एजेन्सी । पाइल्स अस्वस्थ खानपानका कारण लाग्ने रोग हो ।
सुरुमा रोगको पहिचान नहुनु र थाहा पाएपछि पनि लाजका कारण उपचारमा ढिलाइ हुने समस्याले पाइल्सको समस्याले धेरैजसोलाई सताएको पाइन्छ । पाइल्स भएका मानिसको मलद्वारको भित्री र बाहिर दुवै ठाउँ सुन्निने हुन्छ । शौच गर्दा रगत निक्लनुका साथै अत्यधिक दुखाइ सहनुपर्ने हुन्छ । पाइल्स कुनै पनि उमेरका मानिसलाई हुनसक्छ ।
पाइल्स कब्जियत, ग्यास्ट्रिक र पाचनसम्बन्धी समस्या भएका मानिसमा बढी हुन्छ । साथै परिवारका कुनै सदस्यलाई पाइल्सको समस्या भएमा अन्य सदस्यलाई पनि हुने सम्भावना बढी हुन्छ । अस्वस्थ खानपानका कारण यसको जोखिम बढ्ने हँुदा पाइल्सका बिरामीले यस्ता खानपानमा ध्यान दिन जरुरीः
– पाइल्सको समस्या भएका मानिसले मसालेदार खाना खानु हानिकारक हुनसक्छ । मसला धेरै भएको खानाले पाइल्सको बिरामीले शौच गर्दा असह्य पीडा हुने तथा रक्तश्राव पनि हुन सक्छ ।
– पाइल्सका बिरामीले तारेका र प्रशोधन गरिएका खानेकुरा खानुहुँदैन । फ्रोजन मिट, फास्ट फुड र डिप फ्राइड खानेकुरा पचाउनका लागि धेरै समय लाग्छ । यी सबैले पाचन प्रणालीलाई बिगार गर्ने र कब्जियतको समस्या निम्त्याउँछ ।
– पाइल्सका बिरामीले डेरी प्रडक्टको प्रयोग कम गर्नु उचित हुन्छ । डेरी प्रडक्ट खानाले धेरै मानिसलाई ग्यास, कब्जियत र पेट दुख्ने समस्या हुन्छ । दूध, पनिर र अन्य दूग्ध उत्पादनले पाइल्सको समस्या बढाउने काम गर्छ ।
– पाइल्सको समस्या भएमा फलफूलको सेवन फाइदाजनक हुनसक्छ । तर काँचो वा आधा काँचो फलले कब्जियतको समस्या बढाउन सक्छ जसले पाइल्सका बिरामीलाई गाह्रो हुनसक्छ ।
– पाइल्सको समस्या भएकाले प्रशोधन गरिएका खाद्यवस्तुको सेवनबाट बच्नुपर्छ । सेतो चामल, सेतो रोटी, कुकिज, केक आदिमा फाइबर अत्यन्त कम मात्रामा पाइने हुँदा पाइल्सका बिरामीले प्रशोधन नगरिएका अन्नको प्रयोग गर्नुपर्छ ।
– पाइल्सको समस्या भएकाले धेरै नुन भएको खाना, प्याकेजिङ गरिएको खाना खानु हँुदैन । यसले शरीरमा पानीको कमी भई शरीरमा रक्तप्रवाह प्रभावित हुन्छ । यसबाट शरीरका अन्य अङ्गमा पनि नकारात्मक असर पर्न जान्छ ।
– पाइल्सको समस्या भएका मानिसले उच्च फाइबरयुक्त खानाको सेवन गर्नु हुँदैन । अधिक मात्रामा फाइबरयुक्त खाना कब्जियतको समस्या भएका बिरामीलाई हुन्छ । पाइल्सका बिरामीले सीमित मात्रामा मात्रै फाइबरको सेवन गर्नुपर्छ ।
– पाइल्सको समस्या भएका मानसिले रक्सीको सेवन गर्नु हुँदैन । रक्सीले पाचन तन्त्रलाई नियन्त्रित गर्छ र आन्द्रामा डिहाइड्रेसनको समस्या बढाउँछ ।