काठमाडौं- अटिजम भनेको बालबालिकाको विकास असामान्यरुपमा हुने एक प्रकारको समस्या हो । अटिजमले बालबालिकाको कुराकानी र सामाजिक अन्तरक्रियामा असर पार्छ । त्यस्ता बालबालिकाले अनौठो र दोहोरी राख्ने खालका व्यवहार देखाउँछन् ।
०.२ प्रतिशत बालबालिकाहरुमा अटिजम हुने गर्दछ । ३ बर्ष भन्दा कम उमेरका बालबालिकामा यो समस्या बढि देखिन्छ । बालिका भन्दा बालकमा यस्ता समस्याहरु ४ गुणा बढि देखिएको चिकित्सहरु बताउँछन् । ।
अटिजम हुने सम्भाबना कसलाई बढि हुन्छ ?
बंशानुगत (परिवारको कुनै सदस्यमा यस्ता समस्या भएमा सन्तानमा सर्ने सम्भावना हुन्छ )
बच्चा जन्मिदा आमा बुबाको उमेर बढि भएमा
गर्भको बेला आमालाई भाइरल इन्फेक्सन भएको भए, थालीडोमाइड औषधि खाएको भए, वातवरणिय प्रदुषण वा हेभि मेटलको एक्सपोजर भएमा
उमेर नपुगी जन्मेका कम तौलका शिशुहरु
बालबालिकामा हर्मोनल गडबढि भएमा
अटिजमका सम्भाबित लक्षणहरु
पहिले बोलेर अहिले बोलि हराउनु, पहिले सिकेका सामाजीक सिपहरु कम हुनु
आँखा नजुधाउनु, एक्लै बस्न रुचाउनु
अरुको भावना बुझ्न नसक्नु, बोलिको विकास ढिलो हुनु
एकै शब्द बारम्बार दोहोर्याइरहनु
आफ्नो दैनिकी र वातावरणमा हल्का परिर्वतन हुदाँ पनि बिद्रोहि स्वभाव देखाउनु
एकै खालको व्यवहार गरिहनु (हल्लिने, घुम्ने अनौठो तरिकाले हात घुमाउने)
एकदम सिमित बिषयमा रुची शोख राख्नु
आवाज, गन्ध, उज्यालो, स्वाद र रंग प्रती अनौठो तिव्र प्रतिक्रिया जनाउनु
अटिजमको निदान र उपचार
अटिजम उपचारमा कुनै रगत परिक्षण वा अनुसन्धान हुदैन । विभिन्न अटिजम स्क्रिनिङ प्रणलीको आधारमा पहिचान गरिन्छ । साथै यस उपचारको कुनै औषधि हुदैन। तर उनिहरुलाई आनीबानी , अकुपेशनल, प्ले र फिजिकल थेरापी दिइन्छ ।
अटिजम भएमा के हुन्छ ?
समयमा उपचार गरि सहि थेरापी दिएमा भविष्यमा स्वतन्त्र जिवन बिताउन सक्छन् ।
अटिजम भएका ३० देखि ५० प्रतिशत मानिसहरु बोल्न सक्दैनन् ।
अटिजम भएका व्यक्तिले सिक्ने तरिका फरक हुने भएकाले स्कुल जान धेरैलाई कठिन हुन्छ ।