एजेन्सी । विश्वमा आज (शुक्रबार) बिहानसम्ममा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ४३ करोड नाघेको छ।
एकै दिन विश्वमा १७ लाख ४१ हजार नौ सय ४६ जना नयाँ बिरामी थपिए । विश्वमा दैनिक १५ लाखभन्दा बढी सङ्क्रमित थपिँदै छन् । कोरोना महामारी चरमविन्दुमा पुग्दा दैनिक ४० लाखभन्दा बढी कोरोनाका नयाँ बिरामी थपिन्थे ।त्यो सङ्ख्या घटेर १२ लाख हाराहारीमा झरिसकेको थियो । फेरि सङ्क्रमण बढ्न थालेको छ । तर सङ्क्रमणको तुलनामा मृत्यु दर बढेको छैन । दैनिक मृत्यु दरमा उतारचढाव भने कायमै छ।
विश्वमा हालसम्म ४३ करोड १६ लाख ३२ हजार एक सय ५५ जनामा कोरोना पुष्टि भइसकेको छ । सङ्क्रमितमध्ये ३६ करोड ६० लाख ६५ हजार १५ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा २१ लाख ५५ हजार छ सय छ जना कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । विश्वमा अहिले छ करोड ५० लाख ३५ हजार सात सय ५६ जना सक्रिय सङ्क्रमित छन् । उपचाररत सक्रिय सङ्क्रमितमध्ये ७८ हजार सात सय १९ जनाको अवस्था चिन्ताजनक छ ।
विश्वमा एकै दिन कोरोनाका कारण नौ हजार ८५ जनाको मृत्यु भयो । विश्वमा केही दिनयता मृत्यु हुने सङ्क्रमितको सङ्ख्या १० हजार हाराहारी छ । हालसम्म कोरोनाका कारण ५९ लाख ४६ हजार तीन सय ८४ जनाको मृत्यु भइसकेको छ ।
कोरोनाका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा पछिल्लो २४ घण्टाभित्र ५७ हजार दुई सय ५६ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या आठ करोड चार लाख ३२ हजार आठ सय ८३ पुगेको छ । सङ्क्रमितमध्ये पाँच करोड २५ लाख ८० हजार तीन सय ३८ जनाको उपचार सम्भव भएको छ ।
एकै दिन अमेरिकामा एक लाख २६ हजार सात सय ७६ जना कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किए । अमेरिकामा हाल दुई करोड ६८ लाख ८३ हजार तीन सय ४५ जना सक्रिय सङ्क्रमित छन् । उपचार गराइरहेकामध्ये नौ हजार सात सय १८ जनाको अवस्था गम्भीर छ ।