नशा च्यापिने समस्या
नशा च्यापिने समस्या सामान्यदेखी जटिल रुपमा समेत देखा पर्ने गर्छ । हड्डी खिइने समस्या देखा परेपश्चात् मानिसहरुमा नशा च्यापिने समस्या देखा पर्ने गर्छ ।
हड्डी खिइने समस्या देखिसकेपछि नशा पिन्च हुने तथा कम्मरदेखी मुनिको भागमा रहेका नशाहरु निदाउने,झमझमाउने,पोल्ने तथा करेन्ट लागेको जस्तो अनुभव भएमा त्यसलाई नशा च्यापिने समस्या भनिन्छ ।
कस्ता मानिसमा आउँछ नशा च्यापिने समस्या ?
नशा च्यापिने समस्या जुनसुकै उमेर समूहका मानिसहरुमा देखा पर्न सक्छ । ढाडको हेरचाहमा कमी हुँदा पनि नशा च्यापिने समस्या देखा पर्ने गर्छ ।
झुक्ने, भारी वस्तु उठाउने, गलत तरिकाले उठ्ने, बस्ने, हिड्ने, व्यायाम नगर्ने, अग्लो हिल भएको जुत्ता चप्पल लगाउने, खाल्डो बाटोमा बाइक चलाउने, कुप्रेर लामो समय कुर्सीमा बस्ने, धेरै बच्चा जन्माएकी आमा, मोटा तथा भुँडीलागेका व्यक्तिहरू, तथा लामो समयदेखि मोटरसाइकल चलाउनेमा यो समस्या बढी मात्रामा देखिने गर्छ । यस्ता खराब जीवनशैली भएका व्यक्तिको डिक्स तथा हड्डी चाडै खिइने, सुनिने र घोटिने हुन्छ । फलतः डिक्सले आफ्नो ठाउँ छाडेर नशा च्याप्न पुग्छ ।
यो समस्या बढी मात्रामा ५० वर्ष माथि उमेर समूहका मानिसमा देखा पर्ने गर्छ । बुढापाका मानिसहरुमा हड्डी खिइने भएकोले नशा च्यापिने समस्या देखा पर्छ ।
नशा च्यापिँदा कस्तो लक्षण हुन्छ ?
नशा च्यापिँदा मुख्यतः नशाको क्रिया अवरुद्ध भै कम्मर÷गर्दन दुख्ने, च्यापिएको नशा गएको खुट्टा वा हाततिर दुख्ने, हातखुट्टा निदाउने, झमझमाउने, लाटो हुने र बिस्तारै हातखुट्टा तथा ढाड चलाउन नसकिने, ढाडमा असहनीय पीडा हुने, उठ्दा बस्दा, हिँड्दा, खोक्दा र हाच्छिउँ गर्दा ढाड र हातखुट्टा दुख्ने गर्छ ।
समस्या बढ्दै गएमा, औलाहरूमा कमजोरी देखा पर्ने, हातखुट्टा सुक्दै जाने, र प्यारालाइसिस पनि हुन सक्छ (यदि गर्दनको धेरै नशा च्यापिएको बढ्दै गएमा चक्कर लाग्ने, टाउको दुखे, आदि)। समस्या गम्भीर भए दिशा पिसाबमै समस्या देखा पर्न गई तुरुन्त व्यवस्थापन गर्नुपर्ने पनि हुन सक्छ ।
परम्परा दिव्य आयुर्वेद औषधालयमा नशा च्यापिने समस्याको कसरी उपचार गरिन्छ ?
नशा च्यापिने समस्याका कारण हातगोडा झमझमाउने तथा कम्मर मुनिका विभिन्न अंगहरुमा पीडा भयो भन्दै बिरामीहरु यस परम्परा दिव्य आयुर्वेद औषधालयमा आउने गर्छन् ।
हामीले यहाँ नहा च्यापिने समस्या भएर आउने बिरामीहरुको अग्निीकर्म उपचार विधीद्वारा उपचार गर्छाैं । यस उपचार विधीका लागि ५देखी ७ मिनेटको समय लाग्छ । यसै समय अवधिमा बिरामीको दुखाई कम हुँदै जान्छ ।
बिरामीको पीडालाई कम गराउन हामीले पञ्चकर्म विधीले पनि उपचार गर्छाैं । साथै पीडा कम गराउनका लागि विभिन्न प्रकारका औषधिहरु समेत दिने गरिन्छ । हामीकहाँ हड्डी नशा बलियो बनाउने विभिन्न प्रकारका औषधिहरु पनि जसले नशा च्यापिने समस्याबाट मुक्ति पाउन सकिन्छ ।
नशा च्यापिने समस्या देखिपछि बिरामीहरुले औषधिको सेवन गर्नुका साथ साथै विभिन्न प्रकारका व्यायाम पनि गर्नुपर्ने हुन्छ । यस्ता समस्या हुँदा बिरामीहरुले फिजियोथेरापीको विभिन्न प्रकारका व्यायामहरु गर्नुपर्ने हुन्छ ।
उपचार कतिको महँगो छ ?
परम्परा दिव्य आयुर्वेद औषधालयबाट बन्ने औषधिहरुमा गु्णस्तरीय कच्चा पदार्थको प्रयोग हुने गर्छ । कच्चा पदार्थको गुणस्तरीयताका कारण यहाँ बन्ने औषधीहरु केही महँगो पनि हुनसक्छ ।
उपचारबाट बिरामीले प्राप्त गर्ने सन्तुष्टिको आधारमा भन्ने हो भने त्यो रकम खासै धेरै भने होइन । यस केन्द्रमा नेपालमै रहेका दुर्लभ र बहुमुल्य जडिबुटीहरुलाई परम्परागत रुपमा ढिकी, खलमा कुटेर औषधी बनाइन्छ ।