काठमाडौँ, । विश्व मुख स्वास्थ्य दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी “Be Proud of your Mouth “ नाराका साथ मनाइएको छ ।
सोहि अबसरमा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी तथा वडा न १४ का वडा अध्यक्ष रामहरी बस्नेतले संयुक्त रुपमा नि:शुल्क बिशेषज्ञ सहितको दन्त सेवाको उद्घाटन गरेका छन।
उक्त दिवसको अवसरमा ओम समाज डेण्टल हस्पिटल ,चन्द्रागिरी नगरपालिका वडा न १४ तथा इन्द्र अन्नपुर्ण फाउन्डेसनको सहकार्यमा नि:शुल्क सेवाको थालनी तथा बिभीन्न क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ ।
सो कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले आम जनमानसमा मुख स्वास्थ्यबारे सचेतना फैलाउन जरुरी भएको बताएका छन। उनले वडा न १४ मा सुरु भएको नि:शुल्क दन्त सेवा अरु कुनै वडाको स्वास्थ चौकीमा नरहेको भन्दै यो उदारणीय कार्यको भएको बताए ।
चन्द्रागिरी नगरपालिका प्रसासन प्रमुख निरज पौडेल तथा स्वास्थ शाखा प्रमुख राममणि घिमिरेले दाँत स्वास्थ्यबारे उपचार, निःशूल्क स्वास्थ्य शिविर, सचेतनाका साथै असाहाय र पीडित व्यक्तिको उपचार सहयोग गर्ने डा.घिमिरेको उदाहरणीय कामको प्रसंशा गरेका छन ।
कार्यक्रममा बोल्दै ओम समाज डेन्टल हस्पिटल तथा इन्द्र अन्नपूर्ण फाउन्डेसनका अध्यक्ष डा.सुभास घिमिरेले “मुख स्वास्थ्य अहिलेको सन्दर्भमा झनै महत्वपूर्ण छ र यो संवेदनशील विषय हो । हामीले खाने हरेक खाद्य पदार्थ मुखबाटै शरीरभित्र प्रवेश गर्ने भएकाले मुख स्वास्थ्यबारे सचेत रहेर नियमित परीक्षण, सहीरुपमा ब्रस गर्नेलगायत आधारभूत विषयमा विशेष ध्यान दिन जरुरी छ ।” भन्दै मुख स्वास्थ्यलाई केयर गर्दा ९० प्रतिशत रोग नलाग्नेभएकाले मुख स्वस्थ्य रहेमात्र स्वस्थ रहन सकिन्छ । तेसैले सबैको पहुचमा दन्त सेवा सहज सुलभ बनाउने उदेश्यका साथ् यस निस्शुल्क सेवाको थालनी गरिएको र साथै अन्य स्थानीय निकाएमा यस्ता नि:शुल्क सेवाको थालनी गर्ने लक्ष्य रहेको समेत बताएका छन ।
चन्द्रागिरी नगरपालिका वडा न १४ का वडा अध्यक्ष रामहरी बस्नेतले मुख स्वास्थ्यबारे लापर्वाइ गर्न नहुने बताउदै नि:शुल्क सेवा लाई निरन्तरता दिन आफुले सक्दो प्रयास गर्ने भन्दै आफ्नो वडामा संचालन भएको निस्शुल्क सेवा प्रति कृतज्ञता व्यक्त गरेका छन ।
चन्द्रागिरी नगरपालिका वडा न १४ द्वारा सामाजिक कार्यमा अग्र तथा चिकित्सकीय सेवामार्फत पु¥याएको योगदानको कदर गर्दै ओम समाज अस्पतालका अधक्ष्य डा.सुवास घिमिरेलाई सम्मानित गरिनुका साथै ओम समाज डेन्टल हस्पिटलका तर्फबाट
दिवसको अवसरमा भिम राज अर्याल,नबराज भट्ट,डा।होम नाथ आचार्य,माधब पन्थी,रमेस कार्की,श्री हरि थापा,हरि कृष्ण थापा,अनु थापा मगर ,इन्द्र नौपाने तथा अन्जना खडका लाई सम्मान गरिएको थियो ।
‘वल्ड डेन्टल फेडरेशन’ को आह्वानमा हरेक वर्ष मार्च २० का दिन विश्वभरका १३० डेन्टल एशोसियशन तथा ओम समाज डेन्टल हस्पिटलले एकैसाथ विश्व मुख स्वास्थ्य दिवसको अवसरमा जनेचतनामूलक कार्यक्रम गर्दै आइरहेको छ ।