काठमाडौं । काठमाडौं उपत्यकाको सडक चोकचोकमा थुप्रिएको फोहरको व्यवस्थापन हुन एक साता लाग्ने बताइएको छ । चैत महिना लागेपछि उपत्यकाको सडक छेउछाउमा थुपारिएको फोहर व्यवस्थापन गर्न थालिएको हो ।
चैत महिनामा चार दिन र गत फागुनमा २३ दिन विभिन्न वहानामा फोहर व्यवस्थापन हुन सकेन । लामो समयदेखि फोहर रोकिएको हुनाले नियमितरूपमा व्यवस्थापन कार्य हुँदा पनि एक साता लाग्ने कामपा वातावरण विभागका प्रमुख सरिता राईले जानकारी दिइन् ।
चैत महिनामा चार दिन र गत फागुनमा २३ दिन विभिन्न बहानामा फोहर व्यवस्थापन हुन सकेन । लामो समयदेखि फोहर रोकिएको हुनाले नियमितरूपमा व्यवस्थापन कार्य हुँदा पनि एक साता लाग्ने काठमाडौं महानगरपालिकाको वातावरण विभागले जनाएको छ ।
‘घरबाट बाहिर निकाल्दैमा फोहरको व्यवस्थापन हुँदैन । सडकमा जथाभावी फोहर हुनु भनेको पनि थप समस्या हुनु हो’, प्रमुख राईले भनिन्, ‘फोहोरको गाडी लिन आएपछि मात्रै घरबाट फोहर निकालेर व्यस्थापन गर्दा सहज हुन्छ ।’ फोहोर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलका स्थानीयले फोहर विसर्जन गर्ने ठाउँ नुवाकोटको सिसडोलसम्मको बाटो कालोपत्र गर्नुपर्ने माग गर्दै आन्दोलन गरेका कारण गत १ फागुनदेखि उपत्यकाको फोहर उठ्न सकेको थिएन ।
यसैगरी पछिल्लो समय निर्माणाधीन बञ्चरेडाँडाका स्थानीयले निर्माणस्थल वरपरका जग्गा अधिग्रहण गर्नुपर्ने र स्थानीयलाई निःशुल्क स्वास्थ्योपचार गराउनुपर्नेजस्ता माग राखेका छन् । सहरी विकास मन्त्रालयले निर्माणाधीन दीर्घकालीन फोहोर व्यवस्थापनस्थलमा पहिलो सेलको काम सम्पन्न भएको भन्दै फोहोर राख्न मिल्ने जनाएको छ । हाल फोहोर व्यवस्थापनस्थल सिसडोल भरिएको र निर्माणाधीनस्थलमा पनि फोहोर राख्न सुरु गर्नुपूर्व नै स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा थप समस्या हुने देखिएको कामनपाको भनाइ छ ।
उपत्यकामा दैनिक एक हजारदेखि १ हजार २ सय टनसम्म फोहोर निस्कने गरेको छ । उपत्यकाका १८ स्थानीय तहको फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । यी सबै फोहोर निजी र महानगरका गरी दैनिक दुई सयभन्दा धेरै ट्रिपर र ट्रकबाट लगिन्छ ।