- समृद्धा के.सी.
काठमाडौं- परिवार हुँदा हुदै पनि टुहुरो जिवन बिताइरहेका बालबालिकाहरुलाई उनिहरुको परिवार सँग पुनः मिलन गराउन बिना तामाङ हरेक पल तत्पर छिन् । विभिन्न कारणले आफ्नो परिवारबाट अलगिएका बालबालिकालाई उनिहरुको अभिभावकसम्म पुर्याउनु तामाङको दैनिकी भएको छ । कलीलो उमेरमै घरपरिवारसँग टाढिएका बालबालिकालाई परिवारसम्म पुर्याउन उनि एक माध्यमको रुपमा काम गरिरहेकि छन् ।
२३ वर्ष अघि बुबा हिमानसिहं र आमा बिन्दुमाया तामाङको कोखाबाट नबबुद्धमा जन्मिएकि बिनाको सानो र मध्यम वर्गिय परिवार छ । परिवारमा बुबा, आमा, उनी र एक जना मात्र दाई छन् ।
प्लस्टु सकेपछि फेसन डिजाइनर पढ्ने इच्छा भएकी बिनाले परिवारको साथ र सहयोग नपाउँदा त्यो सपना पुरा गर्न सकिनन् ।
सानैबाट सहयोगी स्वभाबकी उनि दिनदुखीहरुलाई सहयोग गर्न पाउँदा सन्तुष्ट भएको महसुस गर्थिन । त्यसकारण समाजीक कार्यमा क्रियाशिल हुन बि.एस.डब्लू पढ्ने निर्णय गरिन् । भक्तपुर स्थित लोकन्थलिमा रहेको समृद्धि कलेजका शिक्षक रमेश हमालको सहायताले उनि समृद्धी कलेजमा पहिलो ब्याचको रुपमा बि.एस. डब्लू मा भर्ना भइन् ।
बिना समृद्धीकलेजमा भर्ना भएपछि एकदमै लगनशिल र मेहनत साथ पढने गरेको सो कलेजका शिक्षक हमालले बताए । उनले भने कलेजले समय समयमा विद्यार्थीिहरुलाई सामाजीकार्यका लागि विभिन्न ठाउँमा लैजाने गर्छ सोहि क्रममा बिनाले धेरै ठाउँमा राम्रो प्रस्तुती देखाएर सम्पूर्ण शिक्षक र अन्य साथीहरुको मन जित्थिन् ।
सामाजीक सेवामा लाग्दै स्नातक पास गरेकी बिना त्यसपछि के गर्ने भन्ने अन्योलमा परिन् । दाई बाहिर भएका कारण बिदेश नै जानु पर्छ भन्ने घरबाट दबाब आयो तर उनलाई नेपालमानै केहि गर्ने मन थियो ।
केहि नयाँ गरेर आफ्नो अलग पहिचान बनाउँन सकु भन्ने भाव हरेक मानिसको हुन्छ । तर केहि मानिसहरु मात्र आफ्नो सपनाको शिखर चुम्न विभिन्न समस्याका बावजुत पनि लागिरहन्छन् भने केहि आधाबाटोमा नै हरेश मान्छन्। विभिन्न समस्याको सामना जसले गर्छ, अन्ततः उहि सफल बन्छ । विभिन्न समस्यालाई सामाना गर्दै बिना अघि बढिरहेकी छिन् ।
करिब डेड वर्ष देखि महाराजगंज स्थित हिमाली नवीन समाजमा पुनरमिलन अधिकृत र बालअधिकारकर्मीका रुपमा बिना कार्यरत थिइन् । त्यस संस्थामा आबद्ध भएपछि बिस्तारै सबै कामहरु सिक्दै समाजिक कार्यको महत्व बुझ्ने अवसर उनले पाइन्।
सरकारले अलपत्रमा परेका १८ महिना देखि १४ वर्ष सम्मका बालबालिकाहरुलाई हिमाली नवीन समाजलाई दिने गर्छ । उद्धार गरिएका बालबालिकाहरुलाई राख्नका लागि हिमाली नवीन समाजले शक्ती घर बनाएको छ । सरकारले जिम्मा लगाएका ति बालबालिकाहरुलाई उनिहरुको परिवारको जिम्मा नलाउँदा सम्म त्यहि राख्ने गरेको अधिकृत बिनाले बताइन् ।
