काठमाडौं । हामीले विहानको समयमा प्राय चिया खाने गर्दछौं। अझ भन्नुपर्दा हामीले विभिन्न स्वादका चियाहरु खाने गर्दछौं। जसमध्ये अदुवा चिया पनि एक हो। अदुवा चिया सेवन गर्दा हुने फाइदाहरु सबैलाई थाहा नहुन पनि सक्छ।
अदुवामा भिटामिन-सीको मात्र उच्च हुन्छ भने म्याग्नेसियम र अन्य खनिज पनि पाइन्छ। अदुवाको जरा स्वास्थ्यका लागि अत्यन्तै राम्रो मानिन्छ । अदुवाको चिया बनाउँदा मह र कागती समेत मिलाउन सकिन्छ।अदुवाको सेवनले कफ र वायुसम्बन्धि रोग हुन दिँदैन। अदुवाको सेवनले भोक लाग्छ र पाचनशक्तिलाई बलियो बनाउँछ।
अदुवा चिया पिउनुका फाइदाहरुः
रुघा अदुवा राखेको चिया पिउनाले रुघा लाग्दा आराम मिल्छ ।
खोकी - अदुवाको रसमा मह राखेर खाना ले खोकी कम हुन्छ ।
उल्टी–बारम्बार उल्टी भएमा अदुवाको रसमा प्याजको रस मिलाएर पिउनाले उल्टी रोकिन्छ ।
पेट दुःख्ने–अदुवा र पुदिनाको रसमा थोरै नून मिलाएर पिउनाले पेटको दुःखाइमा आराम मिल्छ ।
ज्वरो– अदुवा र पुदिनाको काढा बनाएर पिउनाले ज्वरो हराउँछ ।
भोक लाग्ने–अदुवाको टुक्रा काटेर नून छरेर खाँदा कब्जियतको समस्या हट्छ र भोक लाग्दछ ।
पाचन क्रिया- अदुवाको चिया पिउँदा पाचक क्रियामा सुधार आउनेछ । धेरै खाना खादा अदुवाले पचाउन सहायता गर्छ।
स्वास्थ्य राहत- यसमा भएको भिटामिन, मिनरल्स तथा अमीनो एसिडले रगत प्रवाहलाई राम्रो बनाउँछ ।
तनाव मुक्त- मानसिक तनावलाई कमी गर्न पनि अदुवा चियाले फाइदा पुग्छ ।
मासिक धर्म- महिलामा मासिक धर्मको समस्या छ भने अदुवाका चिया पिउँदा त्यसले फाइदा पुग्छ ।
वजन घटाउन- अदुवाको चियामा कागती मिसाएर पिउँदा शरीरको वजनसमेत कम हुन्छ ।
सौन्दर्य –अदुवाले एन्टीएजिंगको काम गर्छ । अदुवाको चियाले शरीरको सवै विकारलाई बाहिर निकाल्छ भने छाला समेत सफा हुन्छ भने अनुहारमा समेत चमक आउँछ । अदुवाको रस धेरै असरदार हुन्छ । यसलाई अनुहारमा लगाउनाले छाला चम्किलो देखिन्छ ।