एजेन्सी । धेरै जसो मानिसले पानी पिएर दिनको सुरुवात गर्ने गर्छन् । स्वास्थ्य विशेषज्ञहरू पनि स्वस्थ रहन र शरीरलाई हाइड्रेटेड राख्न पर्याप्त पानी पिउन सल्लाह दिन्छन् । पानी पिउँदा शरीरले सही तरिकाले काम गर्छ ।
यसले शरीरबाट विषालु पदार्थ बाहिर निकाल्ने, रगत सफा बनाउने, नयाँ कोशिकाहरूको निर्माण गर्छ । यसले मेटाबोलिज्म सक्रिय गराउने हुँदा कब्जियत हुनबाट समेत बचाउँछ ।
तर गलत तरिकाले पानी पिउँदा शरीरमा नकारात्मक असर पर्छ । शरीरमा अधिकभन्दा अधिक पानी हुन्छ । यसको अर्थ शरीरले सही तरिकाले काम गर्नका लागि पानीको उपयोग गर्छ । पाचन प्रक्रियालाई सही राख्न, कब्जियत हुन नदिन, टोक्सिन्स बाहिर निकाल्न, पत्थरी बाहिर निकाल्न तथा छालालाई सुख्खा हुन नदिन पानी चाहिन्छ ।
पानी सही मात्रामा नपिउँदा शरीरमा विभिन्न समस्या आउँछ । त्यसैले पर्याप्त पानी पिउन आवश्यक छ । धेरै व्यक्तिहरू प्यास लाग्दा पनि पानी पिउँदैनन् । प्यास लाग्दा पानी पिउनै पर्छ । तर प्यास नलागेको समयमा पनि सही तरिकाले पानी पिउनुपर्छ । प्यास लाग्दा वा नलाग्दा एक वा दुई गिलास पानी पिउनु सामान्य नै हो । तर मानिसहरू एक पटक धेरै पानी पिउने गर्छन् ।
एकैपटक अत्यधिक पानी पिउनाले शरीरको मेटाबोलिज्ममा गलत असर पार्छ । पानीमा काटिएको फलफूल हालेर पिउने गरिन्छ । यसरी पानी पिउँदा साल्मोनेला, ई।कोली जस्ता व्याक्टेरियाको सङ्क्रमण हुने सम्भावना हुन्छ । यसरी खाँदा फलफूलको बोक्रामार्फत ब्याक्टेरिया शरीरभित्र जान्छ । जुन शरीरभित्र रोगको कारण बन्छ ।
क्याफिन र रक्सीको सेवनपछि पानी नपिउँदा शरीर सुख्खा हुन्छ । यी पेय पदार्थ सेवन गर्ने मानिसलाई तरल पदार्थको रूपमा धेरै पानी पिएको जस्तो लाग्छ जसकारण उनिहरू कम पानी पिउने गर्छन् । यसले शरीरलाई डिहाइड्रेट गर्न सक्ने हुँदा कफी र रक्सीको सेवनपछि धेरै पानी पिउनुपर्छ ।
धेरैले प्लास्टिकको बोतलको पानी पिउने गर्छन् । प्लाष्टिकको बोतलको पानीमा बिपिए केमिकल बिस्फेनोल एको प्रयोग गरिएको हुन्छ । अनुसन्धानअनुसार यो केमिकलले शरीरमा असर गर्ने तथा जन्मसम्बन्धी समस्याहरू निम्त्याउँन सक्छ । बिपिए बोतलमा राखिएको पानी पिउँदा उच्च ब्लड प्रेसर, हर्मोन असन्तुलन, टाइप २ मधुमेह र हृदयरोगको जोखिम बढ्छ ।