काठमाडौं । आमा बन्न पाउनु प्रत्येक महिलाका लागि जिन्दगीको एक सुनौलो अनुभव हो ।प्रत्येक महिलाले यस समयमा दैनिक जसो नयाँ नयाँ अनुभव लिइरहेकी हुन्छिन् । त्यसैले पनि यो समय प्रत्येक महिलाहरुका लागि एक विशेष समय पनि हो।
गर्भावस्थामा खानपान, उठबसदेखि दैनिकी पनि बदलिएको हुन्छ।उनीहरुलाई चटपटे, अमिलो, पिरो अनि रसिलो खानेकुरा मन पर्न थाल्छ।कहिल्यै नदेखेको, नखाएको खानेकुरा खान मन लाग्छ।उनीहरुमा यस्तो बेला खानेकुराका लागि परिवर्तन आउँछ।तर जे पायो त्यही खानेकुरा खानाले आमाका साथै गर्भमा हुर्किरहेको भ्रुणलाई समेत असर गर्नसक्छ।
गर्भावस्था थकान, असुविधा र लामो समयसम्मको प्रक्रिया हो।यस्तो बेला उनीहरुलाई पिरो अमिलो चटपटे खानेकुराहरु मन पर्छ।यस्तो बेला भ्रुणलाई असर नगर्ने मन परेको खानेकुरा खाए भने उनीहरुको मन शान्ति हुन्छ।
यस्तो बेला खानेकुराले आफू तथा भ्रुणको पोषण पूरा हुने अनुमान गरिएको छ।भौगोलिक धरातल र परिवेश अनुसार महिलाको खाने कुरामा रुची फरक हुन्छ।पूर्वीय संस्कृति र पश्चिमा संस्कृतिमा परिवेश फरक हुन्छ र उनीहरुका रुची अनि चाहना फरक फरक हुनसक्छन्।
जस्तै जापानमा गर्भावस्थामा महिला भात खान रुचाउँछन् भने नेपाल भारतमा अमिलो।जुन समाज देश र परिवेशमा जस्तो चलन छ त्यहाँ त्यस्तै बानी पर्छ।खान मन लागेका कतिपय खाद्य पदार्थबाट पोषण पाइँदैन। यसले शरीरलाई फाइदा गर्नुको सट्टा घाटा गरिरहेको हुन्छ।
जस्तै महिनावारी सुरु हुनुभन्दा पहिले महिलालाई चकलेट अर्थात मिठो खानेकुरा खान मन पर्ने एक अध्ययनले देखाएको छ ।तर, मिठो खानुले गर्ने फाइदा, पोषण पाइने नपाइनेबारे अध्ययन अनुसन्धान भइरहेको छ।
अनुसन्धानकर्ताले सामान्य जीवनशैली भन्दा फरक खानेकुराले पोषणको पूर्ति गर्छ वा हर्मोनको कारणले खान मन पर्छ यसबारे अध्ययन भइरहेको छ।अध्ययनकर्ताले केही गर्भ धारण गरेकी महिलालाई चकलेट खान भने। विस्तारै उनलाई चकलेट मन पर्न थाल्यो।
चकलेटको बानी पर्न थालेपछि छुटाउन भन्दै उनले सेता रङ्गको चकलेट खान लगाए। विस्तारै चकलेटप्रतिको उनको रुची घट्दै गयो।यसरी चकलेट र हर्मोनको कुनै सम्बन्ध नभएको अध्ययनले देखाएको छ।
गर्भावस्थामा अनौठो खानेकुराहरु खान मन पर्नु नितान्त मनोवैज्ञानिक र सांस्कृतिक प्रभाव भएको अध्ययनले पुष्टि गरेको छ।यस्तो अवस्थामा दैनिकी भन्दा केही फरक खानेकुरा खान मन पर्नु सामान्य हो। तर विस्तार विस्तारै त्यसैको लत लाग्नु राम्रो होइन। जसको कारण आफु र भ्रुणलाई असर गरोस्।
खान मन लागेको जे पनि खानेकुरा खाँदा समस्या आउनसक्छ।यस्तो अवस्थामा चित्त बुझाउनका लागि थोरै खाए पनि पुग्छ।जसको कारण इच्छा चाहाना पूरा होस् र भ्रुणलाई असर नगरोस्।कुनै कुराको लत लाग्नु भनेको बुझाई पनि हो।
गर्भावस्थामा केही अनौठो र फरक खानेकुरा खान मन पराउँछन् भन्ने आम बुझाई छ ।आफ्नो शरीर र भ्रुणलाई समस्या हुने खानेकुरा नखान डानक्टरले सल्लाह दिएमा त्यस्ता खानेकुराबाट टाढै रहनुपर्छ।आफू र पेटभित्र हुर्किरहेको भ्रुणको बारेका ख्याल गरेर खानेकुरामा विशेष ध्यान दिनुपर्छ।