काठमाडौं । विदेशबाट आउँदा कोरोना परीक्षणको नेगेटिभ पीसीआर रिपोर्ट या पूर्णमात्रामा खोप लगाएको कार्ड पेश गरे हुने भएको छ। गत फागुन १६ गतेको मन्त्रिपरिषद् बैठकले विदेशबाट नेपाल आउनेहरुले पूर्णमात्रामा खोप लगाएको कार्ड पेश गरे पुग्ने निर्णय गरेको हो।
विदेशबाट आउनेहरुले त्रिभुवन विमानस्थलमा पीसीआर गरेको रिपोर्ट पेश गर्नुपर्ने व्यवस्था झन्झटिलो भएको भन्दै पर्यटन व्यवसायीलगायतले आलोचना गर्दै आएका थिए। अन्य मुलुकहरुले पीसीआरको व्यवस्था हटाउँदासमेत नेपालमा कायमै रहेको भन्दै कूटनीतिकवृत्तबाट समेत सरकारलाई दबाब पर्दै आएको थियो।
सरकारले उक्त निर्णयबारे सम्बन्धित मन्त्रालयहरुलाई सर्कुलर गरेको छ। नयाँ निर्णयअनुसार अब विदेशबाट नेपाल आउँदा क्वारेन्टिन बस्नुपर्ने प्रावधानसमेत हटाइएको छ।
नयाँ निर्णयअनुसार अब हवाईमार्गबाट आउने यात्रुहरु निर्वाध नेपाल प्रवेश गर्न सक्नेछन्। खोपकार्ड पेश गर्न नसक्नेले ७२ घण्टाअघिको नेगेटिभ रिपोर्ट पेश गरेमा समेत प्रवेश पाउनसक्ने बताइएको छ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरमणि अधिकारीले भने मन्त्रिपरिषद्को उक्त निर्णय प्राप्त भइनसकेको उल्लेख गर्दै त्यो प्राप्त गरेपछिमात्र कस्तो निर्णय भएको छ भनेर भन्न सक्ने बताए।