बिनाका अनुसार, निम्न वर्गका परिवारका बालबालिका अझै पनि राम्रो शिक्षा, स्वास्थ्य पाउने प्रलोभनमा श्रम शोषण र हिसांमा परिरेहका छन् । नेपालमा रहेका केहि बालगृह अनैतिक रुपमा चलिरहेका छन् । उनिहरुका लागी बालबालिका पैसा कामाउने भाडो भएका छन् । केहि समय पहिला नवजात शिशु भेटाए भन्दै मिडीयामा आएकी एक बालगृह सन्चालीका केहि समयका लागी मिडीयामा भाइरल भइन् तर अन्त्यमा झुटो साबित भइन् । हाल नेपालमा अनैतिक रुपमा चलिरहेका बालगृहबाट नेपाल सरकारले नियमन गर्दै धेरै संख्यामा बालबालिकाहरु उद्धार गरिहेको छ ।
सरकारले उद्धार गरेका बालबालिकामध्ये केहि हिमाली नवीन समाजमा ल्याइने गरेको उनले बताइन् । बिना भन्छिन्'सरकारले जिम्मा लगाएका बालबालिकाहरु कोहि सानै उमेरका हुन्छन् उनिहरुलाई आफ्नो घर कँहा हो भन्ने समेत थाहा हुदैन ।'कोहि बालबालिकाले घरको ठेगाना मात्र दिन्छन् त्यहि आधारमा घर खोज्दै जान्छौं तर केहि बालबालिका अनभिग्य हुन्छन् । उनिहरुलाई परिवार नै छ वा छैन भन्ने नै थाहा हुदैन ।,तिनै बालबालिकाहरुलाई घर सम्म पुर्याउने हाम्रो मुख्य कार्य हो ।,यसरी हामीले अलपत्र परेका बालबालिकाहरुलाई परिवार सँग पुनः मिलन गराउँन पुलको काम गर्दै आइरहेका छौं ।'
उनि भन्छिन्, 'हामीले परिवारसँग पुनरमिलन गराएका बालबालिकाहरु मध्ये धेरै जसो चितवन ,हुम्ला र जुम्लाका बिकट ठाउँका छन् ।, हामीले केन्द्र, प्रदेश ,स्थानिय सरकारसँगको सहकार्यमा काम गर्दै आइरहेका छौं ।'
राम्रो शिक्षा र स्वास्थ्यका लागि अभिभावकहरुले आफन्तकै माध्यमहरुबाट छोराछोरीहरुलाई बालगृहमा पठाइरहेका छन् । सबै बालगृह नराम्रो नै हुन्छन् भन्ने छैन तर केहि बालगृहरु पैसा कमाउने भाडो बनिरहेका छन् ।
उनका अनुसार सो संस्थाले हालसम्म्म हजार भन्दा बढि बालबालिकालाई परिवार सँग पुर्नमिलन गराई सकेका छन् । यसरी परिवारसँग पुर्नमिलन गराइसकेपछि पनि उनिहरले कम्तीमा ५ वर्ष सम्म बालबालिकाको अवस्था बुझ्ने गरेका छन् ।
उनी भन्छिन्, 'बालगृहमा रहेका बालबालिकालाई माया दिन आफ्नै परिवार नातागोता नै हुनु पर्छ भन्ने हुदैन, सबैभन्दा ठुलो भावनात्मक सम्बन्ध हो । यो कामले गर्दा आफुले झनै राम्रोसँग परिवारको महत्वलाई बुझे जस्तो लाग्छ ।,आफुले परिवारको माया पाइरहेकि छु ।', तर कती बालबालिका परिवार विहिन छन् । कति आफ्नो घर परिवारबाट टाढा छन् । उनिहरुलाई परिवारको माया के हो चिनाउँनु छ जसका लागी म अगाड बढिरहेकि छु ।'
