काठमाडौं । अनार एक किसिमको फल हो। जसको स्वाद गुलियो हुनका साथै स्वादिष्ट पनि हुने गर्दछ। यसको सेवन गर्दा जिब्रोलाई मात्र नभई स्वास्थ्यको लागि फाइदा पुग्छ। यसमा फाइबर, प्रोटिन, भिटामिन ‘सी’, भिटामिन ‘के’, फोलेट र पोटासियम रहेका कारण पनि अनार खानु हाम्रो स्वास्थ्यको लागि निकै हितकर छ। अनार खानुका फाइदाहरु निम्नानुसार छन्-
यदि नियमित जसो अनारको सेवन गर्ने हो भने यसले शरीरमा रगतको कमी हुन दिँदैन। साथै मुटुका रोगीहरूका लागि समेत लाभदायी हुन्छ । त्यसैले यसको सेवन गर्नु उचित रहन्छ।
यदि तपाईँमा दाँतसम्बन्धी कुनै समस्या छ भने पनि यसको सेवन गर्नु उचित रहन्छ। यसको सेवन गर्नाले सो समस्याबाट छुटकारा दिलाउनका साथै छाला चम्किलो बनाउन गर्दछ।
अनारमा पाइने एन्टिअक्सिडेन्टले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ। त्यसैले, मधुमेहका बिरामीका लागि अनार लाभदायक छ। सो कारण यसको सेवन गर्नु उपयुक्त रहन्छ।
अनारमा हुने भिटामिन, खनिजले समय नपुगी बच्चा जन्मने खतराबाट बचाउने तथा बच्चाको तौल बढाउन मद्दत गर्छ। यसै गरी, गर्भवती महिलाले अनारको सेवन गर्नु उचित रहन्छ।
अनारमा प्रशस्त मात्रामा आइरन हुन्छ, जसले रक्त अल्पता भएका बिरामीका लागि लाभदायक हुन्छ। त्यसैले यसको सेवन गर्नु उपयुक्त रहन्छ।
यदि तपाईँमा बिर्सिने जस्ता समस्या छ भने पनि यसको सेवन गर्नु फाइदाजनक हुन्छ ।जसले गर्दा यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ।
अनारले शरीरमा हुने विकारयुक्त वस्तु बाहिर निकाल्न सहयोग गर्नका साथै, प्रतिरक्षा प्रणालीमा सुधार ल्याउँछ। त्यसैले यसको सेवन गर्नु उचित रहन्छ।