एजेन्सी । पिसाब गन्हाउने समस्या धेरैले भोगेका हुन सक्छन् ।
केटा होस् वा केटी दुवैमा यस्तो समस्या हुन्छ । यसलाई सामान्य समस्या सोचेर बेवास्ता गर्ने गरेको पाइन्छ । तर पिसाबको माध्यमबाट शरीरको विशाक्त पदार्थ बाहिर निस्कने हुन्छ । त्यसैले पिसाबसँग जोडिएको रोगबारे सतर्क हुनैपर्छ । पिसाब गन्हाउने समस्या पिसाबसम्बन्धी समस्या मात्र नभई सङ्क्रमण र शरीरमा लागेको अन्य रोगको पनि सङ्केत गर्छ ।
पिसाब गन्हाउने केही कारण :
- प्रशस्त पानी नपिउँदाः पिसाब पानी र अन्य फोहोर पदार्थको मिश्रण मात्र हो । जब शरीरमा पानीको मात्रा पर्याप्त हुँदैन, अन्य फोहोर उत्पादनहरूले पिसाबको संरचनालाई बिगार गरेर पिसाब गनाउने समस्या निम्त्याउँछ ।
- युटिआईः युरिनरी ट्र्याक्ट इन्फेक्सनका कारण पिसाब गनाउने समस्या हुनसक्छ । युटिआई हुँदा पिसाब गन्हाउनेबाहेक पिसाब गर्दा पोल्ने, पटक-पटक पिसाब लाग्ने, ज्वरो आउने लगायतका अन्य धेरै अन्य लक्षणहरू देखिन सक्छ ।
- धेरै कफी पिउनालेः कतिपय अवस्थामा कफीको धेरै सेवनले पनि पिसाब गनाउने समस्या निम्त्याउन सक्छ । कफीको संरचनाका कारण मेटाबोलाइज हुँदा पिसाब गन्हाउन सक्छ । यसबाहेक, कफीले डिहाइड्रेसन पनि निम्त्याउन सक्छ, जुन पिसाब गन्हाउने समस्याको अर्को कारण हो ।
- मधुमेहः मधुमेहको समस्या भएका मानिसमा पिसाब गन्हाउने समस्या हुन सक्छ । शरीरले चिनी पचाउन नसक्दा, पिसाबमा मीठो वा फलफूलको गन्ध आउन सक्छ ।
- यिस्टको सङ्क्रमणः दुर्गन्धित पिसाबले यिस्ट सङ्क्रमणको सङ्केत गर्न सक्छ । यिस्ट प्राकृतिक रूपमा योनीसहित शरीरका धेरै भागहरूमा हुन्छन् । मूत्रमार्ग र योनीको बीचमा यिस्टले आफ्नो सङ्ख्या बढाउने हुँदा भएको कारणले गर्दा पिसाब गन्हाउने हुन्छ । यसले शरीरमा जटिलताहरू निम्त्याउन सक्छ । रातोपन, सुन्निने र बाक्लो सेतो स्राव हुनु सङ्क्रमणका अन्य लक्षण हुन् ।
- केही खानाका कारणः सबै मनिसको शरीरहरू फरक हुन्छ । र, तिनीहरूको शरीरले फरक-फरक खाना फरक तरिकाले पचाउने हुन्छ । एस्पारागस, ब्रसेल्स स्प्राउट्स, प्याज, लसुन, साल्मन,रक्सी र करी लगायत खानालाई कतिपय व्यक्तिको शरीरले पूर्णतया पचाउन गाह्रो हुन्छ जसकारण उनीहरूमा पिसाब गनाउने समस्या हुन सक्छ ।
- यौन सङ्क्रमण (सेक्सुअल्ली ट्रान्समिटेड इन्फेक्सन) यौन सङ्क्रमणले मूत्रमार्ग सुन्निने समस्या निम्त्याउन सक्छ जसले पिसाब गन्हाउने समस्या निम्त्याउँछ । योनी पोल्दा पनि पिसाब गन्हाउने समस्या हुन सक्छ ।