नेपालमा सन् २००९ बाट जुम्बाको औपचारिक शुरुवात भएको हो । नेपालमा जुम्बाको शुरुवात गर्ने श्रेय डोमा बज्राचार्यलाई जान्छ । अन्तर्राष्ट्रिय रुपमा चाहिं जुम्बा कोलम्बियाबाट शुरुवात भएको मानिन्छ । बेटोपेरेजलाई जुम्बाको शुरुवातकर्ताको रुपमा लिइन्छ ।
जुम्बा भनेको एक प्रकारको व्यायाम नै हो । तर, यो संगितसँगै गरिन्छ । जसको मद्दतले हाम्रो शरिरलाई स्वस्थ राख्न र शरिरको मोटोपना घटाउन सहयोग पु¥याउँछ ।
जुम्बा नृत्यका माध्यमबाट गरिने फिटनेस हो । यसमा शिरदेखि पैतालासम्मको अभ्यास हुन्छ । यसका ६–७ विधा हुन्छन् । तीन महिनासम्म जुम्बा डान्स गरेमा ६ देखि ८ केजीसम्म तौल घट्न सक्छ । दैनिक जुम्बा डान्स गर्नाले आनन्द र खुसी मिल्छ ।
० जुम्बा जतिबेला पनि गर्न सकिन्छ ?
जुम्बा निश्चित समयमा नै गर्नुपर्छ भन्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता छैन । तर, विहान अथवा बेलुका नै गर्न उपयुक्त हुन्छ । किनकी दिउसो खाना अथवा खाजा खाएको बेलामा व्यायाम गर्न सकिदैन ।
० जुम्बा गर्दा हाम्रो शरिरलाई के कस्तो फाइदा हुन्छ ?
सामान्यतय जुम्बालाई शरिरको सम्पूर्ण भागको व्यायामको रुपमा लिइन्छ । यसलाई एक प्रकारको कार्डियो भन्दा पनि फरक पर्दैन । जुम्बाले शरिरमा भएको बोसोमा मात्रालाई सन्तुलनमा राख्न धेरै ठूलो भूमिका खेल्छ । त्यतिमात्र होइन जुम्बाले मानिसलाई मानसिक रुपमा स्वस्थ रहन पनि मद्दत पु¥याउँछ ।
केही समय अघिसम्म जुम्बालाई शारिरीक व्यायाम भन्दा पनि डान्सको रुपमा मात्रै हेरिन्थ्यो । त्यहि भएर महिलाहरु बढि आकर्षित थिए । तर, समयक्रमसँगै यसको बुझाईमा पनि परिमार्जन भएको छ । अहिले भने यसलाई डान्स भन्दा पनि म्युजिकसँगै गरिने शारिरीक व्यायाम भन्ने बुझाई स्थापित भएको कारणले गर्दा महिला पुरुष दुबैको आकर्षण उत्तिकै छ ।
० जुम्बा र अन्य व्यायाममा के फरक छ ?
उद्देश्यका हिसावले जुम्बा र अन्य किसिमका कुनै पनि व्यायाम शारिरीक तन्दुरुस्तिका लागि नै गरिन्छ । गर्ने तरिका मात्रै फरक हो ।
० जुम्बामा चाहिं के–के गर्नुपर्छ ?
जुम्बाका चारवटा फर्म हुन्छन् । मेरिङ्गे, साल्सा, कुम्बिया र रेगेटर । यी चारवटा फर्मलाई मिलाएर शुरुमा वार्मअप र अन्तिममा कुल डाउन गरी करिव एक घण्टा व्यायाम गराइन्छ । जस अन्तर्गत कार्डियो, डान्स, बलिउड्सलगायतका पर्दछन् ।
डान्स विधि
- जुम्बा डान्स आठ तरिकाबाट गर्न सकिन्छ । कोलम्बियन डान्स, मेरेन्गे, साल्सा र रेगिटेन आदि ।
- सुरुमा वार्मअप गरिन्छ । करिब ११ देखि १२ मिनेटसम्म वार्मअप हुन्छ । यो क्रममा शरीरलाई हल्का तताउने गरिन्छ । हातखुट्टा चलाएपछि सबै शरीर सेटअप हुन्छ ।
- संगीतको तालमा लगभग ११ देखि १२ मिनेटसम्म नाच्ने गरिन्छ । यसो गर्दा शरीरका विभिन्न अंग सक्रिय हुन्छन् ।
- जुम्बा डान्समा प्रायः विदेशी गीत–संगीत बजाइन्छ । प्रायः १७–१८ वटा कोलिम्बियन गीतमा नाचिन्छ । अन्तिममा ५ मिनेटजति कुलडाउन हुन्छ । त्यसपछि १ घन्टाको क्लास सकिन्छ । यो अवधिमा पसिनैपसिना भइन्छ ।
कसलाई उपयोगी ?
- जुम्बा डान्स जुनसुकै उमेरकाले पनि गर्न सक्छन् । यद्यपि, पछिल्लो समय जुम्बा डान्सप्रति महिला बढी आकर्षित रहेको पाइएको छ । त्यसमा पनि ३० वर्ष कटेका गृहिणी बढी छन् । विशेषगरी, बेफुर्सदीका कारण योगा र व्यायामका लागि समय निकाल्न नसक्ने महिलाले जुम्बा डान्स क्लास जाने गरेका छन् ।
- बच्चाहरूले पनि जुम्बा डान्स गर्छन् । त्यो अलि फरक छ । उनीहरूलाई हाई स्केलमा डान्स गराउनुहुँदैन ।
फाइदा
- मुटुलाई स्वस्थ राख्न सकिन्छ । उच्च रक्तचाप र मधुमेह रोकथाम हुन्छ । मोटोपना घटाउँछ ।
- शारीरिक तन्दुरुस्तीका लागि आवश्यक । दैनिक जीवनमा आइपर्ने तनावबाट मुक्त भइन्छ । शरीर र मस्तिष्कलाई आराम बनाउँछ ।
- आत्मविश्वास बढाउँछ ।
सावधानी
- प्रशिक्षकको निगरानीमा जुम्बा सिक्नु आवश्यक छ । भिडियो हेरेको भरमा वा जुम्बाका विषयमा यथेष्ट जानकारी नभएका व्यक्ति अर्थात् गलत इन्स्ट्रक्टरबाट सिक्नाले शरीरमा विभिन्न समस्या आउन सक्छन् । ३० वर्ष कटेपछि शरीरका विभिन्न भागका हड्डी खिइने, हाडजोर्नीमा समस्या आउनेसमेत हुन सक्छ । हातखुट्टा घुमाउन र राम्रोसँग मिलाउन नजानेमा थुप्रै समस्या आउन सक्छन् ।
- यदि हात र घुँडा दुख्ने समस्या भएमा होसियारीपूर्वक जुम्बा डान्स गर्नुपर्छ ।
- जुम्बामा डान्सका आ–आफ्नै विधा छन् । तिनलाई फलो गर्न जान्नुपर्छ । राम्ररी फलो गर्न सकिएन भने फाइदा मिल्दैन । एक दिन क्लास जाने अर्को दिन नजाने गर्नुहुँदैन ।