कालिकोट। महिला हिंसा तथा बालबालिकाको रिपोर्टिङका लागि बृहत् अन्तरक्रिया कार्यक्रम मान्ममा सम्पन्न भएको छ। महिला हिंसा तथा बालबालिकासम्बन्धी पत्रकारहरूकाबीच एकदिने अन्तरक्रिया कार्यक्रम प्लान ईन्टनेशनल नेपालको सहयोग तथा सादा नेपालको सहजिकरणमा भएको थियो।
सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा नेपाल) कालिकोटका कार्यकारी निर्देशक अशोकनाथ योगीको अध्यक्षता र सादा नेपाल कालिकोटका अनुगमन तथा मुल्यांकन अधिकृत नमराज योगीको सञ्चालकत्व र सादा नेपाल कालिकोटका संयोजक दलसिंह कुमालको आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम भएको हो।
कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक योगीले महिला हिंसा बालविवाह, समाजमा हुने कुरितीका विरूद्वमा कालिकोटका तीन स्थानीय तह रास्कोट नगरपालिका, सान्नित्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा सादा नेपाल कालिकोटले विगतदेखि हालसम्म विभिन्न क्रियाकलाप गर्दै आएको छ।
महिला हिंसा, बालविवाह, विद्यालय जानवाट बन्चितलाई विद्यालयमा जान प्रेरित गर्ने र कार्यक्रम लागू हुनु पहिलाभन्दा हालको परिस्थितिमा महिला हिंसा र वालविवाहका घटनाहरूमा केही मात्रामा न्यूनिकरण भएको छ ।
अन्तरक्रिया कार्यक्रममा कालिकोटमा सञ्चालित रेडियो तथा अनलाईन मिडियाका पत्रकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रम प्लान ईन्टरनेशनल नेपालको अर्थिक सहयोग, सामाजिक जागरण तथा विकास प्रतिष्ठान केन्द्र कालिकोटको आयोजनामा भएको हो ।
कार्यक्रममा उपस्थित पत्रकार तथा सञ्चारकर्मीले विभिन्न हिंसामा पहिलेभन्दा अहिले केही मात्रामा कमि भए पनि अन्त्य चाहिँ नभएको बताए । समाजमा हुने महिला हिंसा, बाल हिंसा, जातिय छुवाछुत, लैंगिक हिंसामा अन्त्य गर्न सम्भव रहे पनि बालविवाह कहिलै अन्त्य नहुने धारणा राखेका छन् ।
तर, गैरसरकारी संस्थाहरुले बिलविवाह न्यूनिकरणमा सहयोग पुर्याएका छन् । समाजको परम्परागत मान्यता अनुसार अहिले पनि बालविवाह भइरहेको पाइएको छ ।