काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। त्यस्तै, राती देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
त्यस्तै, सोमबार दिउँसो देशको सुदूरपश्चिम, कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
राती देशको सुदूरपश्चिम, कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। साथै गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यस्तै, मंगलबार दिउँसो देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र वाग्मती प्रदेशमा आंशिक बदली रही बाँकी अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । साथै कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का मेघगर्जनरचट्याङसहित वर्षाको सम्भावना रही गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती देशको सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी अन्य भू-भागमा भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
साथै वाग्मती र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । देशभर तापक्रम बढ्ने क्रममा रहेकोले विशेष गरी तराई र चुरे क्षेत्रमा गर्मीबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।