काठमाडौं । मिर्गौलाको पत्थरी एउटा आम समस्या हो । विश्व स्वास्थ्य संगठनले जारि गरेको तथ्याङ्क अनुरूप संसारका ७ प्रतिशत मानिसहरू यो रोग बाट पिडित छन् ।
मिर्गौलाले छानेको मुत्रमा पथ्थर बनाउने तत्वहरू बढ्न जाँदा वा मुत्रको मात्रा कम हुँदा मिर्गौलामा पथ्थर बन्न पुग्दछ । यो क्रिया सुसुप्त ढङ्गले हुनेहुँदा पथ्थरले ठुलो आकार लिए पछि मात्र यसको लक्षणहरू देखा पर्दछन् ।
छिन-छिनमा पिसाब लाग्नु ?
अचानक छिन-छिनमा पिसाब लाग्न शुरुहुनु मिर्गौलाको पत्थरीको सुरूवाती लक्षणहरू हुन सक्छ । यदि धेरै चोटी पिसाब लाग्यो र पिसाब गर्दा गुप्ताङ्ग ओरिपरी दुख्ने लक्षण एकसाथ सुरु भएको हो भने यो लक्षण मिर्गौलाको पथ्थरीको हुनसक्छ। मिर्गौलाको पत्थरी हुँदा पत्थरका टुक्राहरू मूत्रमार्ग हुँदै पिसाब थैली र गुप्ताङ्ग सम्म आउनसक्छ । यसरी पथ्थरी मिर्गौलाबाट तल झर्दा निरन्तर पिसाब लाग्ने र पिसाब फेर्दा दुख्ने हुन सक्छ ।
कम्मर दुख्ने ?
मिर्गौलाको पथ्थरी हुँदाको अर्को लक्षण भनेको कम्मर दुख्नु हो । यदि कम्मर दुखाई अचानक र तीव्र प्रकृतिको हो भने यसको कारण मिर्गौलाको पथ्थरी हुन सक्छ । यसरी मिर्गौलाको पथ्थरीको कारणले कम्मर दुख्दा पेट र कट्टितिर पनि दुखाइ प्रसारित हुने गर्छ ।
दुर्गन्धित पिसाब आउनु ?
मिर्गौलाको पथ्थरी हुँदा पथ्थरले मिर्गौलाको स(साना रक्तनलीहरू, मूत्र वाहिनी नलीहरू वा मुत्रथैलीलाई घोचेर, घाउचोट पुर्याउन सक्दछ । यसरी चोट पश्चात त्यहाँ रक्ताश्राव भई मुत्रमा रगत मिसिएर आउँदा पिसाब अनौठो किसमले गन्हाउने गर्दछ ।
वाकावाकी लाग्ने,बान्ता हुने ?
मिर्गौलाको पथ्थरी हुँदा पथ्थरकै कारणले मुत्र नलीको संक्रमण हुन सक्दछ । संक्रमणको कारणले खान मन नलाग्ने, वाकवाकी लाग्ने, र बान्ता समेत हुन सक्ने स्थिति आउन सक्दछ ।
पिसाबमा रगत देखिनु ?
मिर्गौलाको पथ्थरी हुँदा पथ्थरले मिर्गौला मुत्र वाहिनी नलि वा मुत्र थैलीमा दरफ¥याएर घाउ समेत बनाउँन सक्दछ । यसरी घाउ बनाएको ठाउँबाट रक्तश्राव हुँदा सो रगत पिसाबमा आएर पिसाबमा रगन समेत देखा पर्दछ ।
ज्वरो आउने ?
मिर्गौलाको पथ्थरी हुँदा र पथ्थरको कारणले मुत्र मार्गमा सक्रंमण समेत हुने हुँदा ज्वरो समेत आउन सक्दछ ।