बालबालिकाहरुको पारिवारीक पुनरमिलन गराउनु पुर्वको समय उनिहरु सँग बिताउँदा आफु उनिहरुको अभिवावक हुँ जस्तो अनुभव हुने उनले बताइन् । जसले गर्दा आफुमा निकै ठुलो जिम्मेवारी पाएको जस्तो महशुस हुन्छ । अझ बालबालिकाहरुले गर्ने व्यवहारले सकारात्मक उर्जा दिने उनको भनाइ छ ।
तर कोहि कोहि त निकै साना बालबालिका हुने भएकाले उनिहरुलाई समाल्न निकै गाह्रो हुने गर्छ ।
बालगृहमा रहेका बालबालिकाले भविष्यमा बिना दिदि जस्तै समाजसेवी बन्छु भनेर सोधपुछ गरिरहरको थाहा पाउँदा आफैमा गर्भ महसुस हुन्छ । बालबालिकाहरुलाई परिवारसँग पुर्नमिलन गराउँदा केहि अभिभावकहरु छोराछोरीलाई ल्याइदिनु भयो धन्यवाद भन्छन् भने केहि त उल्टो कुरा नबुझेर अनेकथरी सुनाउने गरेको उनले बताइन्। यसरी परिवार देखि टाढा भएका बालबालिाकालाई उनिहरुको परिवारसँग भेटाउँदा खुशिको सिमा नभएको उनले भनिन् ।
उनि भन्छिन्'अन्जानमा टेकेको पाइलाले अहिले म यँहा सम्म पुगेको छु । अझै यहि क्षेत्रमा धेरै उदाहणिय कामहरु गर्नु छ । उनले आगामी दिनहरुमा पनि परिवार बिहीन बालबालिकाहरुका लागि नै आफु सर्मपित हुने बताइन् ।'
यस क्षेत्रमा आउन उनले धेरै चुनौतिहरुको सामना गर्नु परेको बताइन् । यस क्षेत्रमा प्रबेश गर्दा सूरुमा उनलाई परिवारले नै साथ दिएका थिएनन् । नेपाली समाजमा अझैपनि पनि छोरी मान्छे घर बाहिर निस्किनु हुदैन भन्ने मान्यताले जरो गाडेको छ । केहि समय यता शिक्षित घर परिवारमा यो सोच बदलिदै गएको पाइन्छ । परिवर्तनको सम्बाहका रुपमा म अगाडी बढिरहेकी छु । अहिले यसमा सबैको साथ र सहयोग पाइरहेको उनले भनिन् हरेक चुनौतिसँग लड्दै आइरहेकी छु । साथै नयाँ काम पनि सिकीरहेकी छु ।
उनि भन्छिन्',बालगृहमा बसेका बालबालिकाको मानसिकतामा नकारात्मक असर पर्ने हुन्छ । उनिहरुलाई घर सोध्दा घर नै छैन, बाबा आमा पनि छैनन् हामीलाई किन यसरी छोडेको जस्तो तर्क गर्ने गर्छन् । उद्धार गरेका बालबालिकामध्ये केहि बालबालिका त घर जान नै नमान्ने हुन्छन् । उनिहरुको मानसिक स्वास्थ्यमा प्रतीकुल असर परिरहेको हुन्छ । त्यसकारण उनिहरुलाई परार्मश पनि दिने गरेका छौं ।'
हाल सम्म बालगृहबाट उद्धार गरिएका बालबालिकालाई गुणस्तिरय शिक्षाको लागी नै पठाइएको पाइएको छ । त्यसकारण हामी सबै मिलीजुली शिक्षामा सुधार ल्याउन सके कुनै बालबालिका अभिभावकबाट टाढा बालगृहमा जानु पर्दैन । अभिभाबकले पनि कुनै पनि व्यक्तिको बहकाउमा आएर आफ्नो सन्तानले राम्रो पढ्ला खाला भनेर टाढा पठाउनु नहुने उनले बताइन् ।