होलीलाई रंगहरुको पर्वका रुपमा लिइन्छ । यो पर्व बालबालिका देखि बुढापाकाहरुलाई समेत आकर्षित पार्ने पर्व पनि हो । तर होलीमा प्रयोग हुने रंगहरुमा विभिन्न प्रकारका केमिकल मिसिएका हुन्छन् । जुन हाम्रो कपाल, छाला तथा नङका लागि समेत हानिकारक मानिन्छ ।
त्यसैले हामीले हाम्रो शरीर ती अंगहरुलाई जोगाउँदै सुरक्षित तवरले होली खेल्न सक्छौं । आजकाल बजारमा पाइने रंगहरुमा केमिकलहरु, रसायनहरु मिसाइएको हुन्छ । जसले छालामा विभिन्न प्रकारका इन्फेक्सन हुने खतरा बढाउँछ । रंगको प्रयोगले छाला तथा कपालमा सुख्खापना बढ्ने गर्छ ।
होली खेल्नुपूर्व छालाको सुरक्षा कसरी गर्ने ?
हामीले होली खेल्नुपूर्व मुख्यतया नङ,कपाल र छालाको सुरक्षाका लागि विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । छालाको स्याहारको लागि मोस्टराइजर प्रयोग गर्ने।नङमा नङ पोलिस लगाउने तर लेन्स नलगाउने ।
होली खेल्नुपूर्व गर्नुपर्ने कामहरु ?
-अनुहारमा मोस्टराइजर वा नरिवलको तेलको प्रयोग गर्ने ।
-रसायनयुक्त रंगबाट बच्नको लागि सन ग्लासको प्रयोग गर्नुपर्छ ।
-चमकदार र गाढा रंगको कपडालाई प्राथमिकता दिनुहोस्।
-शरिरमा र कपालमा नरिवल वा कुनै अन्य तेल लगाउनुहोस् । तेल लगाउँदा रंगले छालामा र कपालमा असर गर्दैन । तेल लगाएपछि रंग पनि धुँदा मज्जाले सफा हुन्छ ।
-रंग सफा गर्दा मनतातो अथवा चिसो पानीको प्रयोग गर्नुहोस् ।
-घामबाट छालालाई जोगाउन वाटर प्रुफ सन ब्लकको प्रयोग गर्नुहोस् ।
होली खेलिसकेपछि ध्यान दिनुपर्ने कुराहरु
१. होलीको रङले स्किनबाट हटाउँदा जहिले पनि चीसो पानीको प्रयोग गर्ने किनभने तातो पानीले रङ झनै छालामा टासिन्छ र हटाउन ग्राहो हुन्छ ।
२. रङ छालाबाट हटाउनको लागि स्क्र्बको प्रयोग गर्न हुँदैन । जहिले नरम र आयुर्वेदिक सफ्ट क्लिन्जिंगको प्रयोग गर्ने ।
३. रङ हटाउन मेकअप रिमुभर लिकुइडको वा वाटरको पनि प्रयोग गर्न सकिन्छ ।
४. होली खेलेपछि नुहाउँदा हामीले मिल्ड साबुन, फ्री क्लिनजरको प्रयोग गर्न सक्छौं ।
५नुहाएपछि पनि राम्रोसँग मोस्टराइजर लगाउने ।
६. हामीले होली खेलिसके पछिको एक साता अनुहार र छालाको विशेष ख्याल गर्न पर्ने हुन्छ । त्यसका लागि नियमित भन्दा बढी बडी लोशन लगाउने, मोस्चराइजरको प्रयोग गर्ने जसले गर्दा स्किन बढी सुख्खा हुन् पाउंदैन ।
यसको साथै कपालमा पनि हेयर ट्रिटमेन्ट तथा हेयर इस्पा लगाउने गर्नुपर्छ ।
७. कपालबाट होलीको रङ हटाउन मनतातो पानीको प्रयोग गर्ने ।
त्यसपछि मिल्ड स्याम्प विथ प्रोटिन वा हाइ मोस्चराइजर स्याम्पुको प्रयोग गर्न सकिन्छ। स्याम्पुपछि कन्डिसनर अनिवार्य प्रयोग गर्नुपर्छ ।
८. यदि होलीको रङहरुले कपाल एकदम सुख्खा भएको छ भने ह्येर स्पा गर्ने ।