एजेन्सी । विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ४५ करोडनजिक पुगेको छ ।
विश्वमा दैनिक १० लाखभन्दा बढी कोरोनाका नयाँ बिरामी थपिने गरेका छन् । पछिल्लो २४ घण्टामा १५ लाख ५९ हजार नौ सय दुई जनामा कोरोना पुष्टि भयो । यो सङ्ख्या केही दिनयताकै धेरै हो ।
दैनिक ४० लाखबाट घटेर सङ्क्रमण तीन लाखको हाराहारीमा झरेको थियो । तर पछिल्लो २४ घण्टाको तथ्याङ्कले सङ्क्रमण बढेको देखाएको छ । हालसम्म विश्वमा ४४ करोड ९४ लाख ४६ हजार पाँच सय ८३ जनामा कोरोना पुष्टि भइसकेको छ ।
सङ्क्रमितमध्ये ३८ करोड ३७ लाख ५० हजार दुई सय ४१ जना उपचारपछि निको भइसकेका छन् । एकै दिन १८ लाख २२ हजार तीन सय ४३ जना कोरोनामुक्त बने । विश्वमा हाल पाँच करोड ९६ लाख ६२ हजार दुई सय २७ जना सक्रिय सङ्क्रमितको उपचार जारी छ ।
उपचाररतमध्ये ६९ हजार सात सय ११ जनाको स्वास्थ्य अवस्था निक्कै जटिल छ । विश्वमा एकै दिन छ हजार छ सय नौ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ६० लाख ३४ हजार एक सय १५ पुगेको छ ।
अमेरिकामा एकै दिन २४ हजार १५ जना नयाँ बिरामी थपिएका छन् । सङ्क्रमित सङ्ख्या आठ करोड १० लाख तीन हजार नौ सय ९२ पुगेको छ । पाँच करोड ५१ लाख ७७ हजार नौ सय ५८ जना उपचारपछि निको भइसके ।
पछिल्लो २४ घण्टामा एक लाख ६४ हजार नौ सय ४७ जनाले कोरोनालाई जितेका छन् । अमेरिकामामा दुई करोड ४८ लाख ३८ हजार छ सय ९८ जनाको उपचार जारी छ । उपचाररतमध्ये पाँच हजार पाँच सय ७८ जनाको अवस्था चिन्ताजनक छ ।
अमेरिकामा पछिल्लो २४ घण्टाभित्र कोरोनाका कारण नौ सय ८१ जनाको मृत्यु भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या नौ लाख ८७ हजार तीन सय ३६ पुगेको छ । अमेरिका कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै पहिलो नम्बरमा रहेको मुलुक हो ।