एजेन्सी । शरीरको कार्यलाई निरन्तरता दिन विभिन्न प्रकारका खनिज र भिटामिन निश्चित मात्रामा चाहिन्छ ।
शरीरमा कुनै पनि पोषक तत्व आवश्यक मात्रामा उपलब्ध नहुँदा यसले समग्र कार्यमा गडबडी निम्त्याउँछ र शरीरका विभिन्न भागहरूमा लक्षणहरू देखिन थाल्छ । जिङ्क, शरीरलाई तीन सयभन्दा बढी इन्जाइमहरू सक्रिय गर्न चाहिने एक आवश्यक खनिज हो जसले प्रतिरक्षा प्रणाली विकास गर्न, कोशिका विभाजन, कोशिकाको वृद्धि र प्रोटिन र डिएनए निर्माण गर्न काम गर्छ ।
हामीले खाने खानेकुराहरूमा सीमित मात्रामा जिङ्क पाइन्छ र शरीरले यो पोषक तत्व भण्डारण गर्न सक्दैन । जसकारण जिङ्कलाई नियमित रूपमा सेवन गर्न आवश्यक छ । १४ वर्षभन्दा माथिका पुरुषलाई दैनिक ११ मिलिग्राम र महिलालाई आठ मिलिग्राम जिङ्क चाहिन्छ । गर्भवती महिलाहरूको दैनिक ११ मिलिग्राम र स्तनपान गराइरहेका महिलाहरू १२ मिलिग्राम जिङ्क चाहिन्छ ।
छालालाई स्वस्थ राख्न र उचित रगत जम्ने प्रक्रियाका लागि जिङ्कको सेवन महत्वपूर्ण हुन्छ । पर्याप्त मात्रामा जिङ्कको सेवन नगरेमा घाउ निको हुन समय लाग्छ । जिङ्कको कमीका कारण पिम्पल्सको पनि समस्या हुनसक्छ । शरीरमा जिङ्क नपुग्दा भोकमा परिवर्तन आउँछ जसले तौल घटाउँछ । पोषक तत्व कमि भएर तौल घट्नाले यसले अन्य स्वास्थ्य समस्याहरू निम्त्याउँन सक्छ ।
तनाव, सरसफाईको कमी र पोषक तत्वहरूको अपर्याप्त सेवनले कपाल झर्न सक्छ । कपाल टुट्ने, कपाल झर्ने र कपाल पातलो हुँदै जानु जिङ्कको कमीको कारण हुन सक्छ । जिङ्कको सेवन बढाउनाले कपाल झर्ने रोक्न र कपालको गुणस्तर सुधार गर्न मद्दत गर्छ । जिङ्क एक आवश्यक पोषक तत्व हो जसले प्रतिरक्षा निर्माण गर्न र पुरानो रोगको जोखिमलाई कम गर्न मद्दत गर्छ ।
शरीरमा जिङ्कको मात्रा नपुेमा सङ्क्रमण र रोगको जोखिम बढ्न सक्छ । धेरै जाडो हुने, रुघा लाग्ने, बारम्बार बिरामी हुनु जिङ्कको कमीको सङ्केत हुन सक्छ । जिङ्कको सेवन बढाउँदा रुघाबाट सामान्यभन्दा छिटो निको हुन सकिन्छ।स्वस्थ दृष्टिको लागि पनि जिङ्क आवश्यक हुन्छ । शरीरले नियमित रूपमा पर्याप्त मात्रामा जिङ्क प्राप्त नगर्दा दृष्टि धमिलो हुने, कम देखिने हुन सक्छ ।
काममा ध्यान केन्द्रित गर्न गाह्रो भएमा दैनिक जिङ्कको सेवन स्तर जाँच गर्नुपर्छ । जिङ्क कम भएको खानाले ब्रेन फग निम्त्याउन सक्छ, जसले काममा ध्यान केन्द्रित गर्न गाह्रो हुने, स्मरणशक्ति कमजोर हुन सक्छ ।