजार सात सय ८७ जना नयाँ बिरामी थपिएका छन् । सङ्क्रमित सङ्ख्या आठ करोड दुई लाख ३० हजार दुई सय १० पुगेको छ । सङ्क्रमितमध्ये पाँच करोड २० लाख ५५ हजार पाँच सय ४५ जना उपचारपछि निको भइसकेका छन्।
एकै दिन ८९ हजार सात सय ६४ जना कोरोनामुक्त बने । अमेरिकामा हाल दुई करोड ७२ लाख ११ हजार नौ सय २४ जना सक्रिय सङ्क्रमित छन् । उपचार गराइरहेका सक्रिय सङ्क्रमितमध्ये १० हजार नौ सय ७८ जनाको अवस्था चिन्ताजनक छ।
एकै दिन अमेरिकामा एक हजार ७६ जनाको मृत्यु कोरोनाका कारण भयो। हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या नौ लाख ६२ हजार सात सय ४१ पुगेको छ । अमेरिका कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै पहिलो नम्बरमा रहेको मुलुक हो।