काठमाडौं । पछिल्लो समय ओम समाज डेन्टल हस्पिटलले धेरै प्रकारका स्वास्थ्य शिविरहरु गरिरहेको छ । हस्पिटलले दैनिक दुई,तिन स्थानमा नि:शुल्क दन्त शिविरहरुको आयोजना गरी हजारौंलाई नि:शुल्क दन्त सेवा दिदैं आइरहेको छ।
शिविर व्यवस्थापनका बिषयमा हामीले ओम समाज डेन्टल हस्पिटलका प्रशासन प्रमुख अजय रेग्मीसँग गरेको कुराकानीको सम्पादित अंश
दैनिक जस्तो स्वास्थ्य शिविरको आयोजना किन गर्नुहुन्छ ?
ओम समाज डेन्टल हस्पिटल “जसको दाँत सबल उसको जीवन सफल” नाराका साथ मुख स्वास्थको मात्र हेरचाह र नियन्त्रण गर्नाले ९० प्रतिसत रोग लाग्दैन भन्ने सन्देश बाँड्दै सबैको पहुँचमा दन्त उपचार सहज,सुलभ बनाउनका लागि दैनिक जस्तै २/३ स्थानमा नि:शुल्क दन्त शिविरको आयोजना गर्दै आइरहेको छ ।
शिविर सञ्चालनका लागि स्थान छनोट कसरी गर्नुहुन्छ ?
हामी सबैको पहुँचमा सहज,सुलभ दन्त उपचार पुर्याउन चाहन्छौ । वर्तमान अवस्थामा काठमाडौं लगायत अन्य ५र६ वटा ठुला सहरमा बाहेक अन्य स्थानमा दाँतको बिरामीले पैसा भएर पनि सहजै उपचार बाट बन्चित छन् भने कोहि पैसा नभएर वन्चित छन् ।
त्यसैले हामीले देशका सुगम तथा दुर्गम स्थान हरुमा नि:शुल्क दन्त शिबिर तथा जनचेतना मुलक कार्यक्रम संचालन गर्दै आएका छौं । हामीले नेपालको पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म दन्त शिविर सञ्चालन गरेका छौं ।
पछिल्लो समय कहाँ कहाँ शिविर आयोजना गर्नुभयो ?
पछिल्लो एक सातामा हामीले त्रिरत्न स्कुल बुन्मतीमा , बुढानीलकण्ठ नगरपालिका वडा न १२ स्थित राधाकृष्ण टोल सुधार समितिमा ,केन्द्रिय बैरा बिद्यालय नक्सालमा, युनिभर्स मा. बि. धुम्बाराहीमा, श्री सिद्दी गणेश माध्यामिक बिद्यालय गागलफेदीमा, तथा बाल नमुना मा.बि. बालुवाटारमा शिविर सम्पन्न गरेका छौं ।
आगामी दिनमा कहाँ कहाँ स्वास्थ्य शिविर सञ्चालन गर्ने योजनामा हुनुहुन्छ?
आगामी चैत्र महिनामा हामीले सिन्धुपाल्चोक,गोरखा र धादिंङमा २/३ दिनको दन्त शिबिर सञ्चालन गर्ने योजना बनाएका छौं ।
शिविरबाट बिरामीले के कस्तो उपचार सेवा पाउँछन् ?
हामीले आयोजना गर्ने दन्त शिविर पूर्ण रुपमा नि:शुल्क हुन्छ । त्यसबाट बिरामीले दाँत परीक्षण गर्ने गर्ने ,दाँत सफा गर्ने,दाँत निकाल्ने,दाँत भर्ने जस्ता सेवा पाउँछन् । शिविरमा फरक खालको एम्बुलेन्सको प्रयोग हुने भएकाले बिरामी सुत्ने चिएर,कम्प्रेसर(हावा),सबै जडित हुन्छ जसबाट बिरामीले हस्पिटलमा नै पाउने खालका सेवा पाउन सक्छन् ।
शिविरको आयोजना कसरी गर्नुपर्छ ?
दन्त शिविर संञ्चालनका लागि यदि कसैले स्थान विशेषको अवस्थाबारे जानकारी गराएको खण्डमा हामीले सहजै उक्त स्थानमा शिबिर ब्यबस्थापन गर्ने गरेका छौ